पुष्प दुलाल २० जेठ काठमाडौं । तपाई आफूले कमाएको रकम बैंकमा जम्मा गरी धनी हुने साेंचमा हुनुहुन्छ भने होसियार । बैंकमा पैसा राखेर तपाई धनी होइन झन गरिब भईरहनु भएको छ । सामान्यतयाः बैंकमा पैसा राख्दा बढ्नु पर्ने हो । तपाईले बैंकमा पैसा राख्ने पनि बढाउनकै लागि हो । तर, निक्षेपको व्याजदर र मुल्यवृद्धि दरबीचको चुलिदो अन्तरका कारण तपाईले बैंकमा राखेको पैसा खिईदै गएको छ । तपाईले २०७० बैशाखमा बैंकमा एक लाख रुपैयाँ निक्षेप राख्नुभएको थियो भने अहिले सो रकमको ‘रियल मनी भ्यालू’ घटेर ९४ हजार ९० रुपैयाँ भएको छ । तपाईको खातामा रकम बढेर एक लाख ४ हजार ३ सय रुपैयाँ भएको देखिए पनि मुल्यवृद्धिका कारण त्यसको ‘रियल मनी भ्यालू’ पाँच हजार १० रुपैयाँले घटेको हो । तर, बैशाख महिनामा तपाईको खर्च एक लाख रुपैयाँ हुन्थ्यो भने अहिले एक लाख ९ हजार ४० रुपैयाँ खर्च हुन्छ । बैंकहरुले निक्षेपमा दिने व्याजदर आम्दानी हो र मुल्यवृद्धि खर्च । बैंकले दिने व्याजदरभन्दा मुल्यवृद्धि ५.१ प्रतिशतले बढी भएकाले एक वर्षको अवधिमा तपाईले बैंकमा जम्ममा गरेको रकम पाँच प्रतिशतले खिइएको हो । तर, तपाईलाई यो अर्थशास्त्रीय सिद्धान्तको जानकारी नभएर बैंकमा राखेको रकम खिइएको पत्तो नभएको भने हुन सक्छ । निक्षेपको व्याजदर र मुल्यवृद्धि दर यही विन्दुमा अघि बढ्यो भने आगामी २० वर्षमा तपाईले अहिले राखेको एक लाख रुपैयाँ खिइएर समाप्त हुने छ । यसको मतलब अहिले एक हजार रुपैयाँमा आउने वस्तु १८ वर्षपछि अहिले बैंकमा जम्मा गरेको एक लाख रुपैयाँ र त्यसबाट आउने व्याज जोेडेर किन्छु भन्नुभयो भने पनि आउँदैन । नेपाल राष्ट्र बैंकका अनुसार २०७० बैशाखमा मुल्यवृद्धि ८.७ प्रतिशत र निक्षेपको व्याजदर ५.३६ प्रतिशत थियो । ०७० को चैतमा मुल्यवृद्धि बढेर ९.४ प्रतिशत पुगेको छ तर, निक्षेपको व्याजदर घटेर ४.३० प्रतिशतमा झरेको छ । बैशखमा ३.३४ प्रतिशत रहेको मुल्यवृद्धि र व्याजदरबीचको अन्तर चैतमा बढेर ५.१ प्रतिशत पुगेको छ । यो वर्ष सरकारले मुल्यवृद्धि दर ८ प्रतिशत कायम गर्ने लक्ष्य राखेको छ । आम्दानीभन्दा खर्च बढी भयो भने ऋण थपिदै जान्छ, परिणम त करोडपतिबाट रोडपति भइन्छ । मूल्यवृद्धि र व्याजदरबीच सन्तुलन कायम गर्न नसके बैंकमा निक्षेप राख्नेहरु दिनानुदिन गरिब बन्दै जानेछन् । २०७० सालमा निक्षेपको ब्याजदर र मूल्यवृद्धिको अबस्था( प्रतिशतमा) महिना बैशाख जेठ असार साउन भदौ असोज कात्तिक मंसिर पुस माघ फागुन चैत व्याजदर ५.३६ ५.२० ५.२५ ५.१३ ५.०१ ४.८९ ४.८६ ४.७५ ४.६८ ४.६१ ४.४५ ४.३० मुल्यवृद्धि ८.७ ९.९ ९.९ ७.९ ९.४ १०.०० १०.०० १०.३ ९.७ १०.१ १०.२ ९.४ - See more at: http://www.onlinekhabar.com/20...
cybernepali · Jun 4, 2014 9:07 AM · 1,539 views
यो तथ्यांकले गुन्टामुनि पैसा राखे हरु लाइ पनि सतर्क गराउन खोजेको हो ? उनीहरुको त भुस नै हुने भयो नि त ?
magorkhe1 · Jun 4, 2014 11:32 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion