बिशाल दाई - (३) अन्तिम भाग फियुल ट्यांक यदि पढ्न छुटाउनु भएको भए भाग १ भाग २ हुन पनि “तैंले लास्टै दु:ख पाईस, ल मोज गर्” भनेर नै भगवानले बिशाल दाईलाई पठाई दिए जस्तो लाग्थ्यो | छ हप्ते ट्रेनिंगको बीच-बीच जस्तो मा पुगेका थियौं | दाईले लगभग सबै समय म संगै बिताउनुहुन्थ्यो, केटाहरु चाहिं कहिले हुन्थे कहिले हुन्थेनन् | बिस्तारै दाईको बारेमा थोरै थोरै थाहा पाउँदै थिएँ | दाईको बारेमा रिसर्च गर्न मसंग कुनै स्रोत थिएन त्यसैले दाईले जे जे भन्नुहुन्थ्यो त्यसैलाई चिर-फार गरेर जानकारीहरु निकाल्थें | दाईलाई सार्है नै सुनाउन पर्ने | त्यती हुँदा हुँदै पनि मैले दाईको बारेमा धेरै कुराहरु थाह पाउन सकेको थिईन | दाईको नेपालको घर कहाँ ? घरमा को को हुनुहुन्छ ? के गर्नुहुन्छ ? आदी आदी | मलाई त दाईको बिहे भको छ कि छैन समेत थाह थिएन | कहिले कहिले यसो सोध्न थालें भने जहिले पनि त्यहि उत्तर हुन्थ्यो | “जे सोधे पनि सोध, यो चाहिं नसोध, आफैले पत्ता लगाईस भने ठिकै छ, म चाहिं भन्दिन |” एकदिन दाई अफ मुडमा हुनुहुन्थ्यो | “ट्वान्टी थर्ड स्ट्रिट को स्टोरमा लगेर ग्यास रिफिल गर्न पर्नी त्यसकी मा झ्याक्नीले हन्ड्रेडथ्मा लगेर खोत्त्याएछ| विकेन्डको बेला तेस्तो बिजी स्टोरमा ग्यास नै छैन, मुजिलाई सु गर्दिन्छु अनि थाह पाउंछ |” मनमनै सोचें, ए दाईको त दुईटा ग्यासटेसन रैछ, त्यो पनि एट लिस्ट | अनि फेरी दाईको बोलीको त कुरै नगरम् | केटाहरुको “राष्ट्रिय भाषा” नबोलेको त वाक्य नै हुन्थेन | “दाई अब के हुन्छ? उनीहरुको गल्तीले त हो नि , उनीहरुले फेरी ठिक ठाउँमा लगेर डेलिभर गर्नु पर्छ नि हैन ? डेलीभरी चार्ज नलगाई” मैले सानो स्वरमा सोधेँ | “तँ मुजी फिस्टेलाई थाह छ | धोतीकोमा घण्टा हानेर खुब जानेछस्|” दाईले मेरो सानो ज्यान र बिगतलाई एकै पटक प्रहार गर्नुभो | हुन त मलाई यस्तो कुराले कहिलयै छुँदैनथ्यो तर खै के भयो त्यो बेला, मन अमिलो भयो | दाईको ठाउँमा बसेर सोच्दा पनि ठिकै हो, अब ट्वान्टी थर्डको स्टोरमा ग्यास आईपुग्न कम्तिमा पनि एक दिन लाग्थ्यो होला, एक दिनको ब्यापार त चौपट भयो नि | कत्तिको चल्ने स्टोर हो, लास्टै चल्ने स्टोर रैछ भने त जो पनि रिसाउँछ नि | झन् बिशाल दाईको मिजासै कडा खालको थियो | स्वाभाविक नै लाग्यो दाईको रिस पनि | “जा फ्रिजमा हिजोको बियर छ होला, लिएर आईज |” अहिले सम्म एक चोटी पनि मैले नाईं भनेको थिईन मैले दाईलाई | यो चोटी पनि भनिन | फ्रिजबाट एउटा बियर लिएर आएँ , बिर्को खोलें र दिएँ | दाईले मेरो कालो भएको अनुहार देख्नुभयो र मेरो मन अमिलो भएको बुझ्नुभएछ | “हाहा तेरो ज्यान फिस्टे छ त