प्रधानमन्त्री कोइराला 'खरेलको पक्षमा' - Join SSP Kharel Support Event

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

There have been rampant news of corruption involving the minister for the DIG position, and removal of SSP Kharel. There is an event planned on June 1 in Basantapur to show support to SSP Kharel. This is an unprecedented event in the history of Nepali politics where one police officer has so much support from the general public. Please LIKE/SUPPORT/GO to this event if you can https://www.facebook.com/event... प्रधानमन्त्री कोइराला 'खरेलको पक्षमा' 0 Comments काठमाडौं–रमेश खरेललाई विवादीत अभिब्यक्ति दिएको भन्दै अनुसन्धान समिति गठन गरेर काठमाडौं प्रहरी प्रमुखवाट हटाउने गृह मन्त्रालयको प्रयासमा निर्वाचन आयोगले अड्काएको छ। गृहले खरेलको सरुवाको लागी पत्र पठाएको २ दिन कट्दा समेत आयोगले सरुवाको सहमती दिएको छैन। मंगलवार आएको पत्रबारे आयोगले छलफलनै गरेन। बुधवार ४ बजे आचारसंहिता समितिका प्रमुख आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षतामा विभिन्न मन्त्रालयका सचिवसहित पत्रबारे छलफल गरे। तर, सो विषय जटिल भएको भन्दै आयोगको प्रमुख आयुक्त सहितको पूर्ण बैठकमा सो विषय निर्णयका लागी पठाउने निष्कर्ष निकालेर बैठक टुंग्याए। काठमाडौंको क्षेत्र नम्बर २ को उप–निर्वाचनको मिति घोषणा भएकाले काठमाडौंको प्रहरी प्रमुख फेर्न आयोगको स्विकृती अनिवार्य हुन्छ। आयोगको सहमती विना खरेलको सरुवा सम्भव नभएकाले मन्त्रालयले पत्र पठाएको थियो। बिहिवार गणतन्त्र दिवसको सरकारी विदाका कारण खरेलको सरुवाको अनुमतीबारे आयोगमा शुक्रवार मात्रै बैठक बस्नेछ। कोइराला खरेलको पक्षमा ! विश्वस्तस्रोतका अनुसार एमालेको तर्फवाट सरकारको नेतृत्व गरिरहेका बामदेव गौतमको इच्छामा खरेलको सरुवाको तयारी गरिएपछि सरकारको नेतृत्व गरेको नेपाली काँग्रेस भने सहमत देखिएको छैन। प्रधानमन्त्री सुशिल कोइराला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथमा भाग लिन भारत गएको अवस्थामा गृहले सरुवा प्रकृयालाई अगाडि बढाएको थियो।   काठमाडौं क्षेत्र नम्बर २ को उपनिर्वाचनमा एमालेको तर्फवाट उम्मेदवार बनेका कृष्ण गोपाल श्रेष्ठ गृहमन्त्री बामदेव निकट हुन्। खरेलको सरुवालाई काँग्रेसीहरुले श्रेष्ठलाई निर्वाचनमा सहज बनाउने अभ्यासमा रुपमा समेत लिएका छन्। डिआइजीको बढुवाको आर्थिक चलखेल भइरहेको खरेलको सार्वजनिक भनाईको छानवीनका लागी प्रहरी प्रधान कार्यालयले छानवीन समिति गठन गरिसकेकाले उसको प्रतिवेदनपछि मात्रै सिफारिस अनुसारको कारवाहीको पक्षमा कांग्रेसका केही प्रभावशाली युवा नेता सक्रिय रहेको विश्वस्तस्रोतले बतायो। यही आधारमा निर्वाचन सम्पन्न नभएसम्म खरेललाई काठमाडौंवाट हटाउन हुन्न भन्ने पक्षमा काँग्रेसका नेता देखिएका छन्। विश्वस्तस्रोतका अनुसार प्रधानमन्त्री कोइराला समेत खरेललाई हटाउने पक्षमा छैनन्। तर, काग्रेसका केही सभासद् भने गृहमन्त्री गौतमको निर्णयको पक्षमा देखिएका छन्। स्रोतका अनुसार विवादीत पृष्ठभुमी रहेका तीर्थ लामा,शंकर भन्डारी लगायतका केही सभासदहरु भने खरेलको सरुवाको पक्षमा रहेको स्रोतले बतायो।  आयोगका अधिकारी यो विषयको टुंगो प्रधानमन्त्री स्वदेश फर्किएपछि लगाउने निष्कर्षमा रहेकाले बुधवार निर्णय हुन नसकेको हो। कोइराला बुधवार फर्किएकाले शुक्रवार सहमती दिने वा अस्विकार गर्ने विषयमा निर्णय हुने आयोगका एक अधिकारीले जानकारी दिए। २०७१ जेठ १४

ne0 · May 29, 2014 7:53 AM · 2,803 views

3 Replies

यस्ता भाते भतुवाहरुले देश हाकेपछि राम राम मात्रै भन्न सकिन्छ भन्ने हाम्रो ठहर छ|

yotabhayananisom · May 29, 2014 9:59 AM

खरेल ले अली बढी बोलेकै हो, हुन त अब देश को परिस्थिति अनुसार बोल्ने पर्यो के गर्ने, तेती नबोली हुदा पनि हुदैन जस्तो छ नेपाल मा कि त मात्रिका यादव जस्तो मन्त्रि आउन पर्यो सचिब लै तोइलेत मा थुन्दिने कि त खरेल जस्तो पोलिस आउन पर्यो मंच मै भन्दिने. नेपाल मा सोझो औला ले घिउ औदैना. जब सम्म एउटा सिस्टम बस्दैन तब सम्म गोलमाल भै रहनछ तब सम्म खरेल जस्ता मान्छे निक्ली रहन्चन खरेल ले भने को मन्त्रि लै मन नपरे तेस्तो हुने परिस्थिति नै नआउनु बेश अहिले लाइ एस एस पी खरेल लै मेरो भोट

_____ · May 29, 2014 4:12 PM

मेश खरेलको सरुवा आयोगले रोक्यो 30 May 2014 | 16:29pm2 3 4 5 (0 votes) काठमाडौं— महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश खरेललाई सरुवा गर्ने गृह मन्त्रालयको प्रयास असफल भएको छ। असार ८ गते हुने उपनिर्वाचनका लागि आचार लागू भइसकेको अवस्थामा खरेलको सरुवाका लागि सरकारले आयोगको सहमति मागेको थियो। शुक्रबार चार घन्टा चलेको आयोगको पूर्ण बैठकले सर्वसहमतिबाट खरेललाई सरुवा गर्ने निर्णयमा समर्थन नदिने निर्णय गरेको हो। 'निर्वाचन आचार संहिता लागू भइसकेका कारण एसएसपी खरेलको सरुवामा सहमति नदिने निर्णय गरेका हौं', आयुक्त इला शर्माले नागरिकन्युजसँग भनिन्- 'यस बारे आजै गृहमन्त्रालयलाई पत्राचार गरी जानकारी दिइएको छ।' आयोगको पूर्ण बैठक बस्नुअघि बिहीबार यस विषयमा छलफल गर्न निर्वाचन आचार संहिता समितिको बैठक समेत बसेको थियो। स्रोतका अनुसार कुनै पनि दृष्टिबाट खरेलको सरुवा उपयुक्त नदेखिएको निष्कर्ष बैठकले निकालेको थियो। निर्वाचनको अवधिमा सरकारी नियकामा सरुवा बढुवा नगर्न आयोगले यसअघि नै सूचना निकालेको थियो। - See more at: http://www.nagariknews.com/mai...

_____ · May 30, 2014 5:32 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all