एमाओवादी भत्काउन मन छः दाहाल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Best option for Prachanda, now is to dissolve the Party and live peacefully as a retired citizen in Devghat. That is what I wrote in following thread http://sajha.com/sajha/html/in... Now latest News  suggest that something similar is happening एमाओवादी भत्काउन मन छः दाहाल 'राष्ट्रिय सम्मेलनपछि नयाँ पार्टीको जन्म' १८ नेता-कार्यकर्तालाई कारबाही जनकपुर, वैशाख १५ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बिहीबार बिराटनगरमा हुने पार्टीको राष्ट्रिय सम्मेलनबाट नयाँ पार्टीको जन्म हुने बताएका छन् । दोस्रो धनुषा जिल्ला सम्मेलनको सोमबार उद्‌घाटन गर्दै उनले भने, 'मलाई एमाओवादी भत्काएर अर्कै पार्टी निर्माण गर्न मन लागेको छ । वैशाख १८ देखि बिराटनगरमा हुने राष्ट्रिय सम्मेलनबाट नयाँ पार्टीको घोषणा हुनेछ ।' नयाँ पार्टी निर्माण गर्ने विषयमा केन्द्रीय समितिमा छलफल भइरहेको उनले बताए । संविधानसभा दोस्रो निर्वाचनपछि मुलुकमा यथास्थितिवादीको हालीमुहाली भएको भन्दै उनले पहिचानसहितको संघीयतावादीबीच ध्रुवीकरण हुनुपर्नेमा जोड दिए । 'मुलुकभित्रका सम्पूर्ण माओवादीसँग मिलेर माओवादी कम्युनिष्ट केन्द्र निर्माण गर्ने तथा पहिचानसहितको संघीयता समर्थकसँग मिलेर मोर्चा बनाउने योजनामा पार्टी लागेको छ', उनले भने, 'यस्तो मोर्चाबन्दी हुनेबित्तिकै मुलुकको राजनीतिक सत्ता क्रान्तिकाको हातमा आउनेछ ।' उनले पार्टीभित्र गुट-उपगुटप्रति असन्तुष्टी पोखे । संविधानसभा निर्वाचनका क्रममा पार्टीभित्र  घात-अन्तरघात भएको भन्दै उनले भने, 'क्रान्तिका कम्युनिष्ट आन्दोलनमा उल्लेख्य भूमिका निर्वाह गर्ने धनुषामा जित्ने स्थिति हुँदाहुँदै पनि हामी आफ्नै कारणले हार्‍यौँ ।' जिल्ला सम्मेलन संयोजक रामचन्द्र मण्डलको अध्यक्षतामा भएको उद्‌घाटन समारोहमा पार्टीका मधेस ब्युरो ईन्चार्ज रामचन्द्र झा, केन्द्रीय सदस्य असर्फी भिनवार यादव, दीपक यादव, सभासद रामसिंह यादव र प्रतीक्षा तिवालगायत सहभागी थिए । १८ नेता-कार्यकर्तालाई कारबाही संविधानसभा निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध अन्तरघात गरेको आरोप लागेका एक केन्द्रीय सदस्यसहित १८ नेता-कार्यकर्तालाई केन्द्रीय कमिटीले कारबाही गरेको छ । छानविन समितिको सिफारिसमा केन्द्रीय सदस्य असर्फी भिनवार यादवलाई ३ महिनाका लागि सदस्यबाट निलम्बन गरेको छ भने पूर्वसभासद फरमुद नदाफलाई पार्टी सदस्य नरहने ग जिल्ला मोर्चाको नेतृत्वबाट हटाएको छ ।एमाओवादीमा समानान्तर कमिटी खगेन्द्र अवस्थी बैतडी- एमाओवादी बैतडीको जिल्ला नेतृत्वमा विवाद चर्किएको छ । दोस्रो जिल्ला सम्मेलनमा विवाद बढेपछि समानान्तर कमिटी गठन भएका छन् । पूर्व सभासद् नरेन्द्र कुँवर र केन्द्रीय सदस्य रेनु चन्दको अध्यक्षतामा दुई वटा जिल्ला कमिटी चयन भएका हुन् । दुवैले आ-आफ्नो प्यानललाई आधिकारिक भएको दाबी गर्दै आएका छन् । अघिल्लो संविधानसभामा कुँवर क्षेत्र नं. १ र चन्द क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित सभासद् थिए । दुवैले ३९ सदस्यीय जिल्ला कमिटी चयन गरेका छन् । सम्मेलनमा निवर्तमान जिल्ला संयोजक गोपाल चन्दले रेनुको अध्यक्षतामा जिल्ला कमिटीको प्रस्ताव पेस गरेपछि विवाद चर्किएको हो । कुँवर पक्षका केही कार्यकर्ताले रेनुको अध्यक्षतामा प्रस्ताव गरेको कमिटी मान्य नहुने भन्दै विरोध जनाएको स्रोतले बतायो । रेनु समर्थक १२ कार्यकर्ता आफ्नो प्यानल घोषणा गरी बाहिरिएका थिए । त्यसपछि कुँवरको अध्यक्षतामा अर्को कमिटी चयन भएको सहभागीले बताए । दुवै कमिटीमा अध्यक्ष बाहेक सबैलाई सदस्यमा मात्रै राखिएको छ । प्रकाशित मिति: २०७१ वैशाख १५ ०९:२० - See more at: http://www.ekantipur.com/np/20... प्रचण्डले भने- ‘सोसियल डेमोक्रेटिक’ विचलनको खतरा छ अर्कै वर्गसँग लहसिएको स्वीकार २७ बैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराईको नाम नलिइकन आफ्नो पार्टीमा ‘सोसियल डेमोक्रेटिक’ विचलनको खतरा रहेको बताएका छन् । कम्युनिस्ट नेता निर्मल लामाको १४ औं स्मृति दिवसका अवसरमा शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले भने-’अहिले कम्युनिष्ट आन्दोलन संकटमा छ । यतिबेला कम्युनिष्ट आन्दोलनभित्र सोसियल डेमोक्रेटिक डेभिएसनको खतरा छ ।’ प्रचण्डअघि निर्मल लामाका छोरा निमा लामाले समाजवादमा जानु भनेको अर्को एमाले हुनु हो भन्दै रिसाएर चीन गएका नेताहरु र बैद्य माओवादीलाई ‘प्रचण्डपथ’को छातामुनि बस्न आग्रह गरेका थिए । कम्युनिस्ट आन्दोलन संकटमा परेका बेला पुँजीवादी पतन तीव्र हुने र मार्क्सवादको आधारभूत सिद्धान्तमाथि ठूला नेताहरुले नै प्रश्न उठाउने गरेको भन्दै प्रचण्डले भने-’समाजवादी भनेर डेभिएसन आउन सक्छ, हाम्रो यहाँ पनि मलिलो जमिन भएको छ ।’ क्रान्ति विजय नभएको र प्रतिक्रान्तिको खतरा बढेको भन्दै उनले ‘सामाजिक लोकतन्त्रवादी’ फुटका लागि मलिलो जमीन रहेको बताए । अर्कै वर्गसँग लहसिएको स्वीकार एमाओवादी अध्यक्ष प्रचण्डले एमाओवादी पार्टीले अर्कै वर्गसँग लहसिन पुगेको र बुर्जुवासँग नजिकिएको स्वीकार गरे । दोस्रो संविधानसभा निर्वाचनको परिणाम संख्या मात्र नभएको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डले भने-’हाम्रो वर्गप्रतिको निष्ठामा स्खलन आयो । हामी अर्को वर्गप्रति अलि बढी लहसियौं । हाम्रो राष्ट्रप्रतिको निष्ठा पनि कमजोर भएकै हो भनेर हामीले भनेका छौं । यो भनेको कहीँ न कहीँ पेटीबुुर्जुवा र बुर्जुवाप्रति हाम्रो आशक्ति हुनु भनेको पनि हो । पार्टीमा अब यसलाई सच्याउनुपर्छ ।’ मालेमाका सिद्धान्तको रक्षा र प्रयोग गर्ने एउटा धार र मार्क्सवादमाथि प्रश्न उठाउने धार देखिन सक्ने उनले बताए । सोसियल डेमोक्रेटिक विचलन आउने बेलामा पेटीबुर्जुवा र बर्जुवाप्रति बढी विश्वास जाग्ने र उनीहरु नै राम्रो लाग्ने र सर्वहारावर्गप्रति इमान्दारहरु नराम्रा लाग्ने मूर्खजस्तो लाग्ने उनले बताए । लेनिनलेे मार्क्सवाद बैज्ञानिक रहेको १ हजार १ पटक भन्न आफू तयार रहेको भनेको स्मरण गर्दै प्रचण्डले मार्क्सवाद फेल भएको हो कि नेताहरु फेल भएको हो भन्ने विचारणीय रहेको बताए । - See more at: http://www.onlinekhabar.com/20...

_____ · May 10, 2014 5:47 AM · 1,779 views

3 Replies

एमाओवादी किचलोले एमालेलाई फाइदा : नेपाल 09 May 2014 | 07:23am शुक्रबार २६ बैशाख, २०७१ नागरिक संवाददाता 1 2 3 4 5 (0 votes) रौतहट– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विराटनगरमा भर्खरै सम्पन्न राष्ट्रिय सम्मेलनबाट एमाओवादीमा उत्पन्न किचलोले आफ्नो पार्टीलाई फाइदा हुने बताएका छन्। सदरमुकाम गौरमा नेपाल पत्रकार महासंघ रौतहट शाखाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले एकात्मक पद्धतिबाट पार्टीलाई अघि बढाउने नेतृत्वको महत्वाकांक्षाका कारण एमाओवादीमा किचलो बढेको बताए। ‘एमाओवादीको आन्तरिक किचलोले लोकतान्त्रिक विचारधारा तथा उदारवादी नीतिका साथ अघि बढिरहेको एमालेलाई संविधान बनाउने बेलामा फाइदा पुग्छ,' उनले भने। तर, उनले अहिलेको महत्त्वपूर्ण घडीमा एमाओवादीभित्र संकट गहिरिनु निकै दुर्भाग्यपूर्ण भएको बताए। पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले प्रधानमन्त्री सुशील कोइरालाले आँट गर्न नसक्दा स्थानीय निकायको निर्वाचन हुन नसकेको बताएका छन्। एमाओवादी र मधेसवादी दल स्थानीय निकाय निर्वाचनको विपक्षमा रहेकाले प्रधानमन्त्री कोइरालाले डराएर आँट गर्न नसकेको उनको भनाइ थियो। अर्को प्रसंगमा नेता नेपालले जनताको बहुदलीय जनवाद आफंैमा पूर्ण नभएको बताए। उनले पार्टीलाई क्रान्तिकारी धारमा लैजान मेचीदेखि महाकालीसम्म आफूले असल कमान्डरको खोजी गरिरहेको जानकारी दिए। एमाले पार्टीभित्र गुटबन्दी हाबी रहँदै आएको चर्चा गर्दै नेता नेपालले महाधिवेशनअघि सबै विवाद समाधान भई सहमतिबाट नयाँ नेतृत्वको चयन हुने विश्वास व्यक्त गरे। आफूलाई पार्टीको अध्यक्ष बन्न २५ भन्दा बढी केन्द्रीय युवा नेताले लबिङ गरिरहे पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा नगरेको बताएका छन्। - See more at: http://www.nagariknews.com/pol...

_____ · May 10, 2014 5:59 AM

विराटनगरमा जे देखियो गंगा बीसी                    ० एमाओवादीको राष्ट्रिय सम्मेलन समापनका दिन विराटनगर वीरेन्द्र सभागृहको हलमा करिब ३० प्रतिशत कुर्सी खाली थिए । मञ्चमा बाबुराम भट्टराई पक्षका नेताहरूको स्थान खाली थियो । दाहालका दुईतिर नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी थिए । समापनमा दाहाल भन्दै थिए, 'यो ऐतिहासिक राष्ट्रिय सम्मेलन हो, क्रान्ति बढाउन पार्टीभित्र र बाहिरबाट चुनौती थपिएको छ ।'करिब २५ मिनेट लामो समापन भाषणमा उनले प्रतिनिधिहरूलाई विश्वस्त पार्न धेरै भूमिका बाँध्नुपर्‍यो । तैपनि प्रतिनिधिहरूबाट एकै किसिमको प्रश्न आयो, 'के पार्टी पुनर्निर्माण भयो ?' पुनर्निर्माणको सन्देश बोकेर र्फकनुपर्ने कार्यकर्ताहरू अर्को 'विभाजनको बिउ' लिएर फर्के । भट्टराई पक्ष सांगठनिक प्रक्रियाबाट बाहिरिएपछि पार्टी पुनर्निर्माणको नाराले सार्थकता पाएन । सम्मेलन सकिनु करिब एक घन्टाअघि भट्टराई, उनकी पत्नी एवं नेतृ हिसिला यमि, नेता देवेन्द्र पौडेल लगायतका नेता हलबाट बाहिरिएका थिए । समापन हुने बेलासम्म भट्टराई समर्थक अधिकांश प्रतिनिधिहरू बाहिरिइसकेका थिए । कुनै बेला भट्टराईले सम्भावना बोकेका नेताका रूपमा अघि सारेका वर्षमान पुन उनलाई विदाइ गर्न गाडीसम्म आए । नेता रायमाझी भने अन्तिम समयसम्म कार्यक्रम स्थलमै थिए । 'पार्टीमा विधि, पद्धति बसाल्न पद खाली राखेको हो, पार्टी छाडेको होइन । जो पदका लागि मरिहत्ते गर्नुभएको छ, उनीहरूका लागि त्याग गरेको हो,' व्यंग्य मिश्रति बोलीमा भट्टराई भन्दै थिए । राष्ट्रिय सम्मेलनमा अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनीतिक दस्तावेज र विधान पारित त भयो, त्यसलाई कार्यान्वयन गर्ने निकाय संगठन एक हिसाबले अपुरो भयो । भट्टराईले जमिन छाडेपछि दाहाल पार्टीभित्र 'प्रतिपक्षीविहीन' भएका छन् । केन्द्रीय समितिमा परेका नेताहरूमा पनि खासै उत्साह आएन, केन्द्रीय समितिको घटुवामा परेका नेताहरूमा झन् हुने कुरै भएन । संस्थापन पक्षकै कतिपय नेताहरु पद नपाएपछि असन्तुष्ट भएर जिल्ला फर्केका छन् । केन्द्रमा नपरेका नेताहरूलाई थामथुम पार्न १५० सदस्यीय समिति बनाउने निर्णय भए पनि त्यहाँ ९९ जनाको केन्द्रीय समिति घोषणा गरियो । सम्मेलनको अन्तिमतिर नेता भट्टराई पक्षका १० जना नेताले हलमै केन्द्रमा नबस्ने जानकारी दिए । भट्टराई र रायमाझीले आफू केन्द्रमा नबस्ने घोषणा गरे पनि केन्द्रमा नबस्ने भनिएका अन्यको नाम नेता रायमाझीले पढेर सुनाएका थिए । केन्द्रमा नबस्ने भनेर नाम सुनाइएको कतिपय नेताहरू अन्योलमा परेका छन् । केन्द्रमा नपरेका नेताहरूलाई कसरी व्यवस्थापन गर्ने, कुनै योजना बनाइएको छैन । भट्टराई पक्षीय नेतृ देवी खड्काले कसरी पार्टीमा काम गर्नेबारे निर्णय लिइनसकेको बताइन् । 'हेरांै, कसरी काम गर्न सकिन्छ, विचार गर्दैछौं,' उत्साहहीन मुद्रामा उनले राजधानी फकर्ंदै गर्दा भनिन् । बैतडीकी प्रतिनिधि एवं नेतृ रेणु चन्द सम्मेलनले केही उत्साहभन्दा चिन्ता थपेको बताइन् । 'उत्साहभन्दा चिन्ता थप्यो । बाबुरामले अब के गर्नुहुन्छ भनेर कार्यकर्ता चिन्तित छन्,' उनले भनिन्, 'सम्मेलनमा एजेन्डामा पनि खासै बहस भएन, संघीयता र पहिचानको मुद्दामा छलफल हुनसकेन । नेतृत्व केन्द्रीय समिति गठनमा केन्दि्रत भयो । त्यसपछि बढी गज्याङ-गुजुङ भयो ।' इलामका नेता युवराज पौडेल सम्मेलनले एकताको सन्देश दिन नसकेको महसुस गरेका छन् । 'धेरै गति पैदा गर्न सकेन । कार्यकर्तामा उत्साह भर्न सकेन । सर्वसाधारण जनताले अझै आशा गरेका छन्, चित्त बुझ्दो जवाफ दिनुपथ्र्यो,' उनले भने, 'सम्मेलनले एकताको सन्देश दिन सकेन ।' नेतृत्वमा भट्टराईलाई अटाउनसकेको भए सम्मेलन सकिने बेला दाहालमा अर्कै उत्साह हुन्थ्यो । भट्टराईको प्रस्तावमा उनी अध्यक्षमा पुनः निर्वाचित भएको भए उनको आत्मबल अझै बलियो हुन्थ्यो तर बाहिरिएपछि चुनौती थपिएको छ । दाहालले भट्टराईबिना कसरी पार्टी एकताबद्ध गर्छन् भन्ने प्रश्न आम कार्यकर्ताको मनमा उठेको छ । भट्टराईबिना उनी पक्षका नेताहरूलाई केन्द्रमा फर्काउनसके भने दाहालका लागि काम गर्न अझ सहज हुने देखिन्छ । किनभने उनले भट्टराईको 'नोट अफ डिसेन्ट' त्यति साह्रो सामना गर्नुपर्ने छैन । संस्थापन पक्षले केन्द्रीय समितिमा नबस्ने घोषणा गरिएका नेताहरू फर्कने दाबी गरेको छ । करिब ५५ लाख रुपैयाँ खर्च लागेको सम्मेलनको मुख्य उपलब्धिचाहिँ करिब १५ महिनाअघि हेटौंडा महाधिवेशनबाट अध्यक्ष चयन भएका दाहाललाई पुनः अध्यक्ष निर्वाचित गर्नु हो । महाधिवेशनले उपाध्यक्ष, महासचिव चयन गरे पनि सम्मेलनले त्यो पनि गरेन, अध्यक्ष र तीन सदस्यीय (दाहाल, श्रेष्ठ र बोगटी) रहेको केन्द्रीय कार्यालय बनायो । सम्मेलनले महिला प्रतिशत यसपटक झन् घटाएको छ । एमाओवादीले कुनै बेला आफ्ना सबै निकायमा महिलाको प्रतिशत ४० पुर्‍याउने बताएको थियो । यसपटक केन्द्रीय समितिमा करिब १५ प्रतिशत महिला छन् । - See more at: http://www.ekantipur.com/np/20...

_____ · May 10, 2014 6:03 AM

नयाँ पार्टी बन्दैछ: श्रेष्ठ खिलानाथ ढकाल विराटनगर, वैशाख २६ print एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईनिकट नेता टोपबहादुर रायमाझीले बिहीबार राजधानीमा नयाँ पार्टी बन्न लागेको घोषणा गरेको भोलिपल्ट अर्का नेताले भट्टराई नेतृत्वमा बन्न लागेको स्वीकार गर्दै नयाँ पार्टी र त्यसको औचित्य प्रष्ट्याएका छन्। भट्टराईका अत्यन्तै निकट मानिने नेता गंगा श्रेष्ठले सेतोपाटीसँग कुरा गर्दै भने, 'रायमाझीको घोषणा सही हो, र नयाँ पार्टी बन्दैछ।' एमाओवादी पार्टी केन्द्रीय सदस्य, श्रेष्ठ भट्टराई प्रधानमन्त्री हुँदा उनका स्वकीय सचिव थिए। अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक वैचारिक पक्ष, पार्टी संगठन र संचरनामा असन्तुष्ट बनेर राष्ट्रिय सम्मेलन बहिस्कार गरेर हिँडेका भट्टराईपक्षधर अहिले नयाँ पार्टी निर्माणबारे विभिन्न दलहरूसँग छलफलमा जुटिरहेको रायमाझीले बताएका थिए। 