नेपाल आमा - Lal Bahadur Ayer (LB) छाती पिटी रोइरहेछन नेपाल आमा अहिले आपसमै लडी मर्ने सन्तान जन्माएछु मैले हजारौं रगत बगे पनि देश मेरो सुध्रिएन देशमा शान्ति सुरक्षाको त पर्दा पनि उध्रीएन कस्तो देश थियो मेरो सुन्दर शान्त बिशाल टुक्राउने भए अब तराई पहाड हिमाल कति राम्रो भेसभुषा हाम्रो पहिले थियो बन्द हड्ताल नियेम कानून सबै कुल्ची दियो देशका श्रस्टा जन शक्ति विदेश पलायन भए आमा बाबु बेसहारा भै विस्तारमै रुँदै मरे संघियतामा देश गयो सबलाई बाँड्ने भए भाग वण्डा लगाउने रे बिदेशीले भाँड्ने भए यो हेर्दा त कता कता छाति मेरो रुन्छ चेत भए तिमीलाई हेर अझै देश बन्छ
Lal Bahadur Ayer · Jun 4, 2014 7:38 PM · 8,545 views
लाल बहादुरजीको कविता मिठो लाग्यो |
shahi baba · Jun 5, 2014 8:03 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion