नेपालका ट्रक हरुमा देखिने सायरी र कविताका अंश हरुलाई एउटै धागोमा राख्न यो धागो बनाए कसो होला ? ल है एउटा शुरुवाती सायरी न सालीको प्यार, न बिबिको प्यार ड्राईभरको जिन्दगी यस्तै रैछ यार
Fuel Tank · May 18, 2014 3:27 PM · 19,386 views
Here are Some : मानिस ठुलो दिल ले हुन्छ जातले हुँदैन ड्राइभरको स्वास्नी धेरै नै हुन्छ खलाशी को हुँदैन ! रिल्याक्सको जिन्दगी गाडीको बास एक्लो छ जिन्दगी प्रेमिकाको आश ! फूलमा राम्रो कमल बास्ना लियी राख्नु बाटोमा हिडदा नबोले पनि लेटर पठाइ राख्नु ! जिन्दगी हाम्रो काल रहेछ थाहै भएन तिमी जस्तो तरुनी कती आए कती गये, बालै भएन ! कस्तो फूल रोजेछु मैले टिप्नै नपायी ओइलाई जाने कस्तो माया लाएछु मैले बोल्नै नपाइ पोइला जाने ! रक्सीको झोकमा भाउन्न, झोकमा स्वास्नि कुट्यो लठ्ठीले गर्नु सम्म गर्यो यो देशलाई ,जाड, रक्सी अनी भट्टिले ! गरीब थिए गरीबनै छु ,धनी केटा तिमीले भेटायौ मायालाई धन सँग साट्नु थियो भने, म सँग बैंसको प्यास किन मेटायौ ! ब्रेक लगाउदा गाडी रोकिन्छ , कन्डम लगाउदा एड्स रोकिन्छ ! राम जनममे दुध मिला, कृष्ण जनममे घी इश जनममे शराब मिला सोच समझकर पि ! एउटा टेम्पॊ साहित्य !! खालि हात लिएर आयेउ, खालि हात लिएर जाउ आफ्नै प्रियसी भएपनि ,भाडा चै दिएर जाउ !!
aspirenepal · May 18, 2014 5:52 PM
हाहाहा। सही मन पर्यो सबै । ईस्पेसल्ली त्यो जिन्दगी हाम्रो काल रैछ थाहै भएन भन्ने चाहिं :) धन्यबाद ।
Fuel Tank · May 18, 2014 7:03 PM
हिलो भनि नहेप प्रिय, त्यहाँ कमलको फुल फुल्न सक्छ खलासी भनि नहेप प्रिय एकदिन ड्राईभर पनि हुन सक्छ
Fuel Tank · May 19, 2014 9:32 AM
पलटकर देख्ले जालिम तमन्ना हम भी रखते हैं ! 2 खुदा ने दो बल्ब क्या दिया एक मर्करी हम भी रखते है !!
paradox · May 19, 2014 8:30 PM
कोहि भन्छन गजडी को गफ हो जिन्दगि ! २ कोहि भन्छन बिज्गनित को रफ हो जिन्दगि ! प्रेमिका भन्छिन कानमा लाउने टप हो जिन्दगि! 2 म त भन्छु खुर्सानीको चप हो जिन्दगि !!!!
paradox · May 19, 2014 8:34 PM
daum · May 19, 2014 8:40 PM
चौतारीमा भरिया दाईले भारी बीसाउने ड्राईभरलाई मात्र हेर्दा नानी खलासी रिसाउने
Fuel Tank · May 19, 2014 9:34 PM
NO HORN PLEASE !
daum · May 20, 2014 1:35 PM
This one has good collections. https://www.facebook.com/pages...
KaliKoPoi · May 20, 2014 1:43 PM
Ma gadha truck ko hood ma chad dai chu
tinthana · May 20, 2014 5:26 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion