‘नागरिक’को क्षमायाचना क्षमाप्रार्थी छौं नागरिक दैनिकले वर्ष ५ अंक ३०१ मा समाजसेवी दिलशोभा श्रेष्ठमाथि परेको उजुरी र त्यसमा लगाइएको आरोपसम्बन्धी समाचार बिनापूर्वाग्रह प्रकाशित गरेको थियो। त्यसमा उनीमाथि नागरिक आफैंले कुनै आरोप नलगाएको भए पनि थुप्रै पाठक, शुभचिन्तक र समीक्षकबाट उक्त समाचारको शीर्षक मर्यादित नभएको र समाजसेवामा समर्पित एक महिलामाथि अन्य निकायले लगाएको आरोपलाई प्रथम पृष्ठमा त्यत्रो महत्त्वसाथ प्रकाशित गरिनु गैरजिम्मेवारपूर्ण देखिएको भन्ने प्रतिक्रिया/आशय प्रकट गरिए। नागरिक दैनिकले प्रकाशित गर्ने कुनै पनि समाचारले कुनै पनि रूपमा आफ्नो व्यावसायिक मर्यादा नाघ्न नहुनेमा हामी सधैं सचेत र सावधान छौं। तथापि आफ्नो व्यावसायिक धर्म पालना क्रममा श्रेष्ठमाथिको उजरीसम्बन्धी समाचार पाठकलाई अरुचिकर लागेको हामीले त्यतिबेलै महसुस गरेका हौं। तर केन्द्रीय बालकल्याण समिति, जिल्ला प्रशासन कार्यालय र प्रहरीले अनुसन्धान सुरु गरेको विषयमा अनुसन्धान टुंगो नलागुन्जेल थप प्रस्टीकरण दिन हतार गरेनौं। प्रहरीको अनुसन्धान प्रतिवेदनले दिलशोभा श्रेष्ठमाथि लागेका कतिपय आरोप पुष्टि गरे पनि यौन दुराचारको आरोप पुष्टि हुन नसकेको औंल्याएको छ। नागरिकमा प्रकाशित समाचारबाट उनको मर्यादामा पर्न गएको चोटका लागि हामी जिम्मेवारी महसुस गर्छौं, र यसका लागि क्षमाप्रार्थी छौं। प्रधान सम्पादक
itroll · May 20, 2014 6:23 AM · 2,368 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion