किशोर पन्थी /न्युयोर्क अमेरिका आउने र स्थायी रुपमा बसोबास गर्ने नेपालीहरुको संख्या गुणात्मक रुपमा बढ्दो रहेको छ । अहिलेसम्म २० हजारको हाराहारीमा नेपालीहरुले अमेरिकन नागरिकता लिइसकेका छन् भने सन् २००३ देखि अहिलेसम्म ग्रिनकार्ड लिने नेपालीहरुको संख्या ६५ हजारको हाराहारीमा पुगिसकेको छ । सन् २००३ देखि सन् २०१२ सम्म विभिन्न तरिकाले ५२ हजार ५ सय जना नेपालीले विभिन्न तरिकाले अमेरिकाको ग्रिनकार्ड लिएको युएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । सन् २००३ देखि सन् २०१२ सम्म अमेरिकन नागरिकता लिने नेपालीहरु कस्ता नेपालीहरु थिए ? उनीहरुमध्ये कतिजना पुरुष र कतिजना महिला थिए ? कुन वर्ष कुनकुन राज्यमा बस्ने कतिजना नेपालीहरुले अमेरिकन ग्रिनकार्ड लिए ? अमेरिकन ग्रिनकार्ड लिने नेपालीहरु कुनकुन पेशामा आवद्ध रहेका छन् ? कुन कुन तरिकाबाट कतिजना नेपालीहरुले अमेरिकन नागरिकता लिए ? हामीले यसपटकसम्म सम्पूर्ण विवरण प्राप्त गरेका छौं । यो विवरणबाट १० वर्षको अवधिमा ग्रिनकार्ड लिने ५२ हजार ५ सय नेपालीहरुको नालिबेली स्पष्ट हुन्छ । यो विवरण अमेरिकामा रहेका नेपालीबारे जानकारी लिन , अध्धयन अनुसन्धान गर्न र शोध गर्न चाहनेहरुका लागि मात्र नभई आम पाठकका लागि पनि उपयोगी हुने हामीले ठानेका छौं । तर यो विवरण कुनै शोधपत्रमा समावेश गर्न वा ब्यापारिक प्रयोजनका लागि उपयोग गर्नका लागि भने युएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी वा खसोखास साप्ताहिकको अनुमति लिन जरुरी छ । हरेक वर्षको छुट्टाछुट्टै विवरण दिइएकाले कुनै पनि विषयमा १० वर्षकै एकमुष्ठ विवरण चाहिएमा सबै वर्षको जोडेर लिन सकिनेछ । खसोखास साप्ताहिकको वर्ष ३ अंक १८ पूर्णाङ्क ११९, बिहीवार, जेठ १–७, २०७० मा प्रकाशित । - See more at: http://khasokhas.com/news/373#...
cybernepali · May 21, 2014 7:20 AM · 14,010 views
भनेपछि २०,००० नेपालीलाई कानुनि कारबाही गर्नु पर्ने हुन्छ नेपाली पासपोर्ट फिर्ता नगरेकोमा
shrestha babu · May 21, 2014 10:46 AM
it is about government employees that cannot take PR or citizenship of other country than Nepal. Ordinary nepalese can get PR and citizenship and wont have to face any charges!!! khai kura bujhya??
kaji sahab · May 21, 2014 2:56 PM
Shrestha babule citizenship ko kura gareko, PR ko hoina. US citizenship paaye pachhi Nepali citizenship + passport tyagnu parchha ni ta (Nepal ko law anusar). khai kura bujhya??
_nepali · May 21, 2014 11:43 PM
काजि साहेबले चाही पाजी साहेब जस्तो कुरा गर्यो हेहे
bokaman · May 22, 2014 9:07 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion