एआईजी बढुवामा ब्रिफकेश लेनदेन भएको बताएका रमेश खरेललाई काठमाडौंबाट हटाइने काठमाडौं प्रहरीकाो नयाँ प्रमुखमा उत्तम कार्की काठमाडौं प्रहरी प्रमुखबाट एसएसपी रमेश खरेललाई हटाउने निर्णयमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम पुगेका छन्। गृह सचिव सूर्य सिलवाल, आइजिपी उपेन्द्रकान्त अर्याल र अरु अधिकारीहरुबीच यसबारे सोमबार छलफल भएको छ। प्रहरी प्रधान कार्यालय स्रोतले दिएको जानकारी अनुसार खरेलको ठाउँमा कसलाई ल्याउने भन्नेबारे निधो नभइसकेकाले औपचारिक निर्णय भने भएको छैन। प्रहरी संगठनभित्र बढुवामासमेत लेनदेन हुने सार्वजनिक अभिव्यक्ति दिएकोप्रति गृह मन्त्रालय र प्रहरी नेतृत्व खरेलप्रति असन्तुष्ट छ। शनिबार काठमाडौंको एक कार्यक्रममा उनले डीआईजीहरू एआईजी बन्न ब्रिफकेश बोकेर मन्त्री र नेताको घर धाइरहेको बताएका थिए। खरेलको भनाईबारे छानबिन गर्न डिआईजी विज्ञानराज शर्माको तीन सदस्यीय समिति बनेको छ। http://setopati.com/raajneeti/... केही महिनाअघि काभ्रेमा भएको कार्यक्रममा गृहमन्त्री गौतमले एसएसपी खरेल सेलिब्रेटीे बन्न खोजेको र आफूलाई एक पटक पनि भेट्न नआएको भन्दै आपत्ति जनाएका थिए। त्यसको प्रतिउत्तरमा आईजिपी अर्यालले उनले प्रहरीको चेन अफ कमाण्ड उल्लंघन नगरेको भन्दै खरेलको बचाउ गरेका थिए। उनको स्थानमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)का निमित्त प्रमुख एसएसपी उत्तमकुमार कार्कीलाई ल्याइने दाबी प्रहरी स्रोतले गरेको छ।
Bhakte! · May 26, 2014 9:57 AM
http://setopati.com/bichar/119... पदीय मर्यादाको खोल ओढेर नेपाल पुलिसको अस्मिताको दोहन गर्ने परम्परा, सतहमा प्रहरी संगठन भ्रष्ट भयो भन्ने, पर्दापछाडि तिनै भ्रष्ट प्रहरीलाई सरुवा र बढुवाको खर्चले राजनीतिक पार्टी चलाउने परम्परा आजको होइन, यसको सुरुआत २०४६ देखि नै हुँदै आएको हो। तत्कालीन सरकारका सन्त प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नेपाल प्रहरीको आचरण र व्यवहार सुधार गर्न, त्यसबेलाको जनआन्दोलनमा ज्यादति गर्नेलाई कारबाही गर्न र नेपाल प्रहरीमा परिमार्जन र सुधार ल्याउने उद्देश्यले गठन गरेको मल्लिक आयोग प्रतिवेदनलाई किन जनता समक्ष ल्याइएन? मल्लिक आयोगको सिफारिस पालना गर्नु त कता हो कता, यसको सिफारिसलाई सरोकारवाला प्रहरी र जनताबाटै आजसम्म पनि लुकाइयो सरकारको खर्चमा तयार गरिएको, सरकारको प्रहरी सुधारको लागि अति महत्वपूर्ण अध्ययनलाई नै रद्दीको टोकरीमा फाल्ने नेताहरुले प्रहरीमा रमेश खरेलजस्ता हक्की र स्पष्ट वक्ताको कसरी सामना गर्न सक्लान् र यदि विभागीय प्रमुखले यसलाई सही तरिकाले बुझिदिएको भए। त्यसपछि आयो रायमाझी आयोग जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुख, उपप्रमुख र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धानको थालनी गर्नुअघि नै कार्यभारमुक्त गरिए। त्यस बेलामा पनि हुनेवाला प्रहरी प्रमुखले कसलाई के कति कसलाई बुझाएका थिए भन्ने सही प्रमाण दिनसक्ने पूर्व अवकाशप्राप्त प्रहरी अझै जिउँदै छन्। त्यस बेला नेपालको सुरक्षा परिचालन युनिफाइड कमाण्ड अन्तर्गत परिचालित हुन्थ्यो। त्यसबेलाका सुप्रिम कमाण्डर राजा थिए भने कमाण्डर र उपकमाण्डरमा प्यारजंग थापा र रुकमाङ्गत कटवाल थिए। उनीहरु त पालैपालो सेनाप्रमुख भएर गए भने हुनेवाला नेपाल प्रहरीका र सशस्त्र प्रहरी बलका हुनेवाला प्रमुखले भने तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला र कांग्रेसी नेताहरुलाई ब्रिफकेशका जादु देखाउन सफल भए। तर यी सबै पोल तब खुल्यो जब सुडान घोटाला र रुबेल चौधरीको प्रकरणले त नेपाल प्रहरी संगठनमा उच्च प्रहरी अधिकृतको ब्रिफकेशको महिमा कतिसम्म हुँदो रहेछ भनेर जगजाहेर नै गरिदियो। रमेश खरेलले कसैको पछाडि लुकेर बोलेका होइनन्। उनले बोलेको कुरा सबै सरोकारवाला मन्त्री, प्रहरीप्रमुख र गण्यमान्यहरु सामु बोलेका हुन्। यदि उनले बोलेका कुराहरु अमर्यादित थिए भने मन्त्री र आइजीले उनलाई त्यत्तिबेलै स्टेजमा नै यसो होइन भन्न सक्नुपर्थ्यो। त्यसबेलामा अनपेक्षित रुपमा सत्य कुरो बाहिर आउँदा किंकर्तव्यविमुढ भएका देश हाँक्नेहरुको होस तब खुल्यो जब चरा पिँजडाबाट बाहिर उडिसकेको थियो। अब कार्यालयबाट उनलाई प्रधान कार्यालय तान्ने कार्यले त उल्टो मेसेज गएजस्तो लाग्न थालेको छ। रमेश खरेलले के भनेका थिए, जायज कुरा गरेका थिए वा नाजायज भन्ने कुरा त फेसबुकमा उनले बोलेका कुराको प्रशारणले त जनताले झनै सरकारको वाहियातीपनको स्पष्ट झझल्को पाउने भए। जब सँगैका सहकर्मी डिआइजी उपेन्द्रकान्त अर्याल एआइजी र आइजी समेत भैसके, उनलाई त्यसबेला आइजी हुन कुनै नियमकानुनले छेकवार गरेन, (त्यसबेला कुन तत्वले भूमिका खेल्यो होला, त्यो अहिलेको सरोकारको विषय रहेन) अब आफ्नो पालो आउँदा अन्योल र रणभुल्लमा छन् नेपाल प्रहरीका एआइजीका योग्य र सवल प्रत्यासीहरु। यसबेलामा उनीहरुको मनस्थिति के होला जसले झन्डै २७ वर्षदेखि अनवरत सेवा गर्दै आएर आफ्नो योग्यताको भरमा मुखमा आएको प्रमोशनमा दुईचारजनाले ब्रिफकेश बोकेको कारणले आफ्नो पनि नाम मुछिएर बदनाम हुन पुगे। सरकारले होस् वा हाकिमको कमजोरीले होस्, प्रमोसनमा तलमाथि पर्न गएमा त्यसले पार्ने मानसिक र मनोवैज्ञानिक प्रभाव त बर्दीधारीले मात्र अनुभव गर्ने कुरा हो, केही वर्ष र महिनाका लागि गृह मन्त्रालयको कुर्सीमा बस्नेका लागि त आफ्नो र पार्टीको अधिवेशनको लागी खर्च जुटे पार्टीबाट ठुलै स्यावासी पाउनुको साथै आफ्नो प्यानललाई जिताउन ठूलै लडाइँ जितेसरह भै हाल्छ। सात सात महिनाको आशा र निराशापछि पनि आफूले पाउनुपर्ने हकदाबी भएको मुखमा आएको प्रमोशनको लागि कसले के गरे होलान्, के गरेनन होलान्, उनै जानुन्। यस्तो परिस्थतिमा त आइजी साहबले सबै एआइजीका उम्मेदवारहरुलाई आइजी निवासमा बोलाएर सौहार्दपूर्ण तरिकाले यसरी नदौडिनुहोस्, न्याय दिलाउँछु, म सही निर्णय गराउँछु भन्ने र गृहमन्त्रीलाई रमेश खरेलले भनेको कुरामा पनि सत्यता छ भनेर उनको प्रतिरक्षा गर्नु उनको म्रर्यादित दायित्वमा पर्न आउँछजस्तो लाग्छ। उनले त अझ सक्छन् भने हालको गृहमन्त्रीको पहिलेको उनकै शासन वा प्रशासन कालमा बनेको संग्रौला आयोगको प्रतिवेदन खोइ कहाँ छ भनेर माग्ने र जनतासमक्ष राखेर नेपाल प्रहरीलाई कसरी जनसेवामुखी बनाउन सकिन्छ भनेर गरेर देखाउन सके गृहमन्त्रीप्रति प्रहरीको त्यसै श्रद्धा जागिहाल्ने थियो। आँट र वजनदार गृहमन्त्री, गृहसचिव र आइजीले पनि सबै एआइजीका प्रत्यासीलाई मिडियासामु राखेर कडा तरिकाले अब आइन्दा तिमीहरु कसैको घरघरमा चाकडीमा नजानु, प्रमोशन नभएसम्म अब आइन्दा कसैले पनि ब्रिफकेस नबोक्नू भनेर चेतावनी दिए त भइहाल्थ्यो। गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयले एउट घुस्याहालाई भने कारबाही गर्न नसक्ने, जनता समक्ष एआइजीलाई ब्रिफकेसमा पैसा (घुस) लिएर घरघर नजानुस् भन्दा मर्यादा हनन् हुने? यो त पारिवारिक र सकारात्मक सुझाव हो, यसमा मर्यादाहीन हुने कुरा कहाँ छ? अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि ठूलाठूला पार्टीको अधिवेशन कसरी र कुन स्रोतबाट चल्छ भन्ने अनुसन्धान गर्न थाल्नुपर्छ। आउँदो एमाले अधिवेशनको बजेट कति छ र त्यसको खर्च पार्टीले कहाँबाट जुटाउँछ? के प्रहरीको भर्ना, सरुवा र पदोन्नतिको जरो पार्टीको महाअधिवेशन र पार्टीसञ्चालनसँग त आबद्ध छैन? रमेश खरेलले पार्टी व्यवस्थापन गर्ने महेश बस्नेतको पखेँटा बाँधिदिएपछि पार्टी केही हदसम्म रिसाएको थियो। अब एआईजी प्रमोशनमा पनि नारायण वस्ताकोटी र गणेश राईजस्तालाई एआइजी बनाएमा केही पाउनेवाला छैनन्, कसैले पनि। एक पालिको तिल्के घरिघरि मिल्के भनेझैँ यसपालि भने गृहमन्त्रीज्यूलाई गाह्रोसाह्रो नै परेको छ रमेश खरेलले गर्दा। हुन त अमेरिकाजस्ता विकसित देशमा पनि जे एडगर हुभर भन्नेले एफबीआईजस्तो बलियो पुलिसिङ पद्धति विकास गर्नुअघि त्यहाँ पनि मेरो मान्छे र तेरो मान्छे भन्नेमात्र प्रहरीको उच्च तहमा पुग्न सक्थ्यो। तर नेपालको विडम्बना के छ भने नेपाल प्रहरीबाट पेन्सन खाने अवकाशप्राप्त प्रहरीहरु तमासे र मूकदर्शक भएरमात्र बस्न चाहन्छन। रमेश खरेलजस्तो आफ्नै पुरानो संगठनको युवा सदस्यलाई परेको न्यायअन्यायमा किन मुख खोल्न सक्दैनन्रु उनी ठीक छन् कि बेठीकरु उनले गरेको कुरा ठीक हो कि बेठीक होरु उनले के गरेको भए ठीक हुने थियो तरु के नेपाल पुलिसको बारेमा फेसबुक र ब्लगमा त्यत्तिका जनताको सरोकारका भण्डार थुप्रिँदा पनि न त पूर्वप्रहरी संघ केही बोल्छ, न त पूर्व प्रहरी भएर पेन्सन र भत्ता खानेहरु नै। आश्चर्य छु!
thukka · May 28, 2014 9:08 AM
http://setopati.com/bichar/119...
thukka · May 28, 2014 9:09 AM
I have also heard that there is a facebook campaign created to show support for SSP Kharel. Thats a really nice initiative. Looks like we have started showing support/doing mass gatherings for good causes also (as opposed to showing suppport/mass gathering only for political reasons or dhunga hanna or tudikhelko bar bhatkauna...). I think its really high time that we the civilians start supporting good deeds/causes and oppose bad things. If we are in KTM lets try to be the part of the campaign to support mr Kharel. I am not sure what the people who are out of Nepal at the moment can do for this...but we can at least spread the message. UJL dai, if you are in KTM, may be we can do something about this also? Others, please throw in your ideas. Nepal police ma Mr Kharel jasto arko 4-5 senior officer bhaye matrai pani dherai sudhar hunthyo hola... Ek janaa le alik ramro kaam garyo, ani saano niu nikalera khutta tanne.. Lets do all we can to support mr Kharel and oppose Baame and other corrupt officials.
pidit_graduate · May 28, 2014 9:53 AM
I have always been an ardent supporter of Mr. Kharel. I however do think that he should let his action talk louder than his speech. He is going beyond the protocol to garner more popular support and may be it is about time that he refocuses on exposing the criminals, arresting the guilty than just talking about it. He is not a politician, he is a public servant after all. Having said that, what he is doing is way better than what others are doing. I do hope he doesn't become just another Kiran Bedi and actually make Kathmandu a safer city. He has gotten public support, now he has to do it more tactfully. I will keep supporting him for now.
Kiddo · May 28, 2014 12:08 PM
I like your comment Kiddo, but he is just against the corrupted police system for promotion which is there for ages, all of us know that but who has balls to speak up ? no body, he finally did it, which I salute!!! Leaders could have done that but they are all against SSP Kharel Journalists could have done that but they did not becasue they are in the same page to run their business ,they go for Dilshova Aama Ghar news but not Bamdev's breifcase money
thukka · May 28, 2014 12:50 PM
I am with you thukka, but let's think about what he said and what it does. What he said is the truth, but is it going to make any difference? Are the minister going to stop taking the bribes because Ramesh Kharel asked them not to? SSP Kharel earned some more kudos points from the public for saying this. He probably felt a little obligated to be more vocal when he was invited to these kinds of functions, he probably thinks that's what public expects from him. Whether he did it for more popularity or he just wanted to share his opinion, it's not important to me. What is important for me or any other public is that he does a good job and in the past, he has done a good job comparatively (there are still crooks and criminals out there but let's forget that for now). Now why was it wrong? Because he works for Nepal police and I am willing to bet it is against the code of conduct to speak in favor of a political party or make remarks as such; that too without presenting a clear evidence. By saying the controversial things he is jeopardizing his stay while trying to win popular sentiments. I am guessing he has a political career already carved, otherwise he is doing a disservice to all the work he has done in the past.
Kiddo · May 28, 2014 1:39 PM
yo thread ma diplomatic sandarva deene harulai middle finger from sojoketo. i do support SSP kharel Last edited: 28-May-14 05:05 PM
sojoketo · May 28, 2014 5:03 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion