बुद्धम शरणं गच्छामी.................. "तथागत बुद्ध घर फर्किंदा ..........." (कसैको धार्मिक भावनालाई ठेस पुर्र्याउने उद्देश्य यो कथा हैन | म स्वयम् बौद्धमार्गी हुँ | सानै उमेर देखि हरेक साल बुद्ध जयन्तीको उपलक्षमा आफ्नै चोकमा धर्म देशना ( कथा –प्रवचन ) सुन्दै आएको छु र प्रस्तुतिन लागेको कथा मैले श्रद्धय श्रामणेरहरुबाट सुन्ने मौका पाएको छैन| सधैं शिद्धार्थ गौतम माया देबी आफ्नो माइत देब दह जाँदा जाँदै बीच बाटोमा लुम्बिनी वनमा माया देबीको काखीबाट जन्मेको कथा सुन्ने सुनाउने गरिन्छ| २१औ शताब्दिमा आएर मानव काखीबाट जन्मिदैन भन्ने हेक्का बौद्ध गुरुहरुलाई कहिलेइ आएन | बुद्ध घर फर्किंदाको यो कथा धेरैले नसुनेको नपढेको हुन सक्छ, किन कि धेरै बौद्ध भिक्षु र विद्वानहरुले यो कथा थाह भएर पनि महत्व न दिएको पाएँ | त्यसैले आज बुद्ध जयन्तीको पूर्ब बिहानी - संध्यामा यो कथा राख्न गैराखेको छु | ) अनेक कष्टकारी तपस्या र ध्यान पछी दिब्य ज्ञान शिद्धार्थ गौतमले बोधी गयाको बिशाल वृक्ष मुनि प्राप्त गरे र बुद्ध भए | संसारिक दुख पीडा र जन्जालको कारक र तिनबाट मुक्तिको दिब्य ज्ञान सबैमा बाड्न सकियो भने यो दुखिलो संसार उजिलिन्छ भनेर पहिलो पल्ट काशी छेउको शारनाथमा भिक्षु आनन्द लगायत पांच भिक्षुहरुलाई धर्म देशना गर्नु भयो | तथागत बुद्धको ज्ञान संदेश भारत बर्ष भरि नै फैलिदै थियो | पांच बाट पचास हुँदै हजारौं अनुयायीहरु चिवर (पहेलो वस्त्र)मा कालो गुलपा ( भिक्षुहरुले बोक्ने दान पात्र ) लिएर गाउँ शहर वस्तीहरुमा जीवन जगतको कथा सुनाउदै हिडे, मुक्ति मार्गमा मानवजातिलाई डोर्याउदै हिडे | राजकुमार शिद्धार्थ बाट बुद्ध भैसकेको र देश देसाबरमा मुक्तिको ज्ञान फैलाउदै गरेको समाचार कपिलवस्तु दरबार र घरघरमा आगो सरि फैलिसकेको थियो | राजा सुद्धोधनले पटक पटक छोरालाई घर फर्किन आग्रह गर्न दूत पठाए | नवौं पल्ट सम्म जति दूत बनेर गए , तथागत भगवानको धर्म देशना सुनेर उतै भिक्षु भए र कपिलवस्तु फर्केनन् | अन्तमा आफ्नै मन्त्रीको छोरा कलोद्यन संदेश बोकेर बुद्धकोमा गए, धर्म देशना सुने , भिक्षु भए तर राजा सुद्धोधनको संदेश पनि सुनाए| घर फर्किन आग्रह गरेको संदेश | फिरन्ते भिक्षुहरुको नेतृत्व गर्दै दर्शनको कुरा बाड्दै हिडेका बुद्धले घर न सम्झेको पक्कै हैन| भर्खर जन्मेको छोरो राहुल, रानी यशोधरालाई बिर्सेको पक्कै हैन होला | तर भौतिक दूरी र प्राथमिकतामा कपिलवस्तु टाढीन गएको हुन सक्छ | संयोगले त्यतिबेला बुद्धको क्याम्प कपिलवस्तु नजिक भएकोले घर फर्किने मन बनाए | बुद्धत्व प्राप्त गरेको पहिलो हिउँदमा बुद्ध, भिक्षु आनन्द लगायत सयौं भिक्षु गणहरु बुद्धम शरणम गच्छामीको देब वाणी गुन्जायमान गर्दै कपिलवस्तुको फाँटमा एउटा अलौकिक दृश्य देखा पर्र्यो | बुद्ध आफ्नो गृह नगरीमा प्रवेश गर्दै थियो | सारा शहर स्वागतमा पुल्लकिट थिए | घर घरबाट पुष्प वृष्टि गर्दै थिए, हुलका हुल मान्छेहरु स्वत स्फुर्तरुपमा त्यो भिक्षुहरुको लाइन समर्पनको रेखा कोर्दै थिए | शहरको मुख्य प्रवेश द्वारमा पुग्यो लावा लस्कर | सबै भन्दा अगाडी पहेलो वस्त्रमा गुलपा बोकेर तथागत बुद्ध नै थिए | द्वारमा स्वागतार्थ स्वयम् यशोधरा र छोरा राहुल उपस्थित थिए | द्वारमा हात फैलाएर बाटो छेकिन् रानी यशोधराले | “मेरा केही प्रश्नहरु छन् , तिनका जवाफ नदिकन प्रबेश गर्न मिल्दैन|” रानी यशोधराको अप्रत्याशित र अकल्पनीय ब्यबहारबाट तथागत बिचलित हुनु भएन | “वत्स, म सर्बज्ञ हैन , सके सम्म जाने सम्म , इमान्दारपूर्बक तिम्रो जिज्ञासा मेट्ने प्रयास गर्ने छु | भन तिम्रो जिज्ञासा के हो ? “ यशोधरा – तपाईंले दुइ दिने बालक राहुल र सुत्केरी पत्नीलाई छोडेर जानु के जायज थियो ? बाबु र पति हुनुको धर्म निर्बाह गर्नु पर्दैन ? तथागत – ठिक थियो वा थिएन त्यसको जवाफ म संग छैन , मेरो गल्ती पनि हुन सक्छ, तिमी भन्छौ भने त्यो स्वीकार्छु | तर म यो संसारका मानवजातीको दुख:को रहस्य खोज्दै हिडेको मान्छे, गल्ती गरेको छु भने माफ गर्नु | यशोधरा – तपाईं मानवजातीको कल्याण र मुक्ति मार्गको खोजीको महान यात्रामा निस्केको मान्छे के मलाई एक शब्द सोधेको भए नाइँ भन्थे होला ?? म त एक बीर योग्दाकी छोरी, लडाईमा जाँदा पनि हामी आफ्ना खसम र परिवारलाई शगुन दिई फूलमाला पहिर्याई हांसी हांसी बिदा गर्ने संस्कारमा हुर्केकी | म महान उद्देश्यको सफलताको कामना गर्दै शगुन नदिईकन पठाउँथिएँ होला ?? यो प्रश्नको उत्तर बुद्धसंग थिएन | अवाक रहे बुद्ध | यशोधरा भित्र शायद बर्षौं देखि यस्ता म्लेक्ष प्रश्नहरु गुम्सिराखेको थियो | अलिकति हर्ष मिश्रित असन्तुष्टि थियो | यसोधराले प्रश्न माथी प्रश्न राख्दै गइन् | “ अनकन्टार डरलाग्दो जंगलमा प्राप्त हुने कस्तो ज्ञान हो त्यो, दरबार भित्र नै त्यस्तै वातावरण किन हुन सक्दैनथ्यो | चाहेको भए भने जस्तो एकान्त र साधना योग्य स्थान यतै कयौं छन् |” “ छोरा राहुल, यिनै हुन् तिम्रा बाबा, जन्मेको दुइ दिनमा छोडेर जानु भएको, अब आफ्नो हक माग बाबा संग “ एउटा अप्ठेरो वातावरण सिर्जित भयो | यात्रा रोकिएको थियो | बुद्धम शरणं गच्छामी मधुर हुँदै गैरहेको थियो | गम्भीर थियो त्यो क्षण | “ सुन यशोधरा ! मैले मानिसहरु दुख हेर्न सकिन, रोगी, बृद्ध असक्तहरुको घाउ बुझ्न सकिन | यो दुखै दुखको रहस्य के हो मलाई जान्न मन लाग्यो | कसैलाई थाहा थिएन , कहाँ पाइन्छ , के मा पाइन्छ यो दुखबाट मुक्ती हुने मार्ग | सकल मानव जातीको दुख हरण कसरी हुन सक्छ, कहाँ बाट हुन सक्छ भन्ने खोज सजिलो हुन सक्दैन , मलाइ लाग्यो | दरबारको चार दिवारी भित्रको सुखसयल र पारिवारिक बन्धनमा बाँधीए भने यो खोज हुन सक्दैनथ्यो वा ढिलो हुन सक्थ्यो | मेरो अठोट बिमुख हुन सक्ने यावत कराँहरु थिए र म सुटुक्क छन्दक ( शिद्धार्थ गौतममा सहयोगी )संग तिमीहरु आमा छोरालाई छोडेर हिडेको हुँ| म कर्ताब्यबिमुख भएर भागेको हैन | एउटा महा खोजमा निस्केको | दरबार तिमीहरुको हेरचाह गर्न सक्षम छ भन्ने थाहा थियो | हो मैले एउटा पति र पिता हुनुको कर्तब्य निर्बाह जति गर्नु पर्ने हो त्यति सकिन | तिमीहरुलाई दुख भयो होला | तर दरबार बाहिर निस्केर हेर .. चारै तिर दुख: नै दुख छ | पीडा नै पीडा छ | तिनीहरुको अँध्यारो अनुहार अलिकति मात्र पनि उज्यालो गर्न सके हाम्रो दुख केही हैन , तिम्रो पीडा केही हैन | यही हो मेरो प्राप्ती, दुख:लाई कसरी कम गर्ने, पीडा मुक्त मुस्कान फैलाउने | आज म यही संदेश ज्ञान बाड्दै हिडेको छु | बाड्दा बाड्दै यहाँ सम्म आइपुगेको छु | हजारौं अनागरिक अनागरिकाहरु म संगै मुक्ति संदेश बोकेर हिडेका छन् | म संग भएको सम्पती भनेको नै यही चिवर ( पहेंलो वस्त्र ) र यो गुलपा हो | तर जुन ज्ञान र संदेश मैले बोकेको छु त्यसको कुनै मूल्य छैन | आउ तिमीहरु पनि यो ज्ञान ज्योती फैलाउन म संग हिड, मानव कल्याणमा लागौं र यो संसारबाट सदाको लागि दुख: पिडालाई बिदा गरौँ “| भगवान बुद्धको यो सारगर्भित उत्तरको कुनै प्रति प्रश्न रहेन यशोधरा संग | द्रविभूत भइन् र छोरा संगै यशोधरा पनि तिनै भिक्षु भिक्षुणीहरुको समूहमा समाहित भइन् |” बौद्ध ग्रन्थ र कथाहरुमा यशोधरा र राहुलको प्रसङ्ग त्यस पछी भेटिदैन | बौद्ध गण राज्यमा परिवारबाद थिएन भन्ने प्रमाण हो यो | बुद्धको स्वास्नी र छोरा पनि तिनै हजारौं भक्तहरुको भिडमा गुमनाम भएर गए | बुद्ध पछी भिक्षु आनन्द थिए | क्षमता र योग्यता नै नेतृत्वको आधार थियो | बुद्ध जयन्तीको उपलक्षमा यो कथा पस्किन पाएकोमा मैले भाग्यमानी सम्झेको छु | बुद्धम शरणं गच्छामी .................................... Last edited: 13-May-14 08:15 AM Last edited: 13-May-14 08:16 AM
rahulvai · May 13, 2014 8:11 AM · 22,147 views
बुद्धम शरणं गच्छामी...
ne0 · May 13, 2014 8:37 AM
ठुल्दाई, येति ज्ञानमूलक कथा प्रस्तुत गर्नु भएकोमा धेरै धेरै धन्यवाद /
Karnali Blues · May 13, 2014 8:38 AM
Fake story....
happylotus007 · May 13, 2014 12:19 PM
ठुल्दाई, ज्ञानबर्धक कथा बाँड्नु भयो , सहृदय कृतज्ञता ... मैले कहिले सुनेको थिईन यो कथा ... सानै देखि धेरै बौद्ध कथा सुन्दै हुर्के पनि ..... - थाने
ThahaChaena · May 13, 2014 3:21 PM
बुद्धले बुद्धत्व प्राप्त गरिसके पछि आफ्नो जन्मभूमि फर्केर आउनुभएसम्मको काहानी मैले पनि पढेको हुँ तर यशोधरा र बुद्ध बिचको यो दुर्लभ वार्तालाप र यस पछिको घटनाक्रमको बारेमा भने म अनभिज्ञ नै रहेछु । यस्तो दुर्लभ काहानी प्रस्तुत गर्नुभएकोमा राहुलभाइलाई धेरै धन्यवाद ! जहाँसम्म बुद्धको जन्म मायादेवीको काखीबाट भएको भन्ने छ त्यसमा हाम्रा गुरुहरुले कोखलाई काखी बनाउनु भएको हो कि ? यो काहानी फेक भन्ने मित्रलाई किन र के कारण फेक भन्नुभएको हो आफ्नो केही प्रमाणसहित उत्तर दिनुभए हामी सबै आभारी हुने थियौ ।
Geology Tiger · May 13, 2014 4:37 PM
बुद्धम सरनंग गच्छामी, धम्म सरनंग गच्छामी, संघ सरनंग गच्छामी
quicksiler · May 13, 2014 6:12 PM
Thanks for the story Rahulvai. I always thought Buddhism was a philosophy that was converted to a religion. Reading you referring to Siddharth as Bhagwan, I am guessing you believe it as a religion. Could you shade some light as to why you take it as a religion. As far as I know, Siddharth never claimed to be a God; rather I believe bodhisattva in some ways stands as proof against the supreme being. No disrespect intended..
Kiddo · May 13, 2014 9:56 PM
Ne0, बुद्धम शरणं गच्छामी ........ कर्ने, ज्ञान बर्धक थियो नै मेरो लागि पनि | Happylotus 007 यो कथा फेक थियो वा थिएन अनुसन्धानको बिषय होला | तपाइँ को बिचारमा गेक थियो भने सत्य के थियो त ?? कथामा मैले बर्णन गरेको दृश्य संग मिल्दो जुल्दो एउटा पौराणिक चित्र पनि मैले राखेको छु | केही त सत्य छ यसमा | फेक त बुद्ध काखीबाट जन्मेको , जन्मिने बित्तिकै ७ पाइला पूर्ब तिर हिडेको . चोर औला ठड्याई संसारबाट दुख पिडा हटाउन जन्मेको ..............आदि आदि किस्साहरु फेक हुन् | एउटा मानव को सन्तानबाट यस्तो क्रिया प्रक्रिया हुनै सक्दैन | आदरणीय भिक्षुगण अझै यिनै कथा स्युनाउदै हिडेका छन् | गुल्पा र चिबर लगाई , बिहारमा बस्ने तर सम्पूर्ण भौतिक सुख सुबिधा उपभोग गर्ने यिनीहरु फेक हुन् | थाने, मैले नि सानै देखि सुन्दै आएको धेरै कथा , तर यो कथा ठुलो भए पछि मात्र सुन्न पाएँ | बाघ दाइ शिद्धार्थ र यशोधरा बीच ठ्याक्कै यही कुरा भा हो कि हैन त्यो थाहा हुने कुरा भएन, त्यो बेला रेकर्ड गर्ने यन्त्र बनिसकेको थिएन होला | तर जहाँ सम्म मलाई लाग्छ , यस्तै कुरा भाको हुनु पर्छ , जो सम्भव छ र प्राग्मातिक पनि छ | quickseler, बुद्धम शरणं गच्छामी Kiddo, मैले बुद्ध दर्शन लाई religion भनेको छैन | भगवान भन्नु वा मान्नु अनुयायीहरुको काम हो | मैले भगवान वा तथागत शब्दको प्रयोग गर्नाको कारण आम जनताको भाषा प्रयोग गरेको हुँ | कसैले कुनै गुरु , दार्शनिक लाई भगवान मान्छ भने दोष गुरु- दार्शनिकको हुन्दैन | सबै भन्दा आश्चर्यजनक कुरा के हो भने -बुद्धले आफ्नो मुर्ति न बनाउनु , पूजा नगर्नु भनेर निर्वाण प्राप्त गर्नु अघि भनेका थिए | आज संसारमा सबै भन्दा बढी मूर्ति कसैको छ भने त्यो बुद्धको हो | जसलाई पूजा गरिन्छ |
rahulvai · May 15, 2014 7:42 AM
Rahulvai, I am with you. I really wanted to understand the reasoning of why anyone would consider him a God, when Buddha actually never preached on religious contexts. I still haven't gotten the answer to that, so the search goes on. I do consider him as the most important idol in the human civilization and I have the utmost respect for Buddhism as philosophy, perhaps more than hinduism-my own religion.
Kiddo · May 15, 2014 12:05 PM
बुद्धम शरणं गच्छामी... बास्तबमा हिन्दु धर्म र बुद्ध मार्गमा धेरै नै समानता छन| बुद्ध मार्ग दर्शन हो, धर्म होइन| यो त अलिक सामान्य अध्ययन गरेको व्यक्तिलाई थाहा हुने कुरा हो| कुनै बिशेसज्ञ हुनु पर्ने जरुरि छैन| हाम्रो समाजमा यस्तो अध्ययन गर्ने चलन खासै छैन| त्यहि कारण सर्ब साधाराणले बुद्धलाइ भगवान को संज्ञा दिन्छन र बुद्ध मार्गलाई धर्मको| अध्ययनको कमि र धर्मको आवश्यकताले बुद्ध भगवान भएको हो| बुद्ध त महात्मा हो| वहा स्वेच्छाले होइन, बलजफ्ती भगवान बनाइएका हुन्| अब अर्को कुरो रह्यो "बुद्ध वाज बोर्न इन नेपाल" भन्दै ठाउँ ठाउँमा जुलुस गर्दै हिड्ने जमात को| वहाहरुको इगोले त लाजमर्दो अवस्था बनाइस्क्यो नेपालीलाइ| बुद्ध साचिकै भारतमा जन्मेको भए यिनै जमात "बुद्ध धोति" भन्दै हिड्थ्यो कि? बुद्धको जन्मस्थलको कुरा गर्दा हाम्रा दाजुभाई निक्कै आरोग्याण्ट तरिकाले पेश हुन्छन| मेरो बिचारमा यति सम्म भन्नु ठिक होला - "बुद्ध दक्षिण एसियामा जन्मेका थिए, जुन भूभाग अहिलेको नेपालमा पर्छ|" बुद्धलाइ सम्झिदा केवल बुद्धलाई न. १ मा राखेर सम्झनु पर्छ न कि जन्मेको स्थान नेपाललाइ| हामी नेपाली अनुपयुक्त ठाउमा धेरै नै राष्ट्रवाद देखाउछौ भन्ने हाम्रो बुझाइ छ| जय नेपाल|
Yotabhayananisom · May 15, 2014 12:34 PM
"बास्तबमा हिन्दु धर्म र बुद्ध मार्गमा धेरै नै समानता छन| बुद्ध मार्ग दर्शन हो, धर्म होइन| यो त अलिक सामान्य अध्ययन गरेको व्यक्तिलाई थाहा हुने कुरा हो| कुनै बिशेसज्ञ हुनु पर्ने जरुरि छैन| " So are you suggesting all the Buddhists who celebrate Buddha as their God and who follow Buddhism as religion, don't have the basic general knowledge? Aren't you over simplifying things here? Yo ta hudai bhayena ni som. Buddhism is a religion in every sense as it is practiced. Those, like us, who don't practice it might consider it a philosophy; but to many Buddhists it is a religion- much like hinduism and Christianism. I wouldn't challenge their intellect in taking it as a religion-heck I'd prefer a religion that preaches peace over Jihad/sect-violence/crusade any day.I just want to know why they chose to make him a God despite his insistence on not preferring to be called one.
Kiddo · May 15, 2014 1:04 PM
किड्डो सोम, कसैले बुद्धलाई भगवान को रुपमा मान्छन या बुद्ध मार्गले भगवान सम्म पुर्याउछ भन्ने बिस्वास गर्छ भने त्यो स्वत धार्मिक हुन्छ| जब कुरा धर्मको आउछ, त्यहाँ तर्कको अस्तित्व समाप्त हुन्छ| फलस्वरूप यसमा मेरो भन्नु केहि छैन| आ-आफ्नो बिस्वास र च्वाइसको कुरा मात्रै हो सोम| तर यदि बुद्धको ज्ञान र मार्गलाई मात्रै अध्ययन गर्ने हो र बुद्ध मान्नेले के गरे, के गरेनन भन्ने तिर ध्यान नदिने हो भने बुद्ध मार्ग धर्म हुनै सक्दैन भन्ने हाम्रो बिस्वास छ| धर्म हुनलाई भगवानको अस्तित्व स्वीकार गर्नु जरुरि हुन्छ, जुन बुद्ध मार्गमा देखिन्न| कसैले राम्ररी बुझेरै बुद्ध मार्गलाई धर्मको रुपमा ग्रहण गर्छन, जुन कुरालाई नकारात्मक तवरमा लिनु पर्ने जरुरि छैन, भने अधिकांशसंग आधारभूत ज्ञानको कमि छ| यहि कारण उहिलेका हिन्दुहरुले बुद्धलाई नास्तिकको संज्ञा दिएका हुन्| Last edited: 15-May-14 01:51 PM
yotabhayananisom · May 15, 2014 1:44 PM
Ahile chai ali kura thik lagyo. Yo chai bhayo som.
Kiddo · May 15, 2014 1:51 PM
Real story is like this: will update later Last edited: 26-Oct-14 10:02 AM
happylotus007 · Oct 26, 2014 10:02 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion