जेष्ठ २९ ,भर्जिनिया विजय थापा आज बाट नै शुरु भएको बिश्व लात्ते भकुण्डो प्रतियोगिता संगै अमेरिकामा बसोबास गरि रहेका अधिकांश नेपालीलाई नशा लागि सकेको छ l व्यस्त जीवन र दौड धुप संगै जीवन चक्र घुम्ने पातालमा बसोबास गर्ने र भकुण्डो प्रेमीहरुलाई ज्वरो फुटाएको छ l अमेरिकाको भिन्न राज्यहरुमा फरक समय अनुसार आज भएको ब्राजिल र क्रोसिया बिच खेल हेर्न नेपालको जस्तै गरि पलेटी मारी हेरी रहेको जानकारी दिएका छन् l नेपाल तेह्रथुम घर भै अमेरिका छिरेका साहित्यकार बसन्त श्रेष्ठले भने अघिल्लो बिश्व भकुण्डो प्रतियोगितामा अमेरिकामा भएको जनाउदै काठमाडौँमा उहिले हेरेको सम्झना गराए l आफुलाई भकुण्डो खेल मन पर्ने र खेल्ने गरेको बताउदै कुन समुहले बाजी मार्छ भनि ठोकुवा गर्न नमिल्ने भए पनि ब्राजिलले लान्छ कि भन्ने भविश्यबाणी गरे l यसै गरि पप सम्राट गायक ओम बिक्रम बिष्टले आफ्नो घर नया सडक वरीपरि अखडा भएकोले भएकोले आफु नया सडक समुह (एनआरटि )को ग बर्गबाट खेलेको बताए भने ब्राजिलमा भएकोले ब्राजिलले लान्छ होला भने lआफु पनि राम्रो खेलाडी भएको चर्चा गर्दै महाबिद्यालय स्तरीय खेलमा थुप्रै खेल खेलेको बताए l यसै गरि कोलोराडोमा लामो समय देखि बसोबास गरि रहेका र नेपाली चलचित्रका नायक नवराज श्रेष्ठले आफु अग्र पंक्तिको खेलाडी भएको र बिभिन्न प्रतियोगितामा भाग लिएको बताउदै अर्जेन्टिनाले बिश्व कप लान्छ भने यसै गरि अमेरिका र नेपाल आवत आवत गरि रहने चर्चित नेपाली गायिका नलिना चित्रकारले आफु सन् २०१० मा स्पेन बिजयी हुदा टुडिखेलमा ठुलो पर्दामा हेरी र स्पेनको पहेलो गन्जी लगाएको बताइन भने आज पनि ब्राजिल र क्रोसियाको खेल हेरेको बताउदै अर्जेन्टिना आफ्नो खेल टोलि भएको बताईन l यसै गरि अमेरिका नेपाल समाज वाशिंगटन डिसीका पुर्व अधक्ष्य खेम भट्टचनले उहिले म्याग्दीमा पनि खेल हेरेको स्मरण गर्दै काठमाडौँ ,जापान र अमेरिकामा हलुका जौ मदिरा सेवन गर्दै मनोरंजन गरेको बताए भने अर्जेन्टिनाले बिश्व कप लाने दाबी गरे र आफु काममा भएकोले मिलाएर पुन हेर्ने बताए यसै गरि अमेरिकामा दूइ दशक भन्दा अगाडी छिरेका भर्जिनिया लाउडन काउन्टीमा बसोबास गरि पेसाले लेखा परीक्षक रहेका हरि शर्माले आफुले काठमाडौँमा भोगटेको भकुण्डो बनाएर खेलेको कथा र गणेश थापा संग संगै भकुण्डो खेलेको बताउदै गणेश थापालाई गोलि गाट्टामा अरु खेलाडीले हानेको र थापा खेल नखेलेर गएको अविस्मरणीय घटना सुनाए भने ब्राजिलले पदक लान्छ भनि ठोकुवा गरे l दूइ दशक भन्दा अगाडी पाताल छिरेका नायक सरोज खनालले कलाकारितामा प्रवेश गर्नु भन्दा अगाडी चितवनबाट टोलिमा खेलेको र भकुण्डो खेल सबै भन्दा राम्रो लाग्ने बताए भने l केहि समय पछि भकुण्डो खेलमा भएको एक अविस्मरणीय दुखत घटना सुनाउदै त्यहाँबाट भकुण्डो खेल्न छोडेको बताए lअभिनेता खनाल पनि ब्राजिलले लाने कुरामा आशाबादी भएको बताए भने आजको खेलमा ब्राजिलको राम्रो प्रदर्शन भएकोले यसरि नै गयो भने ब्राजिल निश्चित हुन्छ भने l एक महिना सम्म चल्ने खेलमा सबै हेर्न नसके पनि समय मिलाएर हेर्ने अधिकांशले बताए भने नेपाल जस्तो राती उठेर हेर्नु नपर्ने र बत्तिको समस्या यहाँ नहुने हुनाले सबैले आफ्नो पक्ष खेल समुहको गन्जी किनेर लगाउने बताए भने जे भए पनि ४ बर्षमा आउने भकुण्डो खेल हेर्न आफु तयार रहेको बताए l र यो पंक्तिकारले पनि २०१० को बिश्वकप अमेरिकामा र २००६ को ईटालीले जितेको खेल त्रिशुलीमा हेरेको र जौ मदिरा सेवन गर्दै हेर्ने सुरमा अन्तिम (फाईनल )खेल को मध्यान्तरमा नै नशाले गर्दा हेर्न नसकेको अविस्मरणीय घटना पाठक वर्गमा राख्दै अमेरिकामा रहेका नेपाली समुदायलाई पनि एक महिना सम्म बिश्व भकुण्डो प्रतियोगिताले ज्वरो फुटाउने निश्चित भएको छ l
mahoday · Jun 12, 2014 6:11 PM · 2,915 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion