खसोखास साप्तहिक /न्युयोर्क मिस नेपाल अमेरिका २०१३ बार्तिका राईले विदेशमा बस्दै आएका नेपाली युवायुवतीहरुले सहयोगमा संचालित माया युनिभर्स एकेडेमीमा कलासम्बन्धि शिक्षा दिने नयाँ परियोजना भित्राउने भएकी छिन् । माया युनिभर्स एकेडेमीले नेपालमा गरिब वालबालिकाहरुका लागि तनहु, उदयपुर र स्याङजामा विद्यालय संचालन गरिरहेकोमा मिस नेपाल अमेरिका राईले उदयपुरको चिसापानीमा रहेको सगरमाथा स्कुलमा कलासम्बन्धि कक्षा संचालनको परियोजना ल्याएकी हुन् । न्युयोर्कको ज्याक्सनहाइटमा रहेको हिमालयन याक रेष्टुरेण्टमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राईले भनिन् –‘केही दिनपछि कला सिकाउने प्रोजेक्टका साथ म नेपाल जाँदैछु । मैले माया युनिभर्स एकेडेमीले उदयपुरमा संचालन गरेको स्कुलमा गएर बालबालिकाहरुका लागि कलासँग सम्बन्धित कक्षा संचालन गर्नेछु । म त्यसका लागि एकदमै एक्साइटेड छु । ’ उनले बालबालिकाहरुलाई गायन, नाट्य, गितार वाधन, कथावाचन, लेखन लगायतका कला सिकाउने जानकारी दिइन् । बार्तिकाले भनिन् –‘मैले कला सम्बन्धि कक्षाको सुरुवात गर्नेछु । पछि अन्य साथीहरुले त्यसलाई निरन्तरता दिनुहुनेछ । त्यसका लागि मैले इच्छुक दाताहरुबाट आर्थिक संकलन समेत गरिरहेकी छु । ’ माया युनिभर्स एकेडेमीले संचालन गरेका तीनवटा सामुदायिक विद्यालयहरुमा स्थानीय शिक्षक राखेर पठनपाठन संचालन गरिदै आएको छ । - See more at: http://khasokhas.com/news/370#...
missnepalus · May 19, 2014 9:14 AM · 9,764 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion