"बिशाल दाई - २ " - फिउल ट्यांक (बिशाल दाई - भाग १ पढ्नु भएको छैन भने यहाँ क्लिक गर्नुहोला) “वान बेडरुम” कोठामा पाँच जना नेपाली थियौं | सबै जना मन्दिरको पाटीमा जस्तो भुईंमा नै लड़थ्यौँ | छेउमा भान्सा कोठा थियो | तरकारी पकाउँदा तेलमा प्याज फुराएको गन्ध कोठाभित्र रुमल्लिईरहेको थियो | लगाएको कपडा तेल–तेल गनाएको थियो | साँझ –साँझ परेको हुनाले पश्चिमपट्टीको झ्यालबाट डुब्न लागेको घाम देखिन्थ्यो |त्यो दिन बेलुका बिशाल दाई कोठामा आउनुभयो | “ह्वाँ बिशाल दाई, हाम्रै कन्सल्टेन्सीमा डट नेट को ट्रेनिंग गर्नुहुन्छ |” मैले सबै साथीहरुलाई बिशाल दाई को परिचय दिएँ | “व्हाट्स अप भाईहरु, नाईस टु मीट यु है सबैलाई” “ठिकै छ दाई” केटाहरुले उत्तर दिए | “मेरो मर्सिडिज सर्भिसिंग गर्न देको एक दिन लाग्ने भयो | मुजी इन्सुरेन्सले खटारा टोयोटा दियो” बिशाल दाईको पहिरन भन्दा बाहेक पहिलो कुरा थाहा भयो, मर्सिडिज चलाउँदा रैछन बुढाले | हो कि, गफ दिए, पछि थाह भै हाल्छ नि जस्तो लाग्यो | “ल भाई, के के चाहिन्छ यसमा हाल्दे त |” छड्के भिर्नुभाको झोलाबाट एच. पी. को ल्यापटप निकाल्नुभो | २४-२५ बर्षको मान्छेलाई एउटा नयाँ मान्छेले सिधै “तँ” भन्दा अलि असजिलो सुनें, तर पनि दाईको ल्यापटप समातेर भुईंमा बसें | खोलें | नयाँ रैछ | “राम्रो संग पढ्छु भनेर नयाँ किनेको“ दाईले भन्नुभयो | सेट अप पनि गरेको थिएन |एडमिनिस्ट्रेटर एकाउन्ट बनाउन खोजें | “दाई, हजुरको पुरा नाम के हो ?” “बिशाल ट्यांक “ ( हाम्रो थर मिल्छ ) “ओहो म पनि ट्यांक हो नि, बन्धु पो पर्नुभएछ |” “त्यस्तो मुजी बन्धु सन्धु केहि लाग्दैन मलाई त, बाजेको पालामा चि[censored]ने बेलामा आखाँ देखेनन्, जम्मैलाई ठोक्दै हिँडे |” दाईको कम्पुटर बूट भैसक्याथ्यो | धोती साहुले राख्देको वाई-फाई जोडेँ | अब भिजुवल स्टुडियो डाउनलोड गर्दै थिएँ | दाईको बारेमा बिस्तारै सोध्दै थिएँ | धेरै कम उत्तर दिनुहुन्थ्यो अनि प्रश्न सोध्नु हुनुहुन्थ्यो| “अनि तेरो सुना न त, कसरी आइपुगिस?” कहाँबाट सुरु गर्ने ? कस्तो भयङ्कर प्रश्न थियो त्यो | “सुरुमा मिनेसोटा आको, कलेज सकाएँ, अनि क्यालिफोर्निया गएर असाईलम हानेको, भएन | यी अहिले यहाँ छु |” सटकटमा सुनाएँ | “अनि हजुर नि?“ “हाहाहा सबै सोध्, तर यो चै नसोध्| आफैंले पत्ता लगाईस भने ठिकै छ, म चै भन्दिन |” ज्यान हेर्दा नेपालमा आर्मीको मान्छे माओबादीले खेदेर अमेरिका आउनुभको हो कि जस्तो लाग्थ्यो | अनी यता आएर असाईलम नै हानेको हो जस्तो लाग्थ्यो तर मैले कहिल्यै सोधिन | भिजुवल स्टुडियो डाउनलोड भैसकेथ्यो | इन्स्टल गर्दै कुरा गरिरह्यौं | बिस्तारै कुरा गर्दा आफुले धोतीको रेस्टुरेन्टमा अनि धोतीकै ग्यासटेसनमा घण्टा हानेको, पैसाको लागी प्लाज्मा बेचेको, रिसर्च ल्याबमा नयाँ औसधीको ह्युमन ट्रायल गरेर पैसा बुझेको.... आदी आदी सबै सुनाएँ | दाईलाई मेरो कथाले छोएछ | “अब चिन्ता नली केटा, तेरो बिशाल दाई छ नि “ यतिकैमा इन्स्टल गर्नुपर्ने सबै कुरा इन्स्टल भैसकेथ्यो | दाईलाई अलि अलि जानेको कुरा सिकाएँ | दाईको ध्यान खासै पढाईमा थिएन | “ल भयो आजलाई पुग्यो, खै स्काईप हाल्दे त, तरुनी संग लठारिन पर्यो एकैछिन” अनि रमेश तिर हेरेर भन्नुभयो “ओ भाई, खै के पकाको हो, ल्या त, भोक लाग्यो |” दाईको तिमि भन्ने बानी रहिन्छ जस्तो लाग्यो | रमेशले एउटा प्लेटमा भात र तरकारी ल्याईदियो | “आलु र काउली पो हो, खै मासु पकाछैन?” “धोतीले जम्मा १०० दिन्छ महिनाको खानलाई, पान्जानाको गरेर पान्सय हुन्छ | दुई छाक खान्चम, मासु खान त पुग्दैन|” “ल ठिकै छ उसो भने” | अनि स्काईप्मा घन्टी बज्यो | “हेलो” उता बाट केटी को आवाज आयो | “तँलाई नदेखे त भात पनि रुच्दैन, ल हेर् भात जस्ताको तस्तै छ |” दाईले भातको प्लेट क्यामराको अगाडी राखेर देखाउनुभयो | “हि हि हि हि” उताबाट “पोटेन्सियल” भाउजु मस्किनुभो | “एकचोटी देखाई दे न हेर्छु” “छ्या हुन्न के “ “देखा भन्छु त खुरुक्क देखा न” दाई कम्पुटरको स्क्रिन हेर्दै मुस्कान छोडदै हुनुहुन्थ्यो | कम्पुटरको अर्को पुच्छारमा निर्बस्त्रीकरण भै रहेथ्यो होला | “ल मेरो क्यामरा के भाको हँ , काम नै गरेन|” दाईले यति भनेर आफ्नो क्यामरा बन्द गर्नुभयो | माईक्रोफोन म्युट गर्नुभयो | अनि भन्नुभयो “ ओ केटा हो आईज हेरनी भए “ | केटाहरु गुरुरु दुगुर्दै आए | सबैले अमृत पान गर्यौं | “हेरेर के गर्नी ? हातलाई दुख मात्रै ” रमेशले भन्यो | “हाहाहा कति भयो र नगरेको तैले?” “अमेरिका छिरे देखि पाछैन” उसले उत्तर दियो | म तिर हेरेर सोध्नुभयो “अनि तैले नि ?” “मेरो चाहिं आठ महिना भयो” मैले उत्तर दिएँ | "धत् मुजी बोकाहरू डुंग – डुंग गनाउँदै बस्याहौ” अनि एकै छिन पछी फेरी भन्नुभयो “ल तिमीहरु सबै बाहिर जाओ” हामीहरु बाहिर निस्क्यौं | क्लासमा “आई युज इट एभ्रीडे फ्रम फाईभ मिनेट्स टु थर्टी मिनेट्स, डिपेन्ड्स” भनेको सम्झें | एउटा रोल ट्वाईलेट पेपर ढोकाबाट भित्र गुडाईदिएँ | १० मिनेटमा निस्किनुभो , बाथरुम छिर्नुभयो, निस्किनुभयो , ल्यापटप झोलामा हाल्नुभयो, ढोका निर पुगेर “भाईहरु कुल रैछौ, मलाई मन पर्यो | केहि परे बिशाल दाईलाई सम्झिनु ” भन्ने झुट्टा आस्वाशन दिएर निस्किनुभयो | भोली पल्टको साँझ परीसकेको थियो | तरकारी पकाउन प्याज काट्दै थिएँ | कोहि काउली पखाल्दै थिए, कोहि टमाटर माईक्रोवेभ गर्दै थिए | ढोकामा ढक-ढक सुनें | गएर ढोका खोलें | बिशाल दाई हुनुहुँदो रैछ | बिशाल दाई संग तिन जना केटीहरु थिए | एउटी खैरी, एउटी काली अनि एउटी चाईनिज | तिनीहरुलाई हेरेर भन्नुभयो, “दिज आर माई ब्रोदर्स, गो एंड फक देम, फक देम गुड | फक द शिट आउट अफ देम|” हामी तिर हेरेर भन्नुभयो “ले केटा हो रोजी रोजी “ अनि म तिर टाउको बटार्नु भयो | “जा तल गाडीमा मासु र बीयर छ, लिएर आईज” दाईले किचेनको क्याबिनेट टपमा फुत्त गाडीको चापी फाल्नुभयो | चापीमा मर्सिडिजको लोगो प्रस्ट देखिन्थ्यो | चापी टिपें अनि केटाहरु तिर हेरेर भने “ओइ यो चाईनिज मेरो है, म फर्स्ट जानी हो”| “बिशाल दाई क्या कुल” मन मनै सोच्दै गाडी तिर हिडें | **************************************** क्रमश..... बाँकी तेस्रो तथा अन्तिम भागमा भाग ३ पढ्न यहाँ क्लिक गर्नुहोस | Last edited: 12-May-14 12:24 PM Last edited: 12-May-14 12:34 PM Last edited: 15-May-14 12:59 PM
Fuel Tank · May 10, 2014 7:53 PM · 18,163 views
ड्याम ब्रो..... बिशाल दाई त लास्टई कुल पर्नु भयछ त ! अनि फ़िउल ट्यांकब्रोले चै कसलाई रोजेउ त ? तेती बेला बिशाल दाइको आइ-फोन बाट फोटो खिचेको भए पकै येस्तै निस्किन्थियो होला ! अन्तिम भागमा चै के त्विस्ट आउने हो फेरी !!! Last edited: 12-May-14 05:29 PM
Nas · May 10, 2014 10:58 PM
भतुवा ब्रो ले कथा राम्ररी पढेना जस्तो छ, टंकी ब्रो ले चैनिज़ केटि रोजेको त कथामै उल्लेख गरेर ल्यार आको छ त ! चैनिज़ केटि हरु त सार्है मायालु पाराको हुन्छन रे है, सुनेको कुरा !
lamopuri · May 11, 2014 12:33 AM
Sab le bishal dai jastai dai paaun...
YoTaBhayanaNiSom · May 11, 2014 6:48 AM
मैले नि त्यै सुनेको हो लामोपुरी ब्रो अनी चाईनीज रोजेको । नास ब्रो को फोटो सही मन्पर्यो। अनी सोम, बिशाल दाई पाउन ता अघिल्लो जन्म मा सही धर्मं गर्या हुन पर्यो नि लोल
Fuel Tank · May 11, 2014 8:52 AM
लु है बिशाल दाइ मलाइ नि चाहियो गाँठे .... कथा मिठो लाग्यो झन् राम्रो लाग्यो बिशाल दाइको खुल्ला चरित्र र ठुलो मन .... अनि साएद धेरै संग मिल्छ त्यो धोतिको कम्पनिको कथा चैं...... राम्रो लेखाई , कति सललल बगेको छ ...सुरु गरेसी छोड्नै मन नलाग्ने ...... अन्तिम भागको कुराईमा - थाहा छैन Last edited: 12-May-14 12:53 PM
ThahaChaena · May 12, 2014 9:56 AM
टंके को बिशाल दाई पढियो | निम्न बूँदामा कमेन्ट हानेको छु | १. टंकेको कथा कहने खूबी लाजवाब २. भाषा हिज्जे र प्रस्तुतीकरण निखारिएको ३. विषयवस्तु सामरिक , मार्मिक र धार्मिक ( ) ४. वयस्कको लागि भन्ने पूर्ब सूचना राखे राम्रो हुन्थ्यो |
rahulvai · May 12, 2014 10:14 AM
कथा पढ्नु हुने र मन पराईदिनुहुने सबैलाई बिशाल दाईजस्तै दाई मिलोस भन्ने आशिष दिन्छु , लाग्यो भने त लागिहाल्यो नि | केहि बर्ष पहिले कन्सलटेंसी रहंदाको सत्य घटनाको पात्र हो बिशाल दाई | अलि अली मसला छर्केर स्वादिलो बनाउने कोशिश मात्र गरेको हो मैले त | थाहाछैन ब्रो, "सुरु गरेसी छोड्नै मन लाग्ने" को साटो "नलाग्ने" भैदेको भए म खुसि हुने थिएँ | अन्तिम भाग दोहोर्याएर पढ्न मन लाग्ने गरेर लेख्ने कोसिश गर्ने छु :) राहुल भाई, तिमि पनि आभारको पात्र हौ है | मुला नास ब्रो ले त्यो फोटो नराखेको भए [ NSFW ] त हुने थिएन नि | बोका ब्रो | हुन त , बिशाल दाईको आई फोन ले फोटो खिचेको भए लगभग येस्तै येस्तै देखिन्त्यो होला Last edited: 12-May-14 12:56 PM
fuel tank · May 12, 2014 12:44 PM
ल ट्यांकी ब्रो. छिटो भन्दा छिटो भाग ३ राख्नु पर्यो| यसलाई मिनी सिरियल भन्दा धाराबाहिक बनाएको भए झन् आभारी हुने थिए| भतुवा ब्रो को पुनरागमन पछि त सम्पूर्ण साझा नै एन एस फ्व डब्लु भैसक्यो नि| Last edited: 12-May-14 12:49 PM
yotabhayananisom · May 12, 2014 12:49 PM
तेश्रो भागको प्रतिक्षामा |
maGorkhe1 · May 12, 2014 12:59 PM
फ़िउल ट्यांक ब्रो मैले त्यो पिक्चर हताइदिये ल ब्रो ! अनि लामोपुरी ब्रो, मलाइ चाइनिज भन्दा त् क्विन्सका लाटिना आमिगाहरु नै बेस्ट लाग्छ, माया गर्ने कुरो मा ! एसियनहरुमा चाइ जापानिजहरु मायालु लाग्छ !
Nas · May 12, 2014 5:33 PM
@Fuel tank bro waiting for another part...
pyaaronepal · May 12, 2014 6:51 PM
नास ब्रो क्या सिरियस भा के । ल हटाई दियें रे । ब्रो तिम्रो बोका पना त तिम्रो सिग्नेचर हो नि यार । कहाँ त्यसरी छोड़न हुन्छ? भोली/ पर्सी मा अन्तिम भाग ल्याउने छु । पढने र मन पराउनु हुने सबैलाई धन्यबाद ।
Fuel Tank · May 12, 2014 9:27 PM
होइन ब्रो, सिरियस भएर भनेको होइन के ! तिम्रो कथा दामी छ ! अनि मलाइ लाग्यो, कसैले अफिस बाट यो कथा पढ्दा आपत नपरोस भनेर हटाको हो ! यो कथा चै सबैले पढ्नै पढ्छ ब्रो, स्पेसिअल्लि हामि जस्तो कन्सल्टेन्सीमा दिन बिताएकाहरुले ! ब्रोको कथाले मेरो आफ्नै बिगतका कत्ति कुराहरु छर्लंग भो ! तर दुर्भाग्यबस हामिले बिशाल हृदय भएको बिशाल दाइ जस्तो मान्छे चै फेला पारेनौ ! अनि हाम्रो मिस्टेरियस बिशाल दाइ कस्तो हुनुहुन्छ होला भनेर ...येसो बिचार पनि नगरेको होइन !
Nas · May 12, 2014 10:03 PM
बडा रमाइलो कथा इन्धन ट्यांकी ब्रो. अर्को भाग को प्रतिछयामा.
nepboy789 · May 12, 2014 10:12 PM
नास ब्रो, बिशाल दाई अलि गोरो हुनुहुन्छ , अनि त्यो ठुलो चेनमात्र हो, लकेट थिएन |नत्र लगभग मिलेको हो | आई विश आई कुल्ड पोस्ट हिज पिक्चर |
Fuel Tank · May 14, 2014 8:18 AM
ल ट्यांकी सोम छिटो हालम त भाग ३| साझामा टायर बाल्न नपरोस है सोम|
yotabhayananisom · May 14, 2014 2:02 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion