डिसीमा सिद्धि चरण जन्म जयन्तीमा सम्मान जेष्ठ ७ ,भर्जिनिया अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डिसी शाखाको आयोजनामा सिद्धिचरण जन्म जयन्ति बिगत बर्ष झैँ सफलता पुर्वक मनाईएको छ l उक्त कार्यक्रममा बिबिध कोसेली प्रस्तुतिको साथै आमन्त्रित बिसेष व्यक्तित्व ,भाषा तथा साहित्यमा बिसेष योगदान गर्नु हुने नेपाल, अमेरिका र बेलायत ३ वटा मुलुकहरुमा बसोबास गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो l नेपाली चर्चित चलचित्र"झोला" का लेखक तथा मदन पुरस्कार बिजेता कृष्ण धराबासी, नेपालका कार्यक्रम व्यवस्थापक निर्मल राज पौडेल र आधुनिक-आँसुकबि रमेश खकुरेल तथा बेलायतका अस्वीकृत साहित्य समाज गुठीका अध्यक्ष कविताराम श्रेष्ठ(बिध्या वारिधि )लाई सम्मानित गरिएको थियो l सम्मान कै क्रममा दुई जना गिनीज बिश्व पुस्तकमा किर्तिमान कायम गर्ने संचार कर्मी रबि लामीछाने तथा सबै भन्दा छिटो बिपरित हिज्जे शब्द भनि किर्तिमान कायम गर्ने कृष्ण पाण्डेय ,बुद्ध नेपालमा जन्मेका हुन् भनेर दश लाख हस्ताक्षर संयुक्त राष्ट्र संघलाई बुझाउने अभियानका एक अभियन्ता ,गीतकार ,प्रेम गुरागांईलाई पनि सम्मान गरियो l रिजऊड नेपाली समाजका अध्यक्ष मोहन ज्ञवालीलाई उहाँले गरेको समाजसेवाको कदर गर्दै सम्मान गरिएको थियो l अन्तर राष्ट्रिय नेपाली साहित्य समाज,वाशिंगटन डि. सी. शाखाका अध्यक्ष प्रकाश नेपालले खादा ओडाएर तथा संस्थाका संस्थापक अध्यक्ष बरिस्ठ साहित्यकार श्री होमनाथ सुबेदीले प्रसंशापत्र प्रदान गरेर ऊहाँहरुलाई सम्मान गरिएको थियो l उक्त कार्यक्रममा अनेसास केन्द्रका नारायण अधिकारीको इन्द्रेणी रंगहरु हाइकु संग्रहको बिमोचनको साथै फ़्युअन कविताहरुको प्रस्तुति र बिचार 'मा कविता राम श्रेष्ठले प्रस्तुति गरेका थिए l अनेसासका संस्थापक साहित्यकार होमनाथ सुबेदीले सम्मानित हुने सबैलाई सम्मान गर्न पाएकोमा हर्ष व्यक्त गर्दै बधाई दिएका थिए l अनेसासको रजत जयन्ती २०१५ को भानु जयन्ती डिसी तथा अन्य शाखाहरुमा मनाउने ,वृत्तचित्र बनाउने ,अनेसासको आफ्नो जमिनमा कार्यालय बनाई उद्घाटन तथा भानु लगायतका सालिकहरू स्थापना गर्ने मन्तब्य ब्यक्त गर्दै निर्वाचन स्वस्थ हुने कुरामा आफु बिश्वस्त रहेको बताए l संस्थाका सल्लाहकार तथा अमेरिकाको जेष्ठ संस्था अमेरिका नेपाल समाज वाशिंगटन डि.सी. का पुर्ब अध्यक्ष खेम भट्टचनले स्वागत भाषण गरेका थिए भने कबि सिद्धीचरण श्रेष्ठको तस्बिरमा माल्यार्पण गरेर कार्यक्रम शुरु गरिएको थियो lउक्त समारोहमा नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाका अधक्ष्य तथा साहित्यकार बसन्त श्रेष्टले कबि सिद्धीचरण श्रेष्ठको जीवनी बारेमा प्रकाश पारेका थिए l कार्यक्रममा कविता वाचन पनि गरिएको थियो भने प्रकाश नेपालको अधक्ष्यतामा कार्यक्रम सम्पन्न भएको थियो l
mahoday · May 21, 2014 4:12 PM · 3,278 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion