ध्वाँसे (वाँकी अंश)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Some browser issues with sajha, had to read the comments from my gmail account, thaney and bachata ..thank you for the comments.Fuel tank thanks a lot for the comment (मैले एउटा लामो कमेन्ट रिप्लाइ गरेको थीएँ ,I hope you read that, प्रतिकृया मलाई एक दमै चित्त वुझ्दो लाग्यो, मैले ध्वाँसे एउटा कथाको रुपमा शुरुवात गरे ता पनि अहिले यसलाई उपन्यास वनाउन सकिने सोच लिएको छु, सामान्यतय उपन्यासहरु  सम्पादन गरिनुपर्छ , जुन हाल सम्म ध्वाँसेमा गरिएको छैन। मैले सोच्ने वित्तिकै लेखेर पोष्ट गरिहाल्नाले सो गल्ती भएको हो(म गल्ती स्विकार्छु र सम्पादन गर्दा सो च्याप्टरका केहि अंश वदल्ने पनि छु),अन्य यस्तो गल्तीलाई फेरि औँल्याइदिनु हुनेछ भन्ने पनि आश राखेको छू। अन्य पढिदिनुहुने ,लाइक गरिदिनुहुने सवैलाई धन्यवाद for Dhwase part 1 please refer .. http://sajha.com/sajha/html/in... ध्वाँसेमा राजनिती भरिएको छ- थापाकाजी मेरा बा महेन्द्र राजाका नजिकैका मान्छेमा गनिन्थे। विरेन्द्र राजा पनि गाउँ डुल्न आएका वेला उनी साह्रै खुशी भएका थिए, साक्षात विष्णु गाउँ डुल्न आउने भए भनेर।उनको अनुहार उज्यालो थियो त्यो दिन, म उनको सवैभन्दा कुरा मिल्ने छोरो भएकोले होला मेरो नजिकै आएर भने  "वुझिस् माइला फूलवारीका राम्रा राम्रा फूल टिपेर राख,भगमान गाउँ आउँदैछन,माला वनाउनुपर्छ।" संस्कृतमा भनिएको पनि छ नि राजा भनेका त विष्णुका अवतार रे !मैले पनि त्यतिखेर राजा सँग भेट गरेको थिएँ। त्यतिखेर म दश कक्षामा पढ्थेँ, भलिवल पनि खेल्थेँ। मेरो भलिवल खेलको प्रशंसा पनि भएको थियो। विरेन्द्र शिल्डमा मलाई काठमाण्डौ पठाइदिने कुरा समेत भएको थियो। हाम्रो वंशावलीमा लेखे अनुसार हामी भिमसेन थापाको खलक अरे! अनि हाम्रै पुर्खा मध्ये एकले सुसारेलाई भगाएपछि हामीलाई उपत्यका निकाला गरिएको अरे!पछि राजाले पुर्वको रखवाली गरेवापत त्यो गाउँको जंगल हाम्रा जिजुवुवालाई दिएका अरे! त्यसपछि जिजुवुवाले त्यो जंगल फडानी गरेर गाउँ वसाएका ,पहाडवाट आफूलाई मन पर्ने र काम लाग्ने मान्छे राखेर !हाम्रो हजुरवुवा त्यहि भएर यो गाउँको राजा चाहिँ म हुँ भनेर भन्नुहुन्थ्यो म सानो हुँदा । म पनि आफुलाई राजकुमार जस्तो लाग्थ्यो। राजाको फोटोमा आफ्नो टाउको हाल्दा कस्तो हुन्छ कल्पना गर्थेँ। तर त्यो श्रीपेँचमा मेरो ठूलो टाउको अट्दैन कि भन्ने मलाई डर लाग्थ्यो। हाम्रो हजुरवुवा घोडामा चढेर गाउँ डुल्नु हुन्थ्यो अरे! हाम्रो घरमा काम गर्ने मात्रै करिव पचास मान्छे थिए अरे । अनि काठको सानो तिनो दरवार जस्तै घर! म घोडालाई सुसारेहरुले चना खाएको हेरीरहन्थे। हाम्रो घरको पछिल्तिर घोडा वान्ने तवेला पनि वनाइएको थियो। सानोमा आसपास खेल्दा हामी त्यहिँ लुक्थ्यौँ। नचिनेको मान्छेलाई घोडाले लात्तले हान्छ । त्यहि भएर साथीहरु घोडाको नजिकै जान डराउँथे। मेरो लागि सवैभन्दा प्यारो त्यो घोडाको तवेला र मेरो घर! तर त्यो पछि पन्चेको घर भनेर जलाइयो।मैले रुन्चे आँखाले त्यो घर जलेको हेरेँ।म त्यतिखेर सकृय राजनिति मै थिएँ। स्थानिय चुनावमा पनि मैले गा.वि.स अध्यक्ष जितेको थिएँ त्यो हुनाले गाउँलेको म प्रति आदर र सहानुभुति थियो भन्ने त मलाई थाहा थियो। तर शक्ती र वन्दुक को अघि सवै चुप हुन्छन्। म पनि चुप वस्नु पर्यो । हामी त्यसपछि उपत्यका छिर्यौँ। राजाले हामीलाई उपत्यका वाट निकाले,गाउँकाले हामीलाई गाउँवाट! तर पनि गाउँमा जव म फर्के , मेरो रवाफ सकिएको रहेनछ भन्ने पनि वुझेँ। संसार आखिरमा पैसै वाट चलेको त रहेछ। मैले काठमाण्डौ आएर शुरु गरेको चामलको व्यापार फस्टाएपछि मैले काठमाण्डौमा पनि घर वनाएँ ।गाउँको घरमा शूरुमा त पार्टिका झण्डा गाडेर हामीलाई आउन नदेलान नै जस्तो वनेको थियो। तर पछि उनीहरुले छोडिदिए। म गाउँ गएको वेला घरमै वस्न थालेँ। टिन नयाँ लगाएँ । काठहरुमा रंग लगाएँ। त्यो घर फेरि चिटिक्कको देखियो। ध्वाँसेको घर भने मेरो भन्दा पाँच मिनट जति टाढा खेतवारीको विचमा थियो। उसका वुवा पहिला हाम्रै खेतमा हलीको काम गर्थे। पछि सापटी लिएर तिनी विदेश तिर लागे। रिन तिर्न पछि सम्म पनि सकेका थिएनन्। त्यसैविचमा ध्वाँसे पनि पार्टीमा लाग्यो। उसमा पनि वन्दुकको शक्ती आयो। हाम्रो रिन नतिरे पनि हुने भयो। हामीले खासै वास्ता पनि गरेनौँ। ज्यान भए पैसा त पछि पनि कमाइहालीन्छ नि जस्तो सोच आयो भनौँ दिमागमा ! युद्द विराम पछि चुनाव को गाउँ भरी तातो छाएको थियो। नयाँ पार्टीमा गाउँका धेरै मान्छे पसेको मैले पनि गाईँगुईँ सुनीनै राखेको थिएँ। उनीहरु सँग अझै हतियार छन् भन्ने हल्ला पनि गाउँभरी छ्यापछ्याप्ती थियो। त्यहि भएर पनि खुलेर राजनितिमा आउन मैले आँट भने गरिसकेको थिइन।हुन त राजनितिले मलाई के नै दिएको थियो र ! म गा.वि.स अध्यक्ष हुँदा वनाएको चोकको महेन्द्रको सालिक यहि पालाको आन्दोलनमा भत्काइदिएका थिए आन्दोलन कारीले । साह्रै सजिलो गरी फुट्यो त्यो सालिक भन्थे गाउँकाले ! मैले सुनेको नसुन्यै वनाइदिएँ। त्यतिखेर हामीले त्यो सालिकमा त्यतिवेलाको विस हजार कमाएका थियौँ रातारात गरेर वनाएको सालिकमा हामीले भित्र फलामका डण्डी कम गरेको गुनासो झन्न कसैको आएन। एक तरिकाले ठिकै पनि भयो अव सालिक ढल्यो। मेरो भ्रष्टाचारको प्रमाण पनि! आखिर महेन्द्रले मलाई अहिले विउँझिएर जागिरमा लाइदिने हैनन् क्यारे! ************ ************** ************ **************** ************* ******** साँझ झिमिक्क परिसकेको थियो। मेरो घरमा सोलार जोडेपछि लोडशेडिंगको खासै फरक पर्न छोडेको छ। आँगनमा वसेर म हुक्का वनाउँदै थिएँ। "काका घर मै हो ?" परवाट आवाज आयो। नचिनेको आवाज ! मैले आवाज तिर आँखा दौडाएँ। करिव तिसको वलियो केटो ! "म ध्वाँसे क्या !" ध्वाँसेले आफ्नो परिचय दियो। मेरो मनमा ढ्वाँग्रो ठोक्यो। हुन त उनीहरु युद्द विराममा छन् । तर उसले मास्टरलाई रेटेरै मार्यो भन्ने गाउँमा हल्ला थियो। त्यस्ता नरपिसाचको के भर र ! फेरि उसको र मेरो कहिलेदेखि यो काकाको सम्वन्ध लाग्यो? मलाई पनि थाहा छैन यो कुरा त ! "वस न त !" मैले छेवैको खाली कुर्सी देखाएँ। "काका सँग एउटा सल्लाह गर्नु छ !" उसले आफ्नो कपाल कन्याउँदै भन्यो। "भन न !" मैले सुस्तरी जवाफ फर्काएँ। उ मेरो हुक्का हेरिराख्यो। त्यो हुक्का मेरो हजुरवुवाको पालाको। तल भुइँमा चाँदिको जलप लाको छ। माथी साँपको नक्सा कुँदेको छ। मेरो हजुरवुवाको शौख देखेर म दंग पर्थेँ यो हुक्का देख्दा! हामीले जल्दै गरेको घरमा धेरै मेहेनत गरेर यो जोगाएका थियौँ। हजुरवुवाको ठूलो तस्विर भने जोगाउन सकिएन। उनको आधा जिउ जलेको फोटो मेरो भित्तामा अझै छ। "चुनाव नजिँकिँदै छ, यसपाली कतापट्टी लाग्ने विचार गर्नुभको छ ?" उसले मेरो आँखा नियाल्दै प्रश्न राख्यो। म चुप थिएँ। खै के भनुम् ? नखाउँ त दिन भरीको शिकार खाउँ भने कान्छा बाबुको अनुहार भन्थे वुढापाकाले ! उसका प्रश्नहरु मलाई पनि निल्नु न ओकल्नु भए। "हेर्नुस काका,पन्चेहरुलाई गाउँ भित्रिन दिनु हुँदैन भनेर ठूलो कुरा भको थियो, हाम्रो पार्टी कमिटी भित्र। मैले थापा काका भनेका विकास प्रेमी मान्छे हुन् ! उनले समय अनुसार परिवर्तन हुन जानेका छन् भनेर तँपाइको कुरा गरेँ!" उसले कुरा कता घुमाइरहेको थियो मैले वुझ्न सकिन त्यहि भएर उ वोली मात्रै रह्यो म सुनी मात्रै रहेँ। "हामी सँग गाउँको ठूलो युवा जमात छ, तर वुढा वुढी हरुलाई अझै पुरानो धंगधंगीले छोडेको छैन , यस्तो तालले गाउँको समाजको विकास पनि हुँदैन ! कि कसो त काका !" सावित्रीले चिया लिएर आइ । मेरो खेतमा काम गर्नेकी छोरी, मैले घरको काम गर भनेर राखेको छु । उसले सावित्रीलाई पिलिक्क हेर्दै चिया लियो। "यी वुइनी चाहिँ को नि ?"उसका आँखा वलिहाले। मोरोलाई केटी देख्नै हुँदैन। त्यो साहिँली मगर्नी सँगको हल्ला मैले खुवै सुनेको छु। विरे की छोरी शान्ती सँग पनि यसको लसपस थियो रे ! त्यसको त दश दिन अघी विहे भयो। त्यसलाई सम्झेर यसले रातभरी जाँड खाएर हल्ला गर्यो पनि भन्थे गाउँका केटा ! "सावित्री, पर्शुरामकी छोरी, यहाँ काकीलाई भान्सामा सघाउँछे ,स्कुल पनि पढ्छे !" "म के भन्दै थिएँ भने नी काका, तँपाइलाई नयाँ पार्टी खुवै फाप्छ , वुढापाका तँपाइले भनेको मान्छन् पनि , हाम्रो पार्टीमा प्रवेश गर्नुस् ! गाउँमा वस्न सहज पनि हुन्छ तँपाइलाई ! नेतृत्व गर्न जानेको मान्छे,विकास वुझेको मान्छे!" उसले मलाई खुल्ला प्रस्ताव राख्यो। म अकमक्क परेँ। "के सोच्नु भको काका ?" उसले मेरो आँखा नियाल्दै प्रश्न राख्यो । " हेर्नु पार्टीमा राम्रो ठाउँ दिलाउने जिम्मा मेरो भयो, फेरि यो क्रान्तिवाट जन्मेको पार्टी हो, जहिल्यै अघि वढ्छ, कति समात्नुहुन्छ ति दंगदंग्ती गनाइसकेका पार्टीहरु , यसपाली खुलेर लाग्न पनि भ्याउनु भएको छैन पुरानो पार्टीमा! हेर्नुस् त तिनीहरुका संगठन,हामीले उहिल्यै जरा काटीसक्यौँ, को छन् तिनीहरुको प्रचार गर्दै हिँड्ने गाउँमा ? हामी सँग आउनुभयो भने जित पक्का छ अनि अहिल्यै हामी सँग आउनुभयो भने घात गरे जस्तो पनि देखिँदैन !" म चुप नै लागि रहेँ।उसले चिया सिध्यायो। सावित्री गिलास उठाउन आई। उ झुक्दा उसको छातीलाई मज्जाले नियाल्यो ध्वाँसेले। "ल लागेँ काका अव म ! मैले भनेको वारेमा सोच्नु ,मैले पर्सी सम्म उत्तर दिनु छ, त्यसपछि लाग्छु म पनि राजधानी तिर !" उ उठ्यो। उ हिँडिसकेपछि, मैले धेरै वेर कुरा खेलाएँ। कुरा ठिकै लाग्यो। मेरो रवाफ गाउँमा फर्काउने यो राम्रो अवसर हो। ध्वाँसेले राजनिती जानेको रहेछ वा भनौँ ध्वाँसेमा राजनिति भरिएको रहेछ।    

fucheketo · May 16, 2014 10:32 AM · 56,375 views

26 Replies · Showing 21 - 26
Page 2 of 2

फुच्चे केटो, म तिम्रो कथाहरुको नियमित पठाक हुँ तर कमेन्ट हरु तेती धेरै गर्दिन| मेरो यो सायद तेस्रो कमेन्ट हुनुपर्छ | तिम्रो कथाहरुमा एउटा छुट्टै किसिमको मिठास पाउछु म| तिम्रो लेखन सैली अरुको भन्दा भिन्न लाग्छ| यो कथा भित्र थुप्रै उप-कथाहरु बुनिएका छन् र तिम्रा प्रत्येक पात्रहरु बाट त्यस समयको नेपाली समाज र राजनीतिक परिवेशलाइ उनीहरुकै भासामा ब्यक्त गराउन सफल भएको छौ तिमी| तिम्रो यो कथा त्यो युद्ध का दुवै तर्फका नाइकेहरु, जो पढ्न र बुझ्न सक्छन, लाइ पढ्न दिने हो भने, I wonder how they would reflect on their deed!!!

Jhapali_Thito · May 23, 2014 4:27 PM

अष्ट धिमाल "कहिलेकाहिँ खडेरी लागेको जीवनमा पानीका थोपाहरु हराउँछन् भुइँ रसाउन नपाइ। क्रान्ती मेरो लागि त्यहि पानीको थोपा जस्तै।:  अष्ट धिमाल "मान्छे सँग जत्ति रिस उठे पनि उसलाई सिध्याइसकेपछि भने त्यो लाशको माया लाग्दो रहेछ।त्यो मेजरको लाश उठेर मलाई वुट वजार्ला जस्तो थिएन। त्यो त ढलेको थियो, निन्द्रा मा भए जस्तो ! रगतमा लतपतिएको, माया लाग्दो!!"  सरिता "मेरो आँखा त्यसै त्यसै रसायो। वुवालाई सम्झेँ।वुवा कराएको सम्झेँ,चिच्याएको सम्झेँ।ध्वाँसे मलाइ हेरिरह्यो।एक चोटी त मन लाग्यो म चिच्याउँ उसको अघि, आखिर के पायौ तिमीहरुले भनेर !" ध्वासे  "उसको विहामा गएर एउटा विद्रोहको इतिहाँस रच्ने योजना मैले परिवर्तन गरेँ। " "युद्द कहिल्यै आफ्नो हुन्न।जितुन्जेल आफ्नो जस्तो लाग्छ। सँगै वस्ने त उही घाउका खाटाहरु न हुन। जित त एउटा उन्माद न हो, पानी फोका जस्तो, गर्जिउन्जेल देखिन्छ ,विलाउँछ।" "आखिर उही युद्द लड्ने भए, मर्ने मान्छे कसै न कसैको आफ्नो मान्छे हुन्छन् ।" "किन किन सरितामा मैले त्यो दिन मास्टरको वुढी देखेँ। ... गवान उ राम्ररी नै वसिराखेको होस्। कुनै दिन मैले उसलाई पनि यस्तै हालतमा भेट्टाएँ भने ,कसरी माफ गरौँ आफूलाई? जीवनमा कहिलेकाहीँ आफूले गरेको गल्तिले खेदाई खेदाई पिरोल्छ।" फुच्चे, यो कथा (कथा पनि के भन्ने नेपालको एक कालखण्डको ब्यथा जसमा जोकोहि एक न एक पात्रमा आफु पाउन सक्छ) को बहाब र घटनाक्रम संगै प्रतुतीले जो कोहीलाइ बाध्न सक्छ , सोचमग्न पार्न सक्छ , पाठ पढाउन सक्छ | उपन्यासको रुपमा आएर पढ्न पाउँ !!

