नेपाली छोरीको कमाल Share: एक जना नेपाली बालिका विभिन्न देशका तीन लाख सहभागीलाई पछि पार्दै भारतको एक प्रतिष्ठित रियालिटी शोमा विजयको शिखर नजिक पुगेकी छन्। रुपन्देही रुद्रपुरकी तेरिया फौजा मगर (११) भारतको चर्चित टेलिभिजन जी–टीभीबाट प्रसारित रियालिटी शो डान्स इन्डिया डान्स (डीआईडी) लिटिल मास्टर्स–३ मा निर्णायक र दर्शकको मन जित्दै अन्तिम ९ जनाबीच प्रतिस्पर्धामा छन्। प्रतियोगितामा सहभागी हुन आवेदन दिएका १४ वर्षमुनिमा तीन लाख बालबालिकामध्ये ४० हजार जना छानिएका थिए। भारतका विभिन्न प्रतिष्ठित प्रतियोगितामा कैयौं नेपालीभाषीले सफलता पाए पनि डीआईडी लिटिल मास्टर्सको टप टेनमा पुग्ने उनी पहिलो हुन्। मुम्बईमा भएका तीन वटा अडिसन, नयाँदिल्लीमा सम्पन्न टेलिभिजन अडिसनमा १०२ जना, कोरियोग्राफर राउन्डमा ३६ जना र मेगा राउन्डमा उत्कृष्ट १६ जनामा छनोट हुँदै तेरिया टप टेनमा पुगेकी हुन्। वागेश्वरी संगीतालय बुटवलमा पाँच वर्षदेखि नृत्य सिक्दै गरेकी उनी रुद्रपुर पीस ल्याण्ड भूपू सैनिक पब्लिक स्कूलमा ५ कक्षामा अध्ययनरत छन्। तेरियाकी आमा सोही स्कूलमा क्यान्टिन चलाउँछिन् भने बाबु रोजगारीका लागि साउदी अरबमा छन्। तेरियालाई यो ठाउँमा पुर्याउन हजुरबुबा कृष्णको कम्ती योगदान छैन। भूपू सैनिक कृष्णले बम्बईमा रहेका भतिजा मार्फत फोननम्बर पत्ता लगाएर आयोजकसँगको सल्लाह अनुसार एउटा हिन्दी गीतमा नातिनी नाचेको भिडियो रेकर्ड गरेर पठाउने व्यवस्था मिलाए। जुन भिडियो हेरेपछि आयोजकले तेरियालाई तुरुन्त बोलाए। तेरियालाई प्रतियोगिताका ग्रान्ड मास्टर भारतीय अभिनेता मिथुन चक्रवर्तीले स्टार हिरोइनको जस्तै परफेक्ट एक्सप्रेसन भएकी 'नेपालकी रानी' भनी प्रशंसा गरेका छन् भने अर्की निर्णायक गीता माले 'एक्सप्रेसन क्वीन' को संज्ञा दिएकी छन्। डीआईडी लिटिल मास्टर्सको उपाधि विजेताले ५० लाख भारु नगद र कार लगायतका थुप्रै उपहार पाउने छन्। चार महीनादेखि जारी प्रतियोगिताको ग्रान्ड फाइनल १५ जूनमा हुनेछ। दीपक ज्ञवाली, बुटवल
_____ · May 20, 2014 1:34 PM · 1,653 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion