काम एकदमै सुस्त छ, लन्च अगाडी सम्म ठिकै थियो लन्च खाए पछि काम झन् सुस्त भयो आफु पनि झपक झपक गर्न लागियो, निन्द्रा परि हाल्यो भने ठिक नहोला भनि ताजा हावा खान् बाहिर निस्किए | ताजा हावा के लिनु थियो हाछ्यु हाछ्यु ले समाती हाल्यो, यो पोलनको एलर्जी संग बच्न काठमंदौमा फिल्टर लगाएर हिंडे झैँ हिंड्दा फाईदा भएकोले फिल्टर लगाई बस्छु , फिल्टर बोक्न बिर्सिएछु | १० बजे पछि मात्र काममा आईने हुनाले बाहन सबै भन्दा पुच्छारमा राख्न पर्ने अनि यस्तै ३-४ बजे निक्लिएर अलिक नजिक राख्ने गरिन्थ्यो | आज एकै छिन रेडियो सुनेर बिताउछु भनि बसेको त भित्र लागेको न्याप झ्याप्मा बदलियो | ठ्याक्कै २० मिनट पछि आखा खुल्यो | यो न्याप मापन गर्ने शब्द खोज्दै छु | त्यो नेब्रास्कामा मिट प्रोसेस्सिंगमा काम गर्दा रेस्ट रुममा गएर मेटेको थकान को आनन्द र यसको आनन्द जाडो महिनामा आगो तापेको र पुस माग महिनामा पारिलो घाम ताते जस्तै जस्तै लाग्यो | आज शुक्रबार रहेछ तेसैले काम मा सुस्त र आफुमा सुस्ती आएको रहेछ |amazon मा सुकुटी बनाउने ड्रायर देखी कम्पुटर deals कतै देखी हालिन्छ कि भनी चिहाउन पनि भ्याइयो | अनि एति कोर्ने फुर्सद पनि मिलेछ | Last edited: 06-Jun-14 03:07 PM
magorkhe1 · Jun 6, 2014 2:46 PM · 274 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion