हरेक नेपालीको प्रत्येक दिनको खर्च १२२ रुपैयाँ रहेको पाइएको छ। केन्द्रीय तथ्यांक विभागले आइतबार सार्वजनिक गरेको घर परिवार सर्वेक्षण– २०६९/७० को तथ्यांक अनुसार, सहरी क्षेत्रको जनसंख्याको खर्च गर्ने क्षमता बढी छ। सहरी क्षेत्रमा बसोबास गर्ने प्रतिव्यक्तिको औसत खर्च २३० रुपैयाँ ५० पैसा छ भने ग्रामीण क्षेत्रमा बसोबास गर्नेको एक सय रुपैयाँ ५० पैसा छ।नेपालमा सबैभन्दा गरिबको दैनिक खर्च ४२ रुपैयाँ छ भने सहरका धनीले ४१२ रुपैयाँ खर्च गर्छन्। त्यसैगरी, ग्रामीण क्षेत्रका गरिबले दैनिक ३९ रुपैयाँ र धनीले ३१८ रुपैयाँ खर्च गर्छन्। विभागका अनुसार, ग्रामीण क्षेत्रको तुलनामा सहरमा बेरोजगारी बढी छ। सहरी क्षेत्रमा ६१ प्रतिशत मानिसले रोजगारी प्राप्त गरेका छन्। त्यस्तै, ग्रामीण क्षेत्रमा ८२.४ प्रतिशत जनसंख्याले रोजगारी पाएका छन्। त्यसैगरी, महिलाको तुलनामा बढी पुरुष रोजगारी गर्छन्। पुरुष जनसंख्यामध्ये ८२.९ प्रतिशत रोजगारप्राप्त छन् भने महिला जनसंख्याको ७४.९ प्रतिशतमात्र रोजगार छन्। २० देखि २४ वर्ष उमेर समूहको जनसंख्या बढी बेरोजगार रहेको पाइएको छ। नेपालमा जनसंख्या वृद्धिको तुलनामा पर्याप्त रोजगारी सिर्जना नहुँदा गरिबी दर हरेक वर्ष ३.३ प्रतिशतले बढेको छ। - See more at: http://www.nagariknews.com/mai...
aspirenepal · May 18, 2014 1:18 PM · 11,567 views
"पुरुष जनसंख्यामध्ये ८२.९ प्रतिशत रोजगारप्राप्त छन् भने महिला जनसंख्याको ७४.९ प्रतिशतमात्र रोजगार छन्।" नेपालको लागी त्यो रोजगार दर अति नै धेरै भयो नि हैन र ? कसरी निकालेका रैचन त्यो तथ्यांक ? Substential Farming लाई पनि स्वरोजगार अन्तर्गत राखे जस्तो लाग्यो | हैन भने तेती धेरै त नहुनु पर्ने | अनि यदी राखिएको हो भने त तथ्यांक नै गलत भयो नि | खै के खै के ?
Fuel Tank · May 18, 2014 3:12 PM
पाँच वर्ष वा सोभन्दा बढी उमेरका सबै सदस्यहरुले सर्वेक्षणका सात दिनमा कम्तीमा एक घन्टा कुनै आर्थिक काम नगरेकालाई बेरोजगार मानी विभागले तथ्याङ्क तयार पारेको छ । - See more at: http://www.ekantipur.com/np/20...
_____ · May 18, 2014 3:24 PM
"पाँच वर्ष वा सोभन्दा बढी उमेरका सबै सदस्यहरुले सर्वेक्षणका सात दिनमा कम्तीमा एक घन्टा कुनै आर्थिक काम नगरेकालाई बेरोजगार मानी विभागले तथ्याङ्क तयार पारेको छ ।" त्यो त बेरोजगारको परिभाषा भयो | भन्नाले पांच वर्ष भन्दा माथिका र त्यो श्रेणीमा नपर्ने हरुलाई सरकारले रोजगार को श्रेणीमा राखेको रहेछ | उदाहरणका लागी कसैले वर्ष भरी काम गरेको छैन, तर यो सर्वेक्षणगरेको बेलामा मात्र एक घण्टा काम गरेको रहेछ भने पनि अब अर्को तथ्यांक ननिस्कुन्जेल सम्म ऊ रोजगार भैरह्यो | त्यो त सार्है ठुलो भ्वांग परेको हैन र तथ्यांकमा ? रोजगार हुनलाई "नियमित आय" हुनु पर्ने भनेर राख्न किन गार्हो भएको हो ?
Fuel Tank · May 18, 2014 3:37 PM
म पनि गाबिस बात नगरपालिके भए , नाम बद्लिना साथ् माल पोत पनि बढ्यो : धनि हुने भए |
magorkhe1 · May 20, 2014 12:39 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion