This is the second time Sajha.com Deleted this post !! it looks like they are definitely a part of ANA Fashion Extravaganza !! I just want to put the light out there of how the poor participants are being cheated and conned !!! Here is an article that shows how they promise so many things to the winner and they lied and cheated about it !! @Sajha this is public forum and I understand that sometimes making personal remarks is not a part of what SAjha is about but this article talks about how some people are cheating poor boys and girls into applying and promising them so many things and not giving them what they deserved. So Sajha Please stop deleting this post !!! We are just trying to create awareness thru this post !! विवादित बन्दै एएनए फेशन शो केही नपाएको विजेताहरुको गुनासो वैशाख २३, न्यूयोर्क । विभिन्न शीर्षक झुन्ड्याई संसारभर सुन्दर तथा सुन्दरी प्रतियोगिता आयोजना गर्ने होडबाजी चलिरहँदा नेपालभित्र र नेपालबाहिरको नेपाली समाज पनि यो होडबाट अछुतो रहन सकेन । क्षेत्र, वर्ग, जात, भूगोल र संस्थाकै नामबाट सुन्दर, सुन्दरी प्रतियोगिता गर्ने क्रम संसारभरि बस्ने नेपाली समाजमा पछिल्लो समय व्याप्त हुँदै गएको छ । अमेरिकाको सबैभन्दा पुरानो नेपाली मूलका नेपालीहरु आबद्ध संस्था एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए)अन्तर्गत आयोजना गरिंदै आएको फेसन एक्स्ट्रा भेगाञ्जाबाट सन् २०१३ का टाइटल विजेताहरु भने यतिखेर आफूले केही नपाएको गुनासो गर्न थालेका छन् । सन् २००८ देखि युवापुस्तामाझ आकर्षण बनेको एएनएको फेसन एक्स्ट्रा भेगाञ्जा प्रतियोगिता हेरेर मनोरञ्जन लिनेहरुका लागि जति रोमाञ्चित छ, त्यति नै टाइटल जित्ने र फेसन एक्स्ट्रा भेगाञ्जाको जिम्मेवारी लिने दुवैका लागि पीडादायी पनि छ । क्यालिफोर्नियामा बसोबास गर्ने सुगम श्रेष्ठले गतवर्ष सम्पन्न मिस्टर एएनएको टाइटल जिते पनि उनी खुसी छैनन् । टाढाबाट हवाई टिकटलगायत फेसन शोका लागि आवश्यक पर्ने सम्पूर्ण पहिरनसमेत आफ्नै खर्चमा व्यवस्था गरेर न्यूयोर्कमा आयोजित प्रतियोगितामा भाग लिएर मिष्टर एएनएको टाइटलमा आफ्नो नाम लेखाए पनि हात रित्तै भएको उनको गुनासो छ । ‘आफ्नो नियमित काम छाडेर क्यालिफोर्नियादेखि न्यूयोर्कसम्म प्रतियोगितामा भाग लिन आएँ, मिष्टर एएनए पनि भएँ तर कार्यक्रमअगाडि म्युजिक भिडियोमा अभिनय गराउनेलगायतका आयोजकका प्रतिबद्धता अर्को एएनएन आउँदासमेत पूरा भएन’, सुगमको गुनासो छ । सुगम मात्र होइन गतवर्ष मिस एएनएको टाइटल जितेकी स्मृती श्रेष्ठ पनि अहिलेसम्म म्युजिक भिडियो खेलाउने प्रतिबद्धता पूरा नभएको स्वीकार्छिन् । टाइटल विजेताहरुको प्रतिबद्धता पूरा गर्न नसकेको विषयमा एएनए फेसन शोका मुख्य आयोजक शरदविक्रम सिंह पनि स्वीकार्छन् । ‘भिडियो खेलाउने कुरो त थियो तर विभिन्न कारणले अहिलेसम्म भिडियो बनाउन सकेको छैन,’ उनी भन्छन्– ‘आजसम्म जे भए पनि यो वर्ष भने एएनए आयोजकसँग कुरा भएको छ । हामी पक्कै प्रतिबद्धता पूरा गर्छौं ।’ गतवर्षका मिष्टर र मिस एएनएले प्रतिबद्धताअनुसार केही नपाएको गुनासोको विषयमा मुख्य संयोजक विक्रान्त श्रेष्ठ भने हामीले म्युजिक भिडियोमा खेलाउँछौं भनेका हौं, हामी खेलाउँछौं पनि तर भनेजस्तो गीत नभएको र समय–परिस्थिति पनि नमिलेको बताउँछन् । ‘हामीलाई गतवर्ष फेसन शोका लागि एएनएले ८ हजार डलर दिने भनेर प्रतिबद्धता गरे पनि पछि २ हजार डलर मात्र दियो । मैले बाल्टिमोर वरिपरिबाट अरु ५ हजार डलर सहयोग उठाएँ’, संयोजक श्रेष्ठ भन्छन्–‘त्यतिले पनि फेसन शोका लागि खर्च नपुगेपछि मेरो व्यक्तिगत २ हजार डलर खर्च भयो ।’ बाल्टिमोरको प्लानेट फिल्म्स र डलासको सेभेन्ट प्वाइन्टले एएनए विजेतालाई म्युजिक भिडियो खेलाउने प्रतिबद्धता गरेको भने पक्कै हो भन्छन् श्रेष्ठ पनि । यता आगामी जुलाईमा आयोजना हुने भनिएको एएनएको एउटा प्रमुख आकर्षणको कार्यक्रमको रुपमा पुनः युवायुवतीमाझ फेसन शोका लागि एएनएले दर्खास्त माग गरिसकेको छ । उता, पुराना विजेताले प्रमाणपत्र र टाइटलबाहेक केही नपाएको गुनासो गर्दै छन् । प्रत्येक वर्ष एएनएको फेसन एक्स्ट्रा भेगाञ्जाबाट छानिने नयाँ मिष्टर र मिस एएनएलाई अघिल्ला वर्षका टाइटल विजेताहरुले क्राउन लगाइदिने परम्परा भए पनि अघिल्ला विजेताहरुले केही नपाएपछि बहिष्कार गर्दै आएका छन् । पुरस्कार नपाएको कारण देखाउँदै गतवर्षका विजेता सुगम पनि यस पटकको फेसन शोमा यति टाढाबाट जानुको अर्थ नहुने बताउँछन् । http://vishwanews.com/MenuPage... Last edited: 10-May-14 01:14 PM
Boycott ANA · May 10, 2014 1:14 PM · 346 views
Dear boycott ana do you have the concept of next page? If not find the next page and see for yourself before crying wolf!!
ne0 · May 10, 2014 2:25 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion