Normal 0 false false false EN-US ZH-CN X-NONE MicrosoftInternetExplorer4 अमेरिकामा स्थायी बसोबास गर्न चिठ्ठा मार्फत पाइने डाइभर्सिटी भिसा (डिभी) पर्यो भनेर खुशीमा मात्र समय नफालौं। पर्याप्त तयारी नगरी आउँदा अमेरिकामा बसाइ कठिन हुन्छ। डिभी अमेरिकी सरकारले चिठ्ठा मार्फत दिने स्थायी बसोबास अनुमति मात्र हो। डिभी परेको छ भने तोकिएको प्रक्रिया पूरा गर्र्नेले करिब एक वर्षभित्र अमेरिकामा स्थायी बसाइ र ग्रिनकार्ड पाउँछन्। पाँच वर्षपछि अमेरिकी नागरिक बन्न दरखास्त दिन सकिन्छ। यो प्रक्रियाबाट आउने प्रायः नेपालीको प्रतिक्रिया हुन्छ, सोचेजस्तो रहेनछ, के गर्नु के गर्नु? अमेरिका पुगेपछि सबै आफैं ठिक हुन्छ, सजिलै काम पाइन्छ पैसा आउँछ भन्ने सोच पालेर यहाँ आउँदा यसअनुसार नहुँदा निराश हुने बढी भेटिन्छन्। विशेष गरी नेपालमा जागिर गर्ने वा कम मेहनत गर्नेहरु सुरुमा बढी आत्तिएको पाइन्छ। अमेरिका बस्ने आफन्त वा चिनजानकाबाट धेरै सहयोगको आशा पनि नगर्दा हुन्छ। अमेरिका ज्यादै धेरै अवसर भएको देश हो। तर, यो अवसर छोप्न कडा प्रतिस्पर्धा गर्नुपर्छ। नेपालमा गरेभन्दा बढी प्रतिष्पर्धा चाहिन्छ। कुनै विषय वा क्षेत्रमा दक्षता वा सीप भएकालाई अमेरिका सजिलो हुन्छ। होइन भने सामान्य काममा थोरै आम्दानीमा अल्झिनु पर्छ। सामान्य काम गरेर बढी आम्दानी गर्न बढी समय मेहनत गर्नुपर्छ। अंग्रेजी भाषा पनि कमजोर छ। कुनै विषयगत दक्षता पनि छैन भने सजिलै भनेजस्तो काम पाइँदैन। अमेरिकीहरुको जीवनस्तर निकै माथि छ। नेपालीको प्रतिव्यक्ति आम्दानी हालसम्म पनि वार्षिक एक हजार अमेरिकी डलरभन्दा कम छ। अमेरिकीको प्रतिव्यक्ति आम्दानी ४० हजार डलर हाराहारीमा छ। यसको सिधा अर्थ १ हजार र ४० हजार हुने बजारमा किन्न गएजस्तै हो। एक हजार हुनेले सस्तो र थोरै किन्छ। यसले पनि अमेरिका र नेपालको जीवनस्तरको फरक अनुमान गर्न सकिन्छ। यहाँ मोटर, वातानुकुलित घर, २४ घण्टा तातो चिसो पानी, पर्याप्त खाना न्यूनतम आवश्कता हुन्। संसारका राम्रा सामान र नयाँ वस्तु सबै पहिले यही बजारमा आउँछन्। तर, यसअनुसार सुविधा उपयोग गर्ने खर्च जुटाउन आम्दानी पनि बढी नै चाहिन्छ। काम छैन भने आम्दानी ठप्प हुन्छ। त्यसैले यहाँ चाहिने आवश्यकता जुटाउन अनुशासित भई मेसिनजस्तो काममा लागि रहनु पर्छ। आम्दानी छैन भने फोन पनि हुँदैन। यहाँ एकपटक लेनदेन व्यवहार क्रेडिट बिग्रियो भने जीवन निकै कठिन हुन्छ। फोन, अपार्टमेन्ट लिनदेखि कार किन्नसम्म कठिन हुन्छ। सुविधा जुटाउन आम्दानी गर्नुपर्ने भएकाले यहाँ सधैँ व्यस्त बनाउँछ। नराम्रो पक्ष भनेको एकआपस बीच सामाजिक सहयोग सम्बन्ध भने यहाँ कमजोर छ। काम बढी फुर्सद कम भएकाले पनि कतिपय सम्बन्ध बचाईराख्न सहज हुँदैन। सम्बन्धभन्दा नियम कानुन आफ्नो बनाउनुपर्ने हुन्छ। अमेरिकामा नेपालीले दक्षदेखि सामान्य काम गरिरहेका छन्। तर, ठूलो संख्यामा नेपाली सामान्य काममै अल्झिएका छन्। सामान्य काम भनेको प्रति घण्टा ८ देखि १२ अमेरिकी डलरसम्मको काम हो। सातामा ४० घण्टा कामलाई फुलटाइम मानिन्छ। यस अनुसार औसतमा घण्टाको १० डलरको काम छ भने महिनामा १६०० डलर हुन्छ। यसमा कर कट्टी गर्दा झण्डै १४०० हातमा पर्छ। यो कमाइले अमेरिकामा बस्न र खान ठीक्क हुन्छ। पैसा बचाउन ओभरटाइम वा थप काम गर्नुपर्ने हुन्छ। उपभोग्य सामाग्री बेच्ने पसल, ब्युटी पार्लर, ग्यास स्टेसन (पेट्रोलपम्प), रेस्टुरेन्टमा सामान्य काम गर्ने थुप्रै नेपाली भेटिन्छन्। सुरुसुरुमा भारतीय व्यवसायी नेपालीका सबैभन्दा बढी रोजगारदाता हुन्। न्यूयोर्क, सानफ्रान्सिस्को लगायतका सहरमा ट्याक्सी चलाउने नेपालीको संख्या पनि सय भन्दा बढी छ। ट्याक्सी चलाउँदा आम्दानी सामान्यभन्दा निकै बढी हुन्छ। सुरुमा पाएको काम गर्ने केही पैसा वचत गरी सानो व्यवसाय सुरु गर्ने नेपालीले राम्रो प्रगति गरेका छन्। विभिन्न राज्यहरुमा व्यवसायमा जम्दै गरेका नेपाली पनि भेटिन्छन्। अमेरिकामा राम्रो काम पाउने प्राविधिक ज्ञान भएका डाक्टर, इन्जिनियर, नर्सहरुलाई भने सजिलो छ। विषयगत दक्षता भएकाले पनि योग्यताअनुसार काम पाउन ९ महिनासम्म पर्खनुपर्छ। अन्य विषयमा नेपाली विश्वविद्यालयको डिग्री छ भने पनि योग्यता अनुसारको काम पाउन कठिन हुन्छ। समय लाग्छ। यस्तो डिग्री भएर पनि सामान्य काममा धेरै नेपाली अल्झिएका छन्। अमेरिकामा काम पाउने मुख्य आधार भनेको चिनजान नै हो। विभिन्न सर्वेक्षणले पनि ६० प्रतिशत भन्दा बढी रोजगार सिफारिसका आधारमा भर्ने गरिएको देखाएका छन्। सानो पदमा छिर्ने र विस्तारै आफ्नो क्षमता र योग्यताले माथि पुग्न सकिन्छ। सम्पर्क विस्तार हुँदै गएपछि राम्रो र बढी सुविधा पाइने काम पनि पाइन्छ। अमेरिकी विश्वविद्यालयतवाट डिग्री, व्यवसायिक तालिम लिनु वा आफैँ व्यापार व्यवसाय गर्ने हो भने यहाँ बढी आम्दानी गर्न सकिन्छ। डिभी परेर परिवारसहित आउनेले यहाँ बस्नका लागि केही खर्च जोहो गरेर आउनु उपयुक्त हुन्छ। सामान्यदेखि योग्यताअनुसारको काम पाउन २ तीन महिना वा बढी समय लाग्न सक्छ। त्यसबेलासम्म खान बस्न खर्च समस्या नहोस्, त्यसअनुसारको खर्च जोहो गर्दा अरुमा भर पर्नु पर्दैन। अमेरिकामा परिवारसहित आउँदा एकजनाले मात्र कमाएर खर्च जुटाउन कठिन हुन्छ। दुई जना कमाउने सदस्य छन् भने एक जनाको आम्दनीले घरखर्च गरी बाँकी वचत गर्न सकिन्छ। स्कुल पढ्ने वा साना केटाकेटी छन् भने उनीहरुका लागि थप खर्चको चिन्ता गर्नु पर्दैन। बालबालिकाका लागि यहाँँ धेरै सुविधाहरु छन्। यहाँ सरकारी स्कुल पठाउँदा शुल्क तिर्नु पर्दैन। तर जहाँ बसेको छ, त्यही ठाउँकै सामुदायिक स्कुलमा पठाउनुपर्ने हुन्छ। त्यसैले स्कुल राम्रो भएको स्थान हेरेर बसे पुग्छ। यस्तै न्यून आम्दानी हुनेका लागि बालबालिका लागि स्वास्थ्य पनि निशुल्क हुन्छ। बालबालिकाका लागि आफ्नो संस्कार कसरी दिने, यसमा भने सचेत हुनु पर्छ। स्कुल पठाएपछि नेपाली भाषाभन्दा अंग्रेजी बोल्ने हुन्छन्, यहीको संस्कारमा रमाउँछन्। अभिभावकलाई उचित नलाग्न सक्छ। बसाइसराइ सजिलो हुदैंन। त्यो पनि भाषा, संस्कृति छुट्टै भएको सात समुन्द्रपारिको देशमा बस्नु कम चुनौतीपुर्ण हँुदैन। प्रत्येक पाइलामा सिक्नु पर्ने चुनौती हुन्छ। त्यसैले प्राय बसाइसराइ गर्नेहरु भन्छन्, कयौं रातहरु रोएर बिताएँ। युएसए भनेको यु स्टार्ट अगेन अर्थात फेरि नयाँ शुरुआत भन्ने साँच्चै रहेछ भनेर स्विकार्ने धेरै छन्। अमेरिकामा स्थायी बसोवास नयाँ जीवन सुरुआत जस्तै हो। पहिलो समस्या भाषा हो। अंग्रेजी भाषामा दख्खल छैन भने पहिलो समस्या यही हुन्छ। भाषा पहिलो आवश्यकता हो। अंग्रजी बोल्न र बुझ्न कठिन भए काम पाउन पनि गाह्रो हुन्छ। यस्तो अवस्थामा अंग्रेजी भाषा सिक्नु राम्रो हुन्छ। भाषा जति बोल्दै गयो, उत्ति नै सिक्न सकिन्छ। भनिन्छ, कुनै भाषा सिक्नु छ भने बालक जस्तो बन। अर्थात बालकले जस्तो नलजाई सिक्दै जाँदा भाषा आउँछ। केही समय भाषा सिक्न जाँदा फाइदा नै हुन्छ। भाषापछि अर्को समस्या ड्राइभिङ हो। न्यूयोर्क सानफ्रान्सिस्कोजस्ता ठूला सहरबाहेक अन्य स्थानमा सार्वजनिक यातायात सुविधा पातलो छ। अमेरिकाले व्यक्तिगत सवारी साधनलाई बढावा नदिन सार्वजनिक यातायात प्रभावकारी बनाएको हो। मोटर न्यूनतम आवश्यकतामा जस्तै हो। यहाँ ड्राइभर राख्ने कल्पना पनि गर्न सकिदैंन। यो निकै महंगो पर्छ। सहरमा अपार्टमेन्ट लिएर बस्दा महँगो पर्ने, टाढा जाँदा सार्वजनिक यातायात पातलो हुँदा अप्ठ्यारो पर्छ। त्यसैले ड्राइभिङमा दक्षता अर्को चाहिने आवश्यकता हो। मोटर चलाउन जानेको छ भने सक्रियता बढ्छ राम्रो र बढी पैसा पाइने काम गर्न टाढा पनि जान सकिन्छ। कुनै विषयमा सीप हुनु अर्को सकारात्मक पक्ष हो। राम्रो कुक, ब्युटीपार्लर सेवामा दक्ष लगायतका क्षेत्रमा सीप छ भने पनि बढी सुविधा पाइने काम पाइन्छ। चाख भएको विषयमा सिप सिकेर आउँदा राम्रो हुुन्छ। अमेरिका आएपछि कहाँ बस्ने यसका लागि राम्रोसँँग विचार गर्नुपर्छ। आफन्त र नेपाली समाजको सल्लाह लिँदा राम्रो हुन्छ। परिवारसहित आउने हो भने अपार्टमेन्ट सस्तो पाइने ठाउँ उपयुक्त हुन्छ। न्युयोर्क सानफ्रान्सिस्कोजस्ता सहरमा अपार्टमेन्ट महँगो पर्छ। स्कुल जाने बालबच्चा पनि सँगै छन् भने उपयुक्त स्कुल भएको ठाउँ हेर्नुपर्ने हुन्छ। ठूला सहरभन्दा बाहिर बस्दाको बेफाइदा निजी सवारी साधन आवश्यकता पर्छ। विदेशमा स्थायी रुपमा बस्दा केही समयसम्म मनमा थुप्रै विरोधाभास चलिरहन्छ। आफ्नो गाउँ ठाउँको साथी नातासम्बन्धको सम्झनाले सताइरहन्छ। नेपालमा दसैँतिहार जस्ता चाडको रमझम हुँदा यहाँ काममा जानुपर्ने बाध्यताले सताउँछ। नेपालको समयमा दसैँटिका लगाउने कि अमेरिकाको, यस्ता थुप्रै प्रश्नमा केही वर्षसम्म मनमा खेलिरहन्छन्। नेपालमा आफ्ना निकट परिवारमा जन्म, मृत्यु, विवाहलगायतका खबर सुनेर चित्त बुझाउनुपर्ने हुन्छ। कहिलेकाहिँ रातविरातमा आउने फोनको घण्टीले के नराम्रो समाचार सुन्नु पर्ला भनेर तर्साउँछन्। नेपालमा सरकारी जागिर छ वा राम्रो काम पाइरहेको छ भने त्यो छाडेर आउनुपर्ने हुन्छ। ग्रिनकार्ड लिने सरकारी कर्मचारीले राजिनामा दिनुपर्ने नियम मन्त्रिपरिषद्ले पारित गरेको छ। डिभी परेर आएपछि लामो समय नेपाल बस्न सकिदैंन। काममा विदा नमिल्ने, विभिन्न बिल तिर्नुपर्ने दायित्वजस्ता कारणले पनि लामो समय नेपाल बिताउन सकिदैंन। जीवन चलाउन काम मुख्य हुने भएकाले घुम्ने रमाइलो गर्ने निश्चित समय छुट्याउनुपर्ने हुन्छ। Source: http://setopati.com/news/11357... /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:10.0pt; font-family:"Times New Roman","serif";} Last edited: 15-May-14 07:15 AM
cybernepali · May 15, 2014 6:55 AM · 3,595 views
It seems this article trying to scare people. Why so much negativity?. This is land of opportunity and you can be whatever you want if you work hard. I came here as a student, worked with my a$$ off to earn $$ and finally printing $$$$$$$$$.$$.
sajhamitra · May 15, 2014 10:54 AM
good for you bro. you came as a student but the article is geared for DV holder people. I think the article was very well written. As a student its different because you have better command over language, you learn language, history and culture while in college and its easier to assimilate.
kaji sahab · May 15, 2014 11:45 AM
I would have been more negative if i were to write article for DV holders.... If you are already over 45+ and you win DV lottery and try to come here with family and you have a good job back home then it's NOT WORTH IT........stay home will be my suggestion for them. People quit their good jobs and come here and work where ? gas stations ? at that age it becomes difficult. If you come here as a student that's a different story.
racheeta · May 15, 2014 12:46 PM
हाम्रो समाज र संस्कारले कुर्सीमा बसेर गर्ने काम मात्रै काम ठान्ने हरुलाई यो लेख बाइबल हो | बिदेसी पछि टक्सार नै मिल्छ ठान्ने हरुलाइ अर्ति हो | मेरा मित्रका सबै दाजुभाई यतै थिए : उनकी माताहारी नेपाल फर्किए पछि भन्नु हुन्थ्यो तेती र तेस्तो दुख एता गरेका भए त्या कुदाउने गाडी यतै कुदाउथे ? के भन्नु भएको आफैले चेते पछि मात्र घैटोमा घाम लाग्यो | कल्पनाको बिदेस र भोग्ने विदेश पुगे पछि मात्र थाहा पाइyo | Last edited: 15-May-14 01:00 PM
MaGorkhe1 · May 15, 2014 12:50 PM
It is brilliantly written. Kudos to the writer !
ghintang_ · May 15, 2014 4:08 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion