१५० देशमा गोर्खाली चिहान

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

You are a crappy human being!

violet7 · May 29, 2014 8:01 PM · 10,653 views

3 Replies

You are a crappy human being!

violet7 · May 29, 2014 8:03 PM

१५० देशमा गोर्खाली चिहान 30 May 2014 | 10:42am नागरिक पोखरा– विश्वका कति देशमा गोर्खाली पुगे होलान्? २/४ दर्जन वा त्योभन्दा केही बढी? पत्रकार मनोज घर्तीमगरको खोजले भन्छ, ‘१ सय ५० देशमा पक्कै पुगे।' ‘किनभने १५० वटा देशमा त गोर्खालीको चिहानै भेटिन्छ,' उनी भन्छन्। बेलायती सेनामा भर्ती भएका नेपालीको यस्ता रोचक प्रसंग समेटेर घर्तीमगरले तयार पारेको पुस्तक ‘भर्तीको फन्दा'मा गोर्खालीका गाथाव्यथा सँगसँगै नौला तथ्य उद्घाटित छन्। उनको जन्मदिनको अवसर पारेर बिहीबार पोखरामा जक्सन डट कमले आयोजना गरेको किताब लोकार्पण तथा परिचर्चा कार्यक्रममा पुस्तकमा समेटिएका त्यस्ता रोचक प्रसंगहरुमाथि चर्चा गरियो। ‘विदेशीले लेखिदिएको हाम्रै इतिहास हामीले पढ्यौं,' कवि तीर्थ श्रेष्ठले भने, ‘अब हाम्रो इतिहास हामी आफैंले लेख्नुपर्छ। त्यसको सुरुवात मनोजले गरेका छन्।'  कुटनीतिक भेषमा बसेर जासुसी गरेकाहरुको रिपोर्टका आधारमा नेपाल र गोर्खालीको इतिहास तयार भएकाले त्यो सत्य बन्न नसकेको समीक्षक गनेस पौडेलले बताए। ‘मनोजले त्यस्तो इतिहासको पुनर्लेखन सुरु गरेका छन्,' उनले भने। पौडेलले १० वर्षसम्मका दूधे बालक गोर्खालीलाई ब्रिटिसले भर्तीमा लिएर शोषण गरेको लगायत तथ्य उजागर गर्न पुस्तक सफल रहेको टिप्पणी गरे। अर्का समीक्षक दीपेन्द्र श्रेष्ठले ब्रिटिसले गोर्खालीको जिउलाई भन्दा राइफल र बन्दुकको सुरक्षालाई महत्व दिने गरेको लगायत प्रशंगबाट नेपालीमाथिको शोषण र विभेद पुस्तकले मर्मस्पर्शी तरिकाले समेटेको बताए। उनले भने, ‘ब्रिटिसको सकुनी चाललाई मनोजले पत्रपत्र केलाएर पस्केका छन्।'  बिहीबार पुस्तकको खेलाडी त्रय सिपोरा गुरुङ, मञ्जु गुरुङ, टहलसिंह थापा, सञ्चारकर्मी सरस्वती गुरुङ, गायिका सीता बराल, संरक्षणकर्मी कृष्णमणि बराल, युवा उद्यमीद्वय वैभव पौडेल तथा मनोज गुरुङ र पत्रकार केशवशरण लामिछानेले लोकार्पण गरेका थिए। भर्तीको फन्दा घर्तीमगरको पहिलो पुस्तक हो। पोखरामा भन्दा अघि यसको हङकङमा परिचर्चा तथा लोकार्पण गरिएको थियो। - See more at: http://www.nagariknews.com/ent...

_____ · May 30, 2014 5:42 AM

Bharti should be completely abolished now !!

SamAtticus · May 30, 2014 10:05 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all