Bhakte! · May 23, 2014 8:06 PM

फुच्चे केटो पुरै पढे , beer पनि सिध्ह्याये तिन बोत्तल , किन हो तिम्रो कथा पढ्यो कि beer तान्न मन लाग्छ, जे हॊस जनाकरन्ति को असली रुप तेही हो , जो कथा मा छ , बाकि सब त गफ हुन् मज्जा आयो पढेर

timi_mero_sathi · May 24, 2014 11:33 AM

fucche keto, dhwase katha sidiyeko ho ra? maile ta yeha samma matra padeko chu..yespaci ko story k ho? म गाउँ जाने भएको थिएँ। मलाई किन किन सरिताकोवाट वाहिर निस्किए पछि साहिँली मगर्नीको सम्झना आयो ।मैले उसलाई फोन गरेर भनेँ "म गाउँ आउँदैछु !" उसले धेरै वेर मौन रहेर सोधी

sojoketo · Jul 19, 2014 10:49 PM

Timi mero sathi - thank you... Sojoketo - sorry I dint realize that story was not copied full..sorry to all the readers... ध्वाँसे -- Remaining.. "के लाई ?" "विहे गर्न !" "को सँग ?" उसले यसपाली सोध्न समय लगाइन। "किन तिमी गर्दैनौ र म सँग ?" यसपाली उ चुप लागि । धेरै वेर पछि सुस्तरी सोधी "तैँले जाँड खाएको त छैनस् नि ?" मैले अलि अलि त खाएको थिएँ तर ढाँटिदिएँ। "छैन" "म काठमाण्डु आउन सक्दिन तँ सँग! म गाउँ छोड्दिन !" "कसले काठमाण्डु आइज भनेको छ र ? म पो त्यहाँ वस्छु भनेको त !" "के गरेर वस्छस् ?" "अष्टेले पोल्ट्री फर्म खोल्छ अरे, त्यसमै अलिकति पैसा हाल्छु ! तिम्रो पसल छँदैछ! पुग्दैन र ?" उसले केहि भनिन । मैले हुन्छ भनेकै वुझेँ। मैले फोन राखदिएँ। कान्छोलाई डायल गरेँ अनि भनेँ "मैले भनेको मान्छस् भने सरिता सँग विहे गर !" उसले पनि केहि वोलेन। मलाई थाहा छ उसलाई मेरो सुझाव पचाउन समय चाहिन्छ।तर मलाई विश्वास छ अन्तिममा उसको ध्वाँसे दाइले भनेको उसले मान्नेछ। समाप्त

fucheketo · Jul 20, 2014 7:56 AM

fucche keto lovely, sweet!! kathako ending pani mun paryo. i hardly read a story. Glad, I have read the superb one 'dhwase' probably, a fictional character in this true story. Sahilee magarnee character, really is a sweet one for me as i do know some shahille magarnee and i am kind of dhwase for her..lol..

sojoketo · Jul 20, 2014 10:55 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all