मैले अब तलाई हात्ती भनम् | धोतीकोमा घण्टा हानेकै होस् क्यारे | त्यै नि तँ फिस्टे रिसाएर मेरो केहि बिग्रिन्न| बियर सकिएपछि सम्झेलास् नि दाईलाई |” दाईले माया पनि सार्है गर्नुहुन्थ्यो | दाईले मेरो सबै कुरा पुर्याईदिनुहुन्थ्यो | रक्सि, सित्तन, तरुनी सबै | सबै गरे बापत दाईको पनि डिमाण्ड हुन्थ्यो | रातीको २ बजे उठेर मासु भात पकाई दिन पर्थ्यो कहिले | कहिले राती ४ बजे दाईलाई कन्डम किन्न ग्यास्टेसन जानु पर्थ्यो | दाईको मुड चले कहिले कहिले गाडी दिनुहुन्थ्यो, नत्र हिडेर जानु पर्थ्यो | जे होस्, दाई पाएर मा खुशी थिएँ| यस्तै रमाईलो गर्दा गर्दै ट्रेनिंगको अन्तिम अन्तिम तिर पुगिसकेका थियौं | बिशाल दाईको तक्लु टाउकोको छेउ-छाउमा अलिकति कालो कालो कपाल देखिन लागेको थियो | दाईलाई ठुटे कपाल मन पर्दैन थ्यो र लामो कपाल पाल्नलाई कपाल थिएन त्यसैले सधैँ तक्लु भएर हिड्नुहुन्थ्यो | त्यो अलि अलि पलाएको कपाल दाईलाई झिंझो लाग्थ्यो त्यसैले भेट भए पिच्छे आज कपाल काट्न पर्नी थ्यो भनेर सुनाउनु हुन्थ्यो | त्यो दिन दिउँसो हाम्रो क्लासमा धोती साहु आयो | हामी मात्रै भाको भए त हिन्दि मै कुरा गर्थ्यो होला | चाईनिज र श्रीलंकन भएको भएर अंग्रेजीमा भन्यो | “वि आर अल्मोस्ट डन् विथ द ट्रेनिंग, नाउ यु अल आर रेडी फर मार्केटिंग | दिज आर योर रेजुमी| “ भनेर सबैलाई एकएक खेस्रा कागज बाँड्यो | मैले मेरो हेरें | इमेल उसैले बनाईदेको रैछ | म संग ६ बर्षको अनुभब रैछ | मैले ब्यांक अफ अमेरिका जस्तो मेजर ब्यांकहरुमा काम गरिसकेको रैछु | त्यसमा त मेरो उमेर समेत मिल्थेन | मेरो नाम मात्र सहि थ्यो | कागज हेरेर दङ्ग पर्दै थिएँ | धोती साहु बोल्यो | “नाउ यु अल ह्याभ टु नो एभ्रीथिंग द्याट इज इन योर रेजुमी |” हामी सबैले ओ के भन्यौं कि जस्तो लाग्छ, सम्झिन्न | त्यो दिन, बाँकी दिउँसो भरी दाई कता हराउनुभयो कता, राती एक बजे आउनुभयो | “ओई भाई उठ त कपाल काट्नु छ” | राती राती आएर बेला न कुबेला काम लगाउन दाईलाई केहि गार्हो लाग्दैन थ्यो| “ह्या दाई | पछी काटम्ला नि |” “उठ भन्छु त“ दाईले उठाएरै छाड्नुभयो | केहीबेर ओच्छ्यान मै बसी रहें| उठें | अनि मेरो नयाँ जिलेट रेजर निकालें | “नयाँ हो नि ?” दाईले सोध्नुभयो | “हजुर” “मुजी माल हान्दै हिनेछस, मलाई एड्स लाग्यो भने तेरो ला[Censored] च्वाट्टै पार्छु नि |” दाईले दाईकै तरिकाले धम्क्याउनुभयो | मैले होशियार भएर दाईको टाउको खौरी दिएँ | खै, दुई जति भाथ्यो होला सकिंदा | “आजबाट ट्रेनिंग नि सकियो बाहिर जान्छस्?” अनि सुतिराखेका केटाहरुलाई लात्ताले घच्-घच्याउँदै भन्नुभयो “ओई मुजी बोका हो, बाहिर जाने भए उठ |” “कता जानी नि ” मैले क्युट पाराले टाउको हल्लाएर सोधेँ | “आज टेक्सासबाट बिन्दु परियार आइछे रे डाउन-टाउन को क्लबमा, जान्छस् ?” “त्यो पोखराको केटी, खैरे संग बिहे गरेर आकी अनि भालु भ’की हैन ?” मैले चिनेछु भनेर सुनाएँ| “तँ बोकाले कसलाई चिन्दैनस र? अलि हेर्न हुनी कपडा लगा जा , के लाको त्यो |” मेरो घुँडामा अलिकति च्यातिएको जिन्सको दाईलाई मन पर्दैनथ्यो | अर्को राम्रो जिन्स लगाएँ | केटाहरु पनि रेडी भए एकैछिनमा | साँढे दुई तिर बाहिर निस्किईयो | आज त बिन्दु परियारलाई हान्नी भनेर लास्ट खुशी थिएँ, केटाहरु पनि दंग थिए | दाईसंग हुँदा कहिले पनि खर्चको बारेमा सोच्नु पर्दैनथ्यो | तर अफसोच, त्यो रात कुन चै खैरे ले बुक गरेको रैछ हाम्री प्यारी चेलीलाई, मैले चान्स पाईन | त्यै पनि दाईले केहि चल्छ कि भनेर दुई चार वोटा खैरे संग के के हो कुरा गर्नुभयो | केहि लागेन | अरु खैरिनी संग केहि समय बिताईयो अनि फ़र्किईयो | दाई त्यो रात आफ्नो कोठामा जानुभएन | “घरको पांच हजारको पलंग छोडेर तिमीहरु मुजी संग यहाँ सुत्दै छु, भाग्यमानि रैछौ तिमीहरु” दाईले फेरी सुनाउनुभयो | मेरो , रमेशको अनि अर्को साथीको ओच्छ्यान गरेर दाईलाई अग्लो बिस्तारा बनाईदियौं | दाई त्यहीं आरामले सुत्नुभयो हामी चै त्यहि कार्पेटमै लड्यौं | भोली बिहान दाईलाई क्यालीफोर्नियाबाट फोन आयो | आधा निन्द्रामा फोन उठाउनुभयो | त्यसका बाजे मर्केटरको रैछ | दाईले फोन उठाएर स्पिकरमा राख्नुभयो | सबैको निन्द्रा बिथोलियो | “हेल्लो मे आई टक टु बिशाल ट्यांक प्लिज” दाईलाई धोतीले अमेरिकन एक्सेन्ट हालेर बोलेको कत्ति मन पर्दैनथ्यो | झन् त्यो क्यालिफोर्नियाको धोतीको नक्कली एक्सेन्ट त “आउट अफ दिस वोर्ल्ड” थियो | त्यै पनि दाईले उत्तर दिनुभयो “इट्स मी, बिशाल” “आर यु लूकिंग फर जब” “यस आई एम “ दाईलाई यो बेला सम्म के बोल्ने र कस्तो प्रश्न अपेक्षा गर्ने पनि थाह थिएन| धोती ले सोध्यो “हाउ मेनी यियर्स अफ एक्सपेरियन्स डु यु ह्याभ ?” दाईले कुल भएर उत्तर दिनुभयो “होल्ड अन अ सेकेन्ड, लेट मी लुक एट माई रेजुमी” | दाईले त आफ्नो रेजुमी हेर्नुभा पनि रैन्छ | हामी सबै हाँसेको हाँस्यै भयौं | उता धोती पनि हाँस्यो |दाईलाई फेरी धोती हाँसेको कत्ति मन नपर्नी | दाईलाई रिस उठ्यो र हिन्दीमा “मादर चोद बिहारी, हस्ता है” भनेर फोन राख्दिनुभयो | अनि हामी तिर हेरेर थर्काउनुभयो “मुजी केटाहरु आईन्दा बिशाल दाईमाथी हाँस्नु अघि आ-आफ्नो चाकको इन्सुरेन्स गरेर आओ |” बिहान उठेर दाई धोती साहुकोमा जानुभयो | खै के के कुरा गर्नुभयो कुन्नि, दाईको मार्केटिंग रोकिएछ अनि दाईले जाभाको ट्रेनिंग सुरु गर्नुभएछ | यता चाहिं बिहान देखि मेरो मार्केटिंग कल आउन थालेको थियो | मलाई के भन्ने आउंदैनथ्यो | धोतीहरु फेरी जुन बेला पनि फोन उठाएपछी इन्टर भ्यु जस्तो गरेर प्रश्नहरु सोध्थे | कम्तिमा पनि म भनेको ६ बर्षको अनुभब भाको मान्छे हो नि | अलिकती प्रोफेसनलिज्म देखाउनु पर्छ नी मलाई | यसो फोन गरेर “डज दिस टाईम वोर्क फर यु” भनेर त सोध्नु पर्छ | फोन उठायो कि झ्यापै सोधि हाल्नी | आफुंलाई आउंदैन | अनि “लेट मि कल यु ब्याक, आई एम ड्राईभिंग” त कति भनियो कति | फोन राख्यो, गूगल गर्यो | रेडी भयो | अनि कल ब्याक गर्यो | मेरो नियमित काम जस्तै भईसकेको थियो | थुप्रै माहिना बित्यो तर पनि मेरो काम लागेन | उता बिशाल दाईको जाभाको ट्रेनिंग सकेर जाभाकै मार्केटिंग सुरु गर्नुभएछ | दाईले अर्को ट्रेनिंग लिन सुरु गरेपछी फियुल ट्यांक लाई अरु नै कुनै भाईले रिप्लेस गरिसकेको थियो होला सायद, दाई संग भेट हुन गार्हो पर्थ्यो | एक दिन दाईले फोन गर्नुभयो | एकैछिन हालखबर आदान-प्रदान भयो | तेस्पछी दाईले भन्नुभयो “तेरो अझै काम लागेन, खै मलाई पठा त हेरम तेरो रेजुमी कस्तो रैछ |” मैले पनि दाईको इमेलमा मेरो रेजुमी फरवार्ड गर्दिएँ| एकहप्ता पछि फेरी दाईले फोन गर्नुभयो “के गर्दै छस् फिस्टे ?” “धोतीको फोन उठायो बस्यो, हजुर त हराउनुभयो किन हो ?” “तँ जस्तो बेकम्मा हो र ? मेरो त बिजनेस छ, बिजी भईन्छ नि |अहिले के गर्दै छस बरु ?” दाईले आफ्नो ग्यासटेसनको जहिले नि गफ दिईहाल्नुहुन्थ्यो | “केहि छैन दाई |किन र ?” “ल म तलाईं लिन आउंछु, रेडी भएर बस्” भनेको समयमा दाई जहिले पनि आईपुग्नुहुन्थ्यो | के का नै साँचीकै बिजनेशम्यान जस्तो गरेर | त्यो दिन पनि आईपुग्नुभयो | दाईको गाडीमा बसें | दाईले मलाई आज नयाँ बाटो लिएर जानुभयो , नयाँ ठाउँमा | एउटा नयाँ बिल्डिंगको अगाडी “रिजर्भ्ड” लेखेको ठाउँमा गाडी पार्क गर्नुभयो | बिल्डिंग भित्र छिर्यौँ | “फर्स्ट फ्लोर मै छ मेरो अफिस” | दाईको अफिसको ढोका खोल्यौं | केहि मान्छेहरु काम गरी राखेथे | त्यसमध्ये केहि चिनेका अनुहारहरु पनि थिए, उही धोतीसाहुको कन्सल्टेन्सीमा देखेका अनुहारहरु | म चकित परें | “हजुरको पनि कन्सल्टेन्सी थियो ?” “थियो” “अनि किन जानुभा त धोतीको मा ?” “कनेक्सन भाई कनेक्सन” म चुप लागेर एता उता हेरें | “आईज एता “ दाईले आफ्नो कोठा भित्र बोलाउनुभयो | दाईको अफिस भित्र बढेमानको नेपालको झण्डा थियो | तेस्को दाहिने पट्टि नेपालको नक्शा थियो | देब्रे पट्टि व्हाईट बोर्डमा खै मैले नबुझ्ने कोडहरु लेखिएको थियो | टेबलमा सानु सानु नेपाल र अमेरिकाको झण्डा संगै थियो | अनि कम्पुटरको साईडमा सानो फोटो थियो | आमा, बुवा, भाई र बिशालदाई हुनुहुन्थ्यो | भाई म जस्तै दुब्लो, म जस्तै सानो र म जस्तै काले थियो| दाईको भाषामा म जस्तै फिस्टे थियो | आमाको सारी रातो पृष्ठभुमीमा पहेलो र सेतो फुल थियो, अनि बुवाले र दाईले आर्मीको ड्रेस लगाउनुभाको थियो | दाईको कुर्सीको ठिक पछाडी आमाको ठुलो फोटो थियो | यो फोटोमा आमाको सारीमा सेतो र पहेंलो फुलमात्र थियो, रातो पृष्ठभुमी खै कुन बेला बिस्तारै खुईलिसकेको रहेछ | केहि सोध्न सकिन | एक टक लागेर फोटो हेरिरहें | त्यो अफ्ट्यारो मौनतालाई चिर्दै बिशाल दाईले आफ्नो हँसिलो बोलि फुटाउनुभयो | “देखिस् मैले केहि भन्नु नै परेन नि, आफैंले था पाईस् नि हैन ?” यसो हाँस्न खोजेँ र टाउको हल्लाएर समर्थन जनाएँ | “मैले किन बोलाको था छ ?” “छैन दाई” “तेरो बोस्टनमा जब लाग्यो, सबै प्रोक्सीले गरिदियो , तैले केहि गर्नु परेन | अब दुई चार वोटा कागजमा सहि गरे हुन्छ |” म हेरेको हेर्यै भै रहें | केहि बोल्न पनि सकिन | फेरी दाईले थप्नुभयो “ओई मुजी फिस्टे , थ्यांक यु भन्दैनस्” म अझै चुप थिएँ | दाईले अझै भन्नुभो “माथि बाट आएको सबै तलाईं दिन्छु | तैंले घन्टाको ४२ जति पाउँछस्, फेरी दाईले गरेको खर्छ जति साबै उठायो भन्लास् नि |” “तेस्तो पनि सोच्छु होला त ?” अमेरिकामा आएर नपढी सहि गरेको पहिलो कागज थियो त्यो | दाईलाई बिस्वास गरेर केहि नपढी सहि गरें | दाईले मेरो बिस्वास तोड्नुभएन | भनेको कुरा सबै पुर्याउनुभयो | बोस्टनमा ब्लु लाईन चढेर काममा पुग्थें | अनि मेरो कामको डेस्कमा भएको दाईको फोटो हेर्थें अनि मन मनै सोच्थें “वाह , बिशाल दाई क्या कुल“ *************************************** समाप्त || Last edited: 15-May-14 02:03 PM
Fuel Tank · May 15, 2014 12:57 PM · 17,461 views
Ekdam raamro lagyo @Fuel tank..... story ko ending unexpected but ekdam raamro..... aru aru yestai rochak lekh haru ko pratikshya ma...
pyaaronepal · May 15, 2014 1:31 PM
साला फिस्टे कथा चाही घच्ची गयो है| हाम्रो बिशाल हाम्रो नेपाल प्राण भन्दा प्यारो छ|
yotabhayananisom · May 15, 2014 2:19 PM
Daami cha .....Naam ra maan dui tai bishal
cybro · May 15, 2014 2:34 PM
एकदमै राम्रो लाग्यो फुच्चे उर्फ फ्युल ट्यांक ब्रो / नाम जस्तै काम पनि बिसाल नै रहेछ बिसाल दाई को / लेख्दै गर्नु होला है /
Karnali Blues · May 15, 2014 2:39 PM
कति राम्रो लेख्या, यार | तिम्रो style चाही हदै unique छ ब्रो. Really refreshing, rather deep at times. Keep it up.
Altijdgoede · May 15, 2014 2:48 PM
धेरै बर्षबाद एस्तो दामी कथा पढ्न पायो फ़िउल ट्यांकब्रो ! हरेक भाग त्विस्ट नै त्विस्टले भरिएको पाए अनि हरेक भागमा हाम्रा बिशाल दाइले के गर्न हुने होला भनेर खुल्दुली मच्ची रहन्थियो ! हाम्री बिन्दुलाइ फ़िउल ट्यांकब्रोले बजाउन नपाको कुरामा चै अलिक रयाग लाग्यो ! तर बिशाल दाइको आशिर्बादले ब्रोले चाइनिज र फर्स्ट प्रोजेक्टमाइ ४२ हान्न पाको सुन्दा चै सार्है खुसि लाग्यो ! सार्है गुणी मान्छे परेछन हाम्रा बिशाल दाइ ! हाम्रा बिशालदाइ चै जीवनमा एक चोटी भेट्नै पर्ने खालको दाइ रहेछ ! जय होस् दाइ हजुर को ! हाम्रो बिशाल, हाम्रो दाइ ! "भालुहरु" भन्दा प्यारो छ !
Nas · May 15, 2014 6:06 PM
टंके बन्धु , निकै राम्रो गयो अन्तिम भाग पनि ..... बिशाल दाइ ले त्यो धोतिलाइ गरेको गालि सारै चित्त बुझो र हाँसोको फोहोरा छुटेको थियो... भनिन्छ नि के त जसलाई अलिक आफ्नै मानिन्छ तेस्लाई 'तँ' भनिन्छ रे..... शयेद तिमि पनि आफ्नै मानेको होला नि बिशाल दाइले .... निकै ठुलो र खुल्ला मन भएका दाइ रहेछन , बिशाल दाइ . सारै घत लाग्यो तिम्रो कथा पढेर .... I hope Bishal Dai didnot mind what you wrote. अरु पनि लेख्दै गरम है .... पढ्ने हामी छम नि .... - थाने
ThahaChaena · May 16, 2014 9:35 AM
साझाको लागी लेखेको पहिलो कथामा नै यती धेरै माया पाएर साँचीकै खुशी भाको छु | भन्दा पत्त्याउनै गाह्रो पर्छ, बिशालदाईले कन्सल्टेन्सी बसिन्जेलको समयमा हाम्रोलागीमात्र भनेर ८-१० हजार डलर खर्च गरिदिनुभयो होला त्यो पनि केहि पाउने आशा नगरी | उहाँको पवित्र आत्मालाई यो कथा समर्पण गरेको छु | प्यारो नेपाल, यो त भएन नि सोम, सईब्रो, कर्णाली ब्लुज, एल्टीज्ड, नास , थाने सबैमा हृदय देखिनै आभार | यो त भएन नि सोमको तिनै वोटा भागमा गरिएका आन्दोलनकारी कमेन्टहरुलाई पनि बिशेष धन्यबाद | नास ब्रो को "धेरै बर्षबाद एस्तो दामी कथा पढ्न पायो फ़िउल ट्यांकब्रो" ह्याज अनर्ड मी | एउटा लेखकलाई यो भन्दा ठुलो सम्मान के होला ? अनि थाने ब्रो, बिशालदाईले साझा चलाउनुहुन्न. यदी चलाउनु भयो भने यो अफ्नो बारेमा हो भन्ने सजिलै चिन्नुहुन्छ | यो कथाको बारे उहाँलाई थाहा छैन तर फेरी पनि "मुजी फिस्टे अबदेखि नसोधी केहि नलेख्" भनेर छोड्नुहुन्छ भन्ने कुरामा म ढुक्क छु |
Fuel Tank · May 16, 2014 11:46 AM
@fuel tank,,, bro story jkass cha, Bishal Dai jasto manche pani America ma chan yaar, biswas nai garna garyo?anway salute to Bishal Dai
Punter · May 27, 2014 7:59 PM
dheri ramro cha, katha dheri manobaiganik lagyo... maile ni majja le padhe ani sathi bhai haru lai ni padhna request gare. College sakayera ma pani IT training garira ko situation ho, yo katha le aafnai mano bislesessan gare jaso lago... Bishal dai kalpanik nabhaideyeko bhaye : मुझी फ़ीस्टे , मान्छे सानो भएपनि कुरो चाही ठुलो गर्छ है केटोले bhanthye hola.
Ruben123 · May 27, 2014 8:53 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion