****जति गर्दा पनि मो:मो जुसी भएन ! ****

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हैन जति गर्दा पनि मो मो लै जुसी बनाउन आएन . कसैले सल्लाह दिए राम्रो हुने थियो . धन्यबाद

racheeta · May 16, 2014 10:58 AM · 62,097 views

25 Replies

Add some onions.

Drogo · May 16, 2014 11:01 AM

मीठो म: म : बनाउने शान्दार् तरिका। चिकेन म:म: ****************** सामाग्रीहरु १ पाउण्ड् ग्राइन्ड् चिकेन मा १/४ ग्राइण्ड पोर्क, १ गोटा ठिक्क साइज को प्याज २ गोटा छ्यापि अलिकति बन्दा( न राखे नि हुन्छ) १ पाउन्ड् पीठो (५० ओटा भएको गोलो र्‍यापर्) मसला- जिराको धुलो, नून, हल्दी, गरम् मसला, Kitchen King ( इण्डियन स्टोर मा पाइने मसला ) छ भने दाल्चिनि को धुलो घिउ वा बटर् तरिका *********** 1-मासु, अनि गाइन्ड् गरिएको प्याज छ्यापि र बन्दा सहित मुछ्ने मसला हाल्दै। तोरि को तेल छ भने अझ मीठो बासना दिने हुन्छ। घिउ पनि हाल्ने। अझ मुछ्ने। 2-र्‍यापर् को भन्दा नि पीठो मुछेर बनाउदा मीठो हुने हुन्छ। अल्छि न लागे, पीठो मा पानी थोरै हाली मुलायम् हुने गरि मुछ्ने। रोटि बनाउन लायक भए पछि स सानो डल्ला बनाउने( आफ्नो मुख को साइज अनुसार् म: म: बनाउने साइज को डल्ला )। अनि बेल्ना ले पेलेर रोटि बनाउने, बेल्नाको अभाव छ वा बुढिको डर ले लुकाउनु भए छ भने २ ओटा स्टिलको प्लेटको बिचमा पीथो को डल्ला राखेर बेस्सरि च्यापे नि रोटि बन्ने हुन्छ। अथवा हातैले औलाले थिची थिची पनि बनौन सकिन्छ। 3-अब पीठो को ससानो रोटिमा मासुको डल्ला हल्ला न गरि हाल्ने। अनि अाफ्नो ढंगले म:म: लाई आकार प्रकार दिने। 4- म: म: पकाउने भाडाम हाल्ने। 5-पानी पहिले नै उमाल्ने र उम्लेको पानीमा काँचो म: म; हाले पछि करीब ६ डेखि ८ मिनेट् सम्म ढक्कन बन्द गरेर पकाउने। तयार भो म: म: म: म: खाने तरिका। ******************** 1-ताततातो सिङ्गो म:म: खाने। 2-असलि स्वाद् म: म: को हुने भएको ले अचार लाइ कम् बिचार् गर्ने। 3- म: म: लाई एक् दिन बासी गरेर (फ्रीजमा हालेर फेरि) भोलि पल्ट हल्का तेलराखेर फ्राइ गरेको म:म: स्टीम म: म्: भन्दा मीठो हुने कुरा ३५ बर्षको अनुभवले बताउंछ। अस्तु! http://sajha.com/mobile/info.c...

rahulvai · May 16, 2014 11:13 AM

chhyapi bhaneko chai ke ni? BTW, anyone here knows how to make mo:mo achar (jhol jasto) like that of momo king (an old mo:mo joint in New road, putali sadak and baneshwor)?

SamAtticus · May 16, 2014 2:26 PM

@sam---Fry some brown teel on a hot pan for about 10 secs or until you can smell the teel's aroma...take it out and put it on a plate -- chop some tomato---Put some oil on the pan ---put the tomato on the pan until you see the cover turned black and the funny smell gone( For about 10-25 secs your stove should be high after that medium to low) -- If you want put some garlic and red chillies at the end and let it burn a little -- put all the ingredients in a mixer( Bullet preferably) and salt Water depending on how viscous or watery you want the sauce to be---

mvc · May 16, 2014 2:59 PM

I heard they also used lapsi ko dhulo but not sure...any idea?

SamAtticus · May 16, 2014 3:29 PM

Add some cheese to make it juicy.... it will work like magic !

himmatmeronam · May 16, 2014 4:36 PM

अलि बोसो काम भयो होला. 100 % lean meat is not good for MoMo . Use about 10-12 % fat also. I use about 20%. That is excessive tara I like it that way. Also after wrapping don't keep it standing too long. and don't save unused wrappers for later. Try to use it all.. If not air-tight seal गरेर store गर्ने . If all else fails. MSG or अजीना - मोटो . Good Luck. Last edited: 16-May-14 04:49 PM

hangMan · May 16, 2014 4:48 PM

Marcellomycin हालेर ट्राई गर , मैले त त्यहि हाल्छु |

fuel tank · May 16, 2014 6:03 PM

पहिला त् थुक्क मेरो बुद्धि ! मेरो गोबर भरेको दिमागले त् टाइटल एस्तो पो देख्न पुगेछ ! ****जति गर्दा पनि मु** जुसी भएन ! **** भित्र आएर किन चै मो:मोको कुरा हुँदै छ भनेको त् ..... एनीवेज.... रचिताजी, हजुरले येदि चिकेन ब्रेस्ट इउज गर्न हुन्छ भने ब्रेस्ट बाट चै कहिले नि जुस निस्किंदैन जस्तो मलाइ लाग्यो ! किन भने ब्रेस्टमा बोसो हुँदैन नि ! तेही भएर आदरणीय राहुलभाइले नि पोर्क मिसाउन भाको छ जस्तो मोमोमा ! पोर्कको फ्याटले जुस दिन्छ ! मैले बनाउँदा चै चिकेनको बोसो भाको थाई ल्याउन्थे ! स्कीन निकाली वरी मिट क्लिभरले किमा बनाउथे ! अनी त् खुब जुस निस्किन्थियो मैले बनाको म:ममा ! तर अचेल मैले मासु खान छोडी दिए ! पशु-पक्षीको माया लगेर !

Nas · May 16, 2014 7:57 PM

लोल Nas , मलाई पनि तेस्तै भाको थियो , तेस्मथी यो star star देखेर त ... यो चै दिमाग गोबर भरिएर अनि भ्रस्ट भएर हो . लोल अनि के रे मासु खान्न रे ? होइन होला, गफ दिन्छ | .. ए ए ए पकाएको चै नखाने होला . लोल sorry है रचेता जी, यो नास को कमेन्ट देख्यो कि दिमाग भ्रस्ट भएर आउच| yesto upayogi thread ma mero jasto faltu kura thik lagena bhane delete gardiye huncha hai | Last edited: 16-May-14 08:21 PM

nepalilaure · May 16, 2014 8:18 PM

Don't add too much masalaa, salt and avoid garlic powder(or powder of anything). These are the things that make momo dry. Although it is not good for health, I also use lots of soy sauce.

Hydrogen Sulphide · May 16, 2014 9:57 PM

"पकाएको चै नखाने होला " हा हा ब्रो ! सहि कुरो हो ! मलाइ चाई दुलो भएको जुसी दमप्लिंग एक दम मनपर्छ !

Nas · May 16, 2014 10:07 PM

केही थप कुराहरु ! १. छ्यापी भन्नाले अंग्रेजी मा Shallots  र यो दुइ तीन दाना राख्दा स्वाद महाबौद्धको नाङ्ग्ले म:म : को स्वादको झझल्को  दिन्छ |  २. १/४ भाग पोर्क मिसाउँदा जुसी हुने हैन , पोर्कले मसला सामात्छ र हाइब्रिड मासु को स्वाद ठुलो खसीको स्वादसंग मिल्दो जुल्दो हुन जान्छ | चिकेन मात्र हुँदा ज्यादै सफ्ट भएर मासु नै बिलाए जस्तो हुन जान्छ |  ३. जुसी बनाउने मूल अवयव भनेको प्याज, छ्यापी र अलिकति घिउ ले हो |  ४. लशुन हाल्नै  पर्छ तर भुलेर पनि अदुवा हाल्नु हुँदैन | अदुवा भडुवा हो म:म: को हक मा |  ५ . यति कुरामा ध्यान पुर्याए र सिंगो म:म: ( टुक्रा न पारी ) र अचार न हाली क्वाप्प खानुस्, जुसी मात्र हैन बसन्तपुर वरिपरी टपरीमा खाएको म:म: भन्दा स्वादिलो हुने छ , ग्यारेन्टी छ |  Last edited: 17-May-14 09:13 AM

rahulvai · May 17, 2014 9:10 AM

सजिलोकोलागी हामि कुखुराको छाती को प्रयोग गर्छौ नास र अरुले भने झैँ ममको लागि यो मासु निस्क्रिस्ट हो | यदि फुर्सद भए कुखुराको साप्रोको मम बनाएर खानुस: मेरो मम बनाउने प्रबिधि : मलाइ पसलको किमा मन पर्दैन : किनकी मरमसला हालेर मल्दा लेदो जस्तो हुने र मम पोकोपार्न असजिलो लाग्छ | कुखुराको साप्रो : छालाकाडेर मासु छुट्याउने अनि सानो सानो टकरा पारि मिक्स्चर मा ग्राईण्ड गर्ने (एकनासले किमा बन्ने हुदा सानो टुक्रा परेको ) मकै दाना जस्तै हुँदैमा निकाल्छु | छ्यापी बिनाको मम मम नै हैन जस्तो लाग्छ | बल्ल घैटोमा घाम लाग्यो अदुवा भडुवा हो भनेर ! सोयासस को प्रयोगले पनि जुसी बनाउन सहयोग गर्छ भने स्वाद मा पनि तब्दिली हुने हुदा 2-४ ओटा बनाइ परिक्षण गर्न सक्नु हुन्छ, पास र फेल नतिजा तुरुन्तै पाउनु हुनेछ ( सके सम्म थोरै मात्र हाल्नु होला) मम को स्वाद बडाउने काम अचारले गर्छ _ अर्थात् सुनमा सुगन्ध थपे झैँ !

MaGorkhe1 · May 17, 2014 12:53 PM

I went to one chinese restaurant awhile ago and ordered momo called "xiao long bow" , it was 50% jhol n rest meat. The best momo i ever had. And this is how they do it, i tried n its really good. Save the bone and boil it for a long time until the water is rich in gelatin. Add little spices of your choice to give it a flavor. After it cools down, store it in your fridge until it turns into jelly. Now, when you roll momo, add 50-75% keema and rest of this gelatin with spoon, one momo at a time. And you have a juicy momo. Saathi lai recipe lekhda lekhdai momo craving po bhayo ta. Ajha daro beer ra momo jaanay bho.

sajhafan · May 17, 2014 8:03 PM

लौ यो म:म: मा छ्यापी हालने त थाहा थिएन । अर्को पटक try गर्नु पर्यो । म चै टर्की को किमा को बनौछु । चिकेन अलिक थुस्स स्मेल लाग्छ र अलिक गिलो हुन्छ । जूसी बनाउन सोया सस ; घीऊ या बटर तेल र प्याज हल्ने।। राहुल भाई त 7 - 8 मिनेट पकाउदा मम पाक्छ भन्छन त; यो त अलिक चादै भएन र ? कति बेर पकौने भन्ने चै म पनी confuse छू । केही idea ?

ANS · May 17, 2014 10:34 PM

Sajhafan Tyo gelatin jati keema ma halera muchda hudaina? one at a time garna ta nikkaai time consuming po hunchha jasto chha ANS I cook my momos on medium heat for 20 minutes. I have two trays and after the first 10 minutes, i switch the trays. If you have pork mixed in with the meat, please cook thoroughly. I would cook more than 7-8 minutes personally but in high heat I guess it gets cooked in 7-8 minutes.

kaji sahab · May 18, 2014 1:18 PM

I tried to download picuture of momo, may be being large pixel it could not load. We bought momo wrapper from Chinese Store which was round and little bit thicker than wonton wrapper. Taste was better too, no sign to break even after 10 minutes of high heat ( gas ). Last edited: 21-May-14 07:46 AM

MaGorkhe1 · May 18, 2014 4:41 PM

1. The median lethal dose (LD50) of marcellomycin depends strongly on the animal and varies from a few mg/kg of body weight (dogs) to 20 mg/kg (Suiss-Webster mice,intravenal injection), the major site of toxicity being the gastrointestinal tract You need little bit fat to make momo juicy 1. animal fat is not good so avoiding using fat mixed meat.  2. either use little butter or ghee while preparing the meat 3. Best is to use good quality olive oil during meat preparation, some olive oil are mixed olive oil don't use those, 4. As Magorkhe1 said adding little bit soya sauce also makes  momo juicy 5. Use of  soya sauce and olive oil some ppl dont like becua eof the taste. 6. As Rahulbhi said use of chhyapi gives momo a Kathmandu taste     

_____ · May 18, 2014 6:12 PM

थप कुरा म: म : पकाउने भाँडो १ तले भए ८ मिनेट, २ तले भए ९ मिनेट र अधिकतम १० मिनेट राखे पुग्छ | १० मिनेट भन्दा बढी पकाएमा जुस जम्मै भुस हुन्छ | धेरैको जुसी नहुनु एउटा कारण धेरै बेर पकाउँदा पनि हो |

rahulvai · May 19, 2014 5:37 AM

thuldai tyo heat chhai low, medium or high ma pakauney?

kaji sahab · May 19, 2014 6:21 PM

पानी उम्ले पछि हाइ हिटमा ९ मिनेट हो | १० मिनेट भन्दा बढी भयो कि जुस जम्मै धूस हुन्छ है , भन्देको छु 

rahulvai · May 19, 2014 8:23 PM

thuldai le aba momo ko barema auta kahani lekhna paryo hai....

kaji sahab · May 20, 2014 8:34 PM

May be this might help: http://www.babuscooking.com/ch...

pAkHETa · May 21, 2014 6:48 AM

Dulo bhayeko dumpling kaha paayiyela?

AdrianDaju · Sep 3, 2018 12:15 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion