एकछिनको भावुकता

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

गजल बाहिर हेर्दा झिलिमिली , भित्र उजाड शहर कस्तो ! मिनेट पनि घन्टौं लाग्ने , दिक्क कामको प्रहर कस्तो !! बिर्सिएर स्वाधिनता, स्वाभिमान र आत्मियता , पराईको संसारमा जम्न खोज्ने रहर कस्तो ? देखाउनु हुँदैन रे , भित्रि मनका चोट बाहिर, मन रुवाई हाँस्नु पर्ने, जिन्दगीको जहर कस्तो ? विदेशको मोजमस्ती र रमाइलोमा बिर्स्यो भन्दै, घोचपेचहरु तेर्स्याऊँछन् , आफन्तको ठहर कस्तो? न सक्नु छ यहीं रमाउन , न सक्नु छ बाहिर आउन, अटसमटस अड्काइरहने, भाग्यको यो डहर कस्तो? बाहिर हेर्दा झिलिमिली , भित्र उजाड शहर कस्तो ! मिनेट पनि घन्टौं लाग्ने , दिक्क कामको प्रहर कस्तो !! ~~~~ Copy Right @ रित्तो हात

ritto haat · May 24, 2014 7:35 AM · 11,113 views

6 Replies

यसमा भाबुकता भन्दा पनि यथार्थता बढी छ हैन र ?

Geology Tiger · May 28, 2014 7:16 PM

this truly represents the condition of a lot of people here in the US and abroad....bhabukta bhanda yatharta nai ho nice work

kaji sahab · May 29, 2014 12:23 AM

राम्रो लाग्यो I

ujl · May 29, 2014 12:12 PM

पिएच्डी गर्नु भन्दा नपढ्नु नै होला राम्रो पढेर कुइन भन्दा, केरा खेती गर्नु नै होला राम्रो त्यसैले मित्र ७-८ बर्षा खेरा नफाली मत हीडे नेपाल हासी खुशी बाचे मात्र होला जीवन हाम्रो सफल पढ्नु भनेको बिबेकी-ज्ञानी हुन हो नत कापी मा मसी अनी मुख म रङ दल्न हो

Hydrogen Sulphide · May 29, 2014 1:58 PM

बाउले छोडेर गएको मदेशको जमिनमा खसीबाख्रा पालन गर्ने हो कि भन्ने सोच आएको छ है मलाइ पनि | तर हाम्रा दाजु भाईले कुकुरलाई घिऊ नपचेको भन्ने नै छन् | अमेरिका छिर्न पाए टाटा टिप्ने दिवा स्वप्न बोकेका छन्, यिनीहरुको नत लघन नै छ तर सधै दुख भएको गुनासो बाहेक केहि छैन : बाउले भरिदिएको भकारीमा रहुन्जेल बुद्दि फर्किदैन ( Talking about my own family) Last edited: 29-May-14 03:54 PM

Magorkhe1 · May 29, 2014 3:53 PM

यथार्थताले निम्त्याएको भावुब्कता हो यो, पढेर कमेन्ट गर्नु हुने साथीहरु सबैलाई स-धन्यबाद नदिईरहन सक्दिन l

Ritto Haat · Jun 1, 2014 10:50 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all