गजल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

फरक संसार, फरक दृश्य , तर ! हिड्ने बाटो उस्तै , देखाई फरक, भोगाई फरक ,जीवन जिउने पाटो उस्तै l अग्ला महल , सुन्दर शहर, समुन्द्रको तट बेग्लै , नयाँ रमझम , हरपल तर , बल्झिरहने खाटो उस्तै l नयाँ युग , नयाँ सोंच , नयाँ आयाम बोके पनि, तछाड-मछाड , ठुलो सानो , आपसमा फाटो उस्तै l लक्ष्य नयाँ, सपना नयाँ , बुन्दै श्रम बेचे पनि , सुनौलो घाम नझुल्किने , भाग्यको त्यो टाटो उस्तै l फरक संसार, फरक दृश्य , तर ! हिड्ने बाटो उस्तै देखाई फरक, भोगाई फरक ,जीवन जिउने पाटो उस्तै l

Ritto Haat · May 14, 2014 4:18 PM · 13,885 views

4 Replies

वाह ! रित्तो_हात ज्यू ..... क्या बात .... राम्रो गजल ल्याउनु भो ..... नयाँ युग , नयाँ सोंच , नयाँ आयाम बोके पनि, तछाड-मछाड , ठुलो सानो , आपसमा फाटो उस्तै ल एक्साएक शेर हरु ..... मलाई मन खाएको चाहिं यो माथि को - थाहा छैन

ThahaChaena · May 15, 2014 8:18 AM

धन्यबाद थाहा छैन ज्यु! तपाइको प्रतिक्रियाको लागि , यस्तै प्रतिक्रिया हरु पक्कै पनि कोशे ढुंगा बन्नेछन मेरो लेखेको लागि! ~रित्तो -हात

Ritto Haat · May 15, 2014 9:06 AM

रातोहात : यो गजलले सिरिशजी को सम्झना गराई दियो|

magorkhe1 · Aug 4, 2014 2:17 PM

@Magorkhe1 ज्यु हो र भन्या ? मैले त चिनेको छैन शिरिष जी लै तर उहाँको गज़ल पढ्ने छटपटी भैसक्यो है मलाई त l

Ritto Haat · Sep 13, 2014 12:37 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all