३२ औ ए एन ए सम्मेलन रजिस्ट्रेसन फि (दर्ता शुल्क )$ १५.०० मात्र

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जेष्ठ २८ ,भर्जिनिया विजय थापा ३२ औ ए एन ए डिसी सम्मेलनमा पुर्व सूचना गरिएको ए एन ए रजिस्ट्रेसन फि (दर्ता शुल्क )$ २० .०० डलर बाट घटाई केवल $ १५.०० पन्ध्र डलर गरिएको छ l समुदायको चाहना र आग्रहलाई मध्यनजर गर्दै $ २०.०० डलर बाट १५.०० डलर कायम गरिएको जानकारी गराईएको छ lउक्त १५.०० डलर बाट उठेको रकम मध्ये १ डलर नेपाल शैक्षिक तथा सांस्कृतिक केन्द्र म्यारिल्याण्डलाई जाने छ भने र अर्को एक १ डलर ए एन ए नेपाली साहित्य प्रतिष्ठानलाई जाने आयोजकले बताएका छन् l ३२ औ ए एन ए सम्मेलनको लागि अग्रिम रुपमा दर्ता गर्नु भएका महानुभावहरुको हकमा $५.०० डलर फिर्ता गरिने जानकारी दिइएको छ भने सम्मेलन नजिकिदै गएकोले चाडो भन्दा चाडो सम्मेलनको लागि दर्ता गर्न आग्रह गरेको छ l बिस्तृतको लागि सम्मेलन वेब (संजाल )www.anadcconvention2014.org हेर्न आग्रह गरिएको छ l

mahoday · Jun 12, 2014 6:13 PM · 2,562 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all