नेपालमा वैज्ञानिक युग सुरु भयो अश्विनी कोइराला नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरका वैज्ञानिक जन्मन सक्छन् ? यो प्रश्नमा सबैजसोको उत्तर नकारात्मक नै हुनसक्छ। यस्तोमा भर्खरै २० वर्ष लागेका झापा धरमपुरका प्रकाश बजगाईंलाई अमेरिका र जर्मनीका मान्यताप्राप्त विज्ञान संस्थाले अन्तर्राष्ट्रिय वैज्ञानिकको मान्यता दिएका छन्। महफ्वपूर्ण कुरा, यही जेठ अन्तिममा जर्मनीको लिन्डाउमा हुने विश्वको सबैभन्दा ठूलो वैज्ञानिक भेलामा बजगाईं युवा वक्ताका रूपमा सामेल हुँदैछन्। अमेरिकी राष्ट्रपति बाराक ओबामा तथा जर्मनीकी चान्सलर श्रीमती मार्केला एन्जलले संयुक्त रूपमा उद्घाटन गर्ने उक्त भेलामा ९० जना नोवेल पुरस्कार विजेता व्ौज्ञानिकका साथै संसारका ६ सय वैज्ञानिक सामेल हुनेछन्। उक्त भेलामा २० जनालाई मात्र विज्ञान वक्ताका रूपमा चुनिएको छ, जसमा प्रकाश बजगाईं पनि छन्। बजगाईंले 'वे टु साइन्स रिसर्च' शीर्षकको पुस्तक समेत लेखेका छन्। लिन्डाउ जस्तो महत्वपूर्ण वैज्ञानिक भेलामा नेपाली वैज्ञानिकलाई निम्तो दिने र वक्ताका रूपमा चयन गर्ने कुरा अविश्वसनीय छैन ? मजस्तो फुच्चेलाई यो स्तरमा चयन गरिन्छ भन्ने कुरामा स्वयं मलाई पनि विश्वास थिएन। साँच्चै भन्ने हो भने हामी त्यो स्तरको वैज्ञानिक हुने योग्यता राख्दैनौं। चयनपछि भने मलाई पनि ठूलै काम गरिएको रहेछ भन्ने लाग्यो। खास कुन कामका लागि तपाईंलाई उक्त भेलामा बोलाइएको हो ? पहिलो कुरा, मैले न्युटनको गुरुत्वाकषर्णमा रहेका केही कमजोरी र छुटेका केही कुराका बारेमा अनुसन्धान गरेर अन्तर्राष्ट्रिय संस्थाहरूमा पठाएँ। दोस्रो पानीको क्षमतासम्बन्धी नयाँ अनुसन्धानको खाका बुझाएँ। संयोग कस्तो पर्यो भने यी दुई कुरा वैज्ञानिकहरूको नजरमा परेको रहेनछ। भनेपछि संयोगले छानिनुभयो ? त्यसो भनी हाल्न पनि मिल्दैन। आइज्याक न्युटन, जसलाई विज्ञानका पिता भनिन्छ, जस्ता वैज्ञानिकको नियममा खोट देखाउनु सामान्य कुरा हो र ? ल ठीकै छ, खोज्दै जाँदा मैले संयोगले न्युटनको नियममा खोट भेटें हुँला, तर पानीको क्षमतासम्बन्धी खोजलाई संयोग मात्र भन्न मिल्दैन। तपाईंको उमेरका कारण पनि ठूलो खोज गरेको भन्ने शंकामा बल पुग्दैन ? कुनै पनि अनुसन्धानमा, त्यो विषय वा उपलब्धि कति महत्त्वपूर्ण छ भन्ने कुरा हेरिन्छ, कति वर्षको उमेरमा वा कुन देशका मान्छेले गर्यो भन्ने हेरिँदैन। सायद मेरो हकमा पनि त्यस्तै भयो। न्युटनको कुन कुरामा खोट भेट्नुभयो ? न्युटनको एउटा नियमले भन्छ— घर्षण सतहसँग निर्भर हुन्छ। मैले त्यही नियमलाई काटेको हुँ। मेरो अनुसन्धानले भन्छ, 'घर्षण सधैं सतहसँग निर्भर हुँदैन। यदि घर्षण सतहसँग मात्र निर्भर हुन्थ्यो भने आजको ग्लोबल वार्मिङ' हुँदैनथ्यो। गर्मीमा अझै गर्मी र जाडोमा अझै जाडो हुने समस्याबाट गुज्रनु पर्दैनथ्यो। घर्षण सतहबाहेक अरू धेरै कुरामा निर्भर हुन्छ। जस्तो एउटा गाडीको शक्ति ब्याक गियरमा अझ बढी हुन्छ। त्यसैैले हिलोमा फसेको गाडीलाई सीधै अगाडि बढाउनुभन्दा ब्याक गियरमा निकाल्न बढी सजिलो हुन्छ। यदि घर्षण सतहसँग मात्र निर्भर हुन्थ्यो भने हिलोमा फसेको गाडी सीधै निकाल्न सकिन्थ्यो। तपाईंको पानीको क्षमतासम्बन्धी खोजको निष्कर्ष के हो ? मैले निष्कर्ष दिएको छैन, केवल अनुसन्धान दर्ता गरेको हो। कुनै पनि वैज्ञानिक अनुसन्धान गर्न पनि उचित विषय हुनुपर्छ, अरूले नगरेको हुनुपर्छ। मेरो अनुसन्धानको विषय के हो भने एउटा पानीको थोपा र अर्को पानीको थोपाबीचको मिलनमा कति समय लाग्छ ? सजिलो भाषामा भन्दा हामीलाई पानीको शक्ति थाहा छ, यसले प्यास मेट्छ, बिजुली निकाल्न मद्दत गर्छ, सिँचाइ गर्न सकिन्छ। यो पानीको बाह्य शक्तिको कुरा हो, तर पानीभित्र के क्षमता छ भन्ने कुरा थाहा पाउन हामीले एउटा थोपा पानी र अर्को थोपा पानी मिसिन कति माइक्रो सेकेन्ड लाग्छ भन्ने कुरा पत्ता लगाउनुपर्छ। हामीलाई त हाम्रा समस्या बुझिदिने वैज्ञानिक चाहिएको छ। मैले गरेको अनुसन्धानले आममानिसको जीवन परिवर्तन गर्न सकेन भने त्यसको कुनै अर्थ छैन। त्यसैले नेपालको ऊर्जा संकट हटाउन हावाबाट बिजुली निकाल्ने काममा हात हालेको हुँ। नोवेल एकेडेमी र समाजसेवी भोजराज तिमिल्सिनासँग मिलेर हामीले मुस्ताङको एउटा सानो गाउँका १० वटा घरमा हावाबाट बिजुली निकालेर बत्ती बालेका थियौं। मैले मुस्ताङबाट फर्किएर विज्ञान तथा प्रविधि मन्त्रालयमा काठमाडौंका सडकका छेउमा हावाबाट विद्युत् निकाल्ने र ट्राफिक लाइटलगायत अन्य कामका लागि प्रयोग गर्ने प्रस्ताव गरेको थिएँ, तर उहाँहरूले कुरा पनि राम्रोसँग सुन्नुभएन। मेरो विचारमा १० प्रतिशत सोलार, १० प्रतिशत हावाबाट र ८० प्रतिशत जलबाट विद्युत् निकाल्न सकिन्छ। धेरै महँगो पर्दैन। यति राम्रो अनुसन्धानका लागि पैसा छैन भने विज्ञान तथा प्रविधि मन्त्रालय किन चाहियो, हटाए भैगो नि। नाफा कमाउने उद्देश्य रहेको स्कुलले मलाई सित्तैंमा पढाएर गुन लगाएको थियो, मुस्ताङमा अनुसन्धान गर्न पनि सहयोग गर्यो, तर सरकारले सहयोग गर्ने चासोसमेत देखाएन। कुरा अर्कैतिर मोड्नुभयो...? सरकारले सहयोग नगर्ने, निजी क्षेत्रले मेरा लागि ठूलो सहयोग गर्न नसक्ने, यस्तो अवस्थामा विश्वका ठूला संस्थालाई आफूतिर आकषिर्त गर्न मैले न्युटनको नियममा भएको खोट लेखेर पठाएँ। नयाँ अनुसन्धान दर्ता गराए। त्यसपछि मलाई भारत र इजरायलमा आयोजित युवा वैज्ञानिक सम्मेलनमा बोलाइयो। उनीहरूले खर्च दिन थाले। यसपटक त्यति ठूलो सम्मेलनमा वक्ताका रूपमा बोलाइएको छ। अमेरिकाको एउटा ठूलो विश्वविद्यालयले छात्रवृत्तिमा पढ्न बोलाएको छ। अहिले गोल्डेन गेट कलेजमा छात्रवृत्तिमा स्नातक तह अध्ययन गर्दैछु। त्यसपछि अमेरिका जान्छु। नर्फकने गरी ? होइन, अध्ययन सकेर र्फकन्छु, किनभने नेपालमा विज्ञानको क्षेत्रमा गर्नुपर्ने धेरै छ। बाहिर मजस्ता वैज्ञानिक धेरै छन्, त्यहाँ म हराउन सक्छु। नेपालमा फर्किएर केही यस्ता काम गर्ने सोचमा छु, जसले नेपालीहरूको जनजीवननै परिवर्तन गर्न सकोस्। इन्टरनेटका कारण नेपालमा वैज्ञानिक युग सुरु भएको छ । तपाईंले सहयोग गर्न सक्ने नेपाली जीवनको कुनै समस्या छ ? म मुस्ताङमा हावाबाट बिजुली निकालेर र्फकंदै थिएँ। देखें, तल काली गण्डकी गड्गडाएर बगिरहेको छ, माथिका गाउँ सुख्खा छन्। तलको पानीलाई कसरी बिजुलीबिना माथि चढाउन सकिन्छ भन्ने विषयमा अनुसन्धान गरे। त्यसपछि बाग्मतीमा त्यसको परीक्षण गरे, जुन सफल पनि भयो। मेरो यो खोजमा केही कमजोरी छन्। अमेरिकामा यही अवधारणामा व्यावहारिक अध्ययन गर्ने योजनामा छु। यसले हाम्रा गाउँघरमा खडेरी पर्दैन भन्ने विश्वासमा छु। धेरै वैज्ञानिकले सुरु-सुरु आफ्ना घरका धेरै सामग्री बिगार्छन्, तपाईंले चाहिँ के बिगार्नुभयो ? रेडियो र टेलिभिजन धेरै बिगारेको छु। के भयो भने म टेलिभिजन हेर्दै थिए। रिमोटबाट आवाज बढाउन थालें। एउटा सीमामा पुगेपछि आवाज बढ्न छाड्यो। मलाई त्योभन्दा चर्को स्वरमा टेलिभिजन चलाउन मन लाग्यो। मैले टेलिभिजनको साउन्ड बक्स र पुरानो पानासोनिक रेडियोको साउन्ड बक्स जोडे। दुवैबाट चर्को आवाज निकाले। क्यार-क्यार गर्दै आवाज त बढ्यो, तर अन्त्यमा दुवै साउन्डबक्स बिगि्रयो। त्यतिमात्र होइन, टेलिभिजन र रेडियो त खोलें तर पेचकस हराएका कारण जोड्न सकिन। एकपल्ट बुवाले बनाउनुभयो तर दोस्रो पटक नयाँ खालको परीक्षण गर्दा दुइटै बिगि्रए। यस्तो काम गर्दा परिवारबाट अवरोध भएन ? मेरो बुवा गाउँको शिक्षक भएका कारण हुनसक्छ, उहाँले मेरो चाहना बुझ्नुभयो। म ५ दिदीपछि जन्मिएको एक्लो छोरो भएका कारण पनि हुनसक्छ, प्रसस्त छुट पाएँ। मेरो काममा कहिल्यै अवरोध गर्नुभएन। मलाई यसो गर्नुहुँदैन, यस्तो किन गरिस् भनेर कराउनुभएको भए, सायद मेरो प्रतिभा त्यहीँ मथ्र्यो। बरु मैले यस्तो काम गर्दा हाँस्नुहुन्थ्यो, त्यसले मलाई हौसला दिन्थ्यो।
SamAtticus · May 31, 2014 2:03 PM · 11,271 views
Isn't this an old article? Like 5 yrs old? Anyway, please tell me this is a Gaijatre edition. I sure hope the kid didn't represent us in the convention.
Kiddo · May 31, 2014 11:15 PM
Nepal does not need baigyanik, what nepal needs is a good mechanic.
mancini · Jun 1, 2014 4:52 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion