नेता By: LB Ayer Boston USA म यो देशको हुँ इमान्दार नेता पहरेदार भएर ऊभिन्छु कहिले उता कहिले यता पार्टी फेर्दै हिडे पनि म देशलाई चुम्ने नेता संबिधान लेख्ने समय नभए पनि म विदेश घुम्ने नेता मेरो आदेश नमान्ने रास्ट्र सेवकलाई म कुट्ने नेता भोकमारीमा जनता मरे पनि म भोको नबस्ने नेता कति निर्दोषलाई दुख दीई मारे मैले तर कानूनमा नफस्ने नेता झुटा भाषण गरे पनि द्वन्द कालमा लड्ने नेता उद्धयोग धन्धा बन्द भए पनि नेपाल बन्द गर्ने नेता देशलाई संघियेतामा लगी टुक्राउन कम्मर कस्ने नेता जातिय भेदभावमा जनता लडाई म त महलमा बस्ने नेता विदेशीलाई दोष दिदै आफु चोखो बनि उम्किने नेता देश चलाउन नसकेर कर्मचारीको हातमा सुम्पिने नेता म यो देशको हुँ इमान्दार नेता
Lal Bahadur Ayer · Jun 9, 2014 5:33 PM · 9,402 views
अत्ति नै मिठो कबिता कोर्न भाको रहेछ हाम्रो लाल बहादुर आएर ब्रो ले ! हाम्रा भातमारा खाते नेताहरुको नाली बेली केलाइदिन भाको छ ! अरु कबिताहरु पनि फुर्सदमा पस्किदीन हुन् हार्दिक अनुरोध छ है त् ब्रो ! जय मात्रीभुमि रास्ट्र नेपाल !
Nas · Jun 9, 2014 6:08 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion