ए एन ए नायक २०१४ पुरस्कार तीन जनालाई प्रदान गरिने l

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

विजय थापा,भर्जिनिया जेष्ठ २५ , बिगत बर्षहरु झैँ सन् ए एन ए हिरो -२०१४ द्वारा एक महिला तथा दुई पुरुषलाई ३२ औ ए एन ए सम्मेलनमा पुरस्कार दिइने भएको छ l ए एन ए नायक २०१४ मा पुरस्कृत हुनेहरुमा सबै भन्दा छिटो उल्टो शब्द उच्चारण गरि सन् २०१३ को न्यु योर्क सम्मेलनमा प्रदर्शन गरि गिनिज बिश्व पुस्तकमा नाम लेखाउन सफल नेपाल बुटवल घर भै हाल क्यान्सस सिटि बसोबास गर्ने कीर्तिमानी कृष्ण पाण्डेयलाई दिइने भएको छ l उनले एक मिनेट भित्रमा ३६ वटा बिपरित शब्द हिज्जे उच्चारण गरि गिनिज बिश्व पुस्तकमा नाम लेखाएका छन् l उनीलाई १ मिनेट मा ४० वटा प्रश्न सोधिएको थियो भने जसमा ४ वटा गलत भएका कारण उनीले ३६ वटा ठिक भन्न सकी नया किर्तिमान कायम गर्ने नेपाली भएका छन l यो भन्दा अगाडी यो किर्तिमान भारतीय नागरिक शिशिर हथवारले २०१२ मा ओमानमा एक मिनेटमा ३० वटा बिपरित शब्द हिज्जे उच्चारण गरेका थिए l यिनले आफु मात्र गिनिज पुस्तकमा नाम नलेखाई ए एन ए को नाम पनि गिनिज पुस्तकमा नाम लेखाई दिएका छन् l गिनिज पुस्तकमा संस्थाको नाम पनि आएकोमा ए एन ए परिवार पाण्डेयलाई धन्यबाद दिएको छ l यसै गरि महिला तर्फ सामाजिक सेवाको क्षेत्रमा नेपाल देखि नै संलग्न रही अमेरिकामा पनि अविरल रुपमा महिला हक ,अधिकार तथा महिला सशक्तिकरण सम्बन्धमा अहम भूमिका निर्वाह गर्ने डिसी महानगर क्षेत्रमा लामो समय देखि बसोबास गर्दै आएकी बिष्णु कुमारी थापामा ए एन ए हिरो २०१४ द्वारा सम्मान गरिने भएको छ l बिष्णु कुमारी थापा ,अमेरिका नेपाल महिला संघ बृहत डिसीकि निवर्तमान अधक्ष्य , नेपाली महिला बिश्व संजाल (एन डब्लु जी एन )को पुर्व अधक्ष्य ,गैर आवासीय नेपाली संघ युएसएको पुर्व महासचिब ,ए एन ए डिसी सम्मेलन २०११ तथा ए एन ए डिसी सम्मेलन २०१४ को संगोष्ठी संयोजक रही सफलता पुर्वक कार्यक्रम सम्पन्न गरि सकेकी छिन् l २९ औ ए एन ए सम्मेलनमा विषम परिस्थति हुदा पनि ए एन ए संस्थालाई मर्न दिनु हुदैन भनि संस्था बचे हाम्रा सन्ततिले हामीलाई स्मरण गर्ने छन् भनि एक ढिक्का भै ए एन ए संस्थालाई जीवित राख्न अहम भूमिका निर्वाह गरेकी थिइन् l दुई पटक ए एन ए सम्मेलनमा फोरम संयोजक बन्न सफल थापा यिनले ए एन ए लाई लगाएको ऋण प्रति ए एन ए कार्यकारी समिति नतमस्त भै यो सम्मान दिने निर्णय गरेको छ l यसै गरि ए एन ए नायक २०१४ मा सगरमाथा आरोही तथा पर्वतारोही आङ्ग दोर्जे शेर्पालाई दिने निर्णय गरिएको छ l उनले यो उमेर सम्म सगरमाथा १६ पटक सम्म चढी सकेको र यसलाई निरन्तरता दिई रहेको अवस्थामा अर्को किर्तिमान कायम गर्न कायम हुने साहसी दोर्जे शेर्पालाई ३२ औ ए एन ए सम्मेलनमा सम्मान गरिने भएको छ l यिनी सोलुखुम्बु पांगबोचेमा निवासी हुन भने सगरमाथा आरोहण बिभिन्न मोहडाबाट चढेका छन् l अन्य विभिन्न टाकुराहरुमा तिब्बतको चो ओयु ,पाकिस्तान ,अमा दाब्लाम तथा जी २ पनि सफलता पुर्वक आरोहण गरि सकेका छन् l ए एन ए नायक २०१४ पुरस्कार ए एन ए सम्मेलनमा समुद्घाटन कार्यक्रममा प्रदान गरिने भएको छ

mahoday · Jun 8, 2014 3:23 PM · 3,008 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all