अमेरिकामा गणतन्त्र दिवस मनाउन घुईचो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकामा गणतन्त्र दिवस मनाउन घुईचो जेष्ठ १५ ,भर्जिनिया विजय थापा वाशिंगटन डिसी नेपाली दुतावासको आयोजनामा भएको गणतन्त्र दिवसमा सागर उर्लिएको झैँ नेपाली समुदाय तथा अतिथिहरुको उल्लेखनीय घुईचोका बीच भब्यताको साथ सम्पन्न भएको छ l अमेरिकाका लागि कार्यबाहक राजदुत तथा चार्ज दि अफ़ेअर्स ऋषि राम घिमिरेले सबैलाई कार्यक्रममा उपस्थित आमन्त्रित अतिथिहरुलाई गणतन्त्र दिवसको अवसरमा नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट तर्फबाट स्वागत गरेका थिए । साथै राजदूतावासको निमन्त्रणा स्वीकार गरी कार्यक्रममा पाल्नु भएकोमा अतिथिहरु प्रति आभार एवं धन्यबाद ब्यक्त गर्दै गणतन्त्र दिवसको बारेमा संक्षिप्त जानकारी समेत दिएका थिए l कार्यबाहक राजदुत घिमिरेले उक्त अवसरमा मन्तब्य राख्दै नेपाली जनताले गणतन्त्रको ल्याएको र राजतन्त्रको अन्त्य भएको चर्चा गर्दै ज्ञात तथा अज्ञात सवै शहीदहरुप्रति श्रद्धा व्यक्त गरेका थिए l गत बर्ष सफलता पुर्वक सम्पन्न भएको निर्वाचनको सराहना गर्दै नेपालमा गणतन्त्रको स्थापना संगै संबिधान निर्माण प्रक्रिया अगाडी बढी रहेको उल्लेख गरे l नेपाल र अमेरिका बीच ६ दशक देखिको कुटनैतिक सम्बन्धको चर्चा गर्दै नेपालको विकासको लागि अमेरिकाले सामाजिक तथा आर्थिक क्षेत्रमा गरेको अतुलनिय सहयोगको प्रशंसा गर्दै आगामी दिनमा अझ बढी सहयोग मिल्ने कुरामा आफु आशाबादी भएको विचार पोखेका थिए l कार्यक्रमका प्रमुख अतिथि दक्षिण तथा मध्य एसिया बिभाग प्रमुख निशा देसाई बिश्वासले गणतन्त्र दिवसमा शुभकामना दिएकी थिइन् भने नेपाल र अमेरिका बीचको सम्बन्ध बारेमा चर्चा गरिन l र ,उनले नेपाल र नेपाली जनताको बारेमा अमेरिकाका जनता तथा सभासद /कांग्रेसमा पनि राम्रो छबि रहेको उल्लेख गर्दै लामो समय देखि अबरुद्ध रहेको पिसकोर पुन:नेपालमा फर्केकोमा खुशी ब्यक्त गरिन l उक्त कार्यक्रममा नेपालका लागि पुर्व राजदुत जुलिया च्याङ्ग नेपाली समुदायसंग घुलमिल गरि रहेकी थिइन् भने नेपाल सरकारका तर्फबाट अमेरिका आई पुगेका उद्योग मन्त्री कर्ण बहादुर थापा तथा भुत पुर्व परराष्ट्र मन्त्री माधव प्रसाद घिमिरेको पनि उपस्थिति रहेको थियो भने नेपाली समुदाय सामुहिक तस्बिर खिचाउन उत्सुक देख्न्थ्ये l कार्यबाहक राजदुत घिमिरेले उद्योग मन्त्री कर्ण बहादुर थापालाई मन्तब्य क्रममा उपस्थितिले हौसला प्रदान गरेको चर्चा गर्दै स्वागत गरेका थिए भने तथा भुतपुर्व परराष्ट्र मन्त्री माधव प्रसाद घिमिरेले गत बर्ष सम्पन्न भएको निर्वाचनमा खेलेको अहम भूमिका प्रति गौरब लागेको बताएका थिए l कार्यक्रममा नेपाली दुतावासका अतिथिगण ,कुटनैतिक व्यक्तिहरु ,अमेरिकाका राज्य बिभाग , डिसी महानगर तथा आसपासका राज्यहरुमा स्थित नेपाली समुदायदवारा स्थापित विभिन्न संघ संस्थाका प्रमख एवं पदाधिकारीहरु ,लब्ध प्रतिष्ठित व्यक्तित्वहरु ,संचारकर्मीहरु ,अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरु ,विश्व वैक लगायत अन्य अन्तर राष्ट्रिय संस्थामा कार्यरत नेपाली नागरिकहरु ,साहित्यकार ,नेपाली कलाकारहरु एवं राजदूतावासका कर्मचारी तथा परिवारहरुको उपस्थित रहेको थियो l

mahoday · May 29, 2014 7:57 PM · 2,377 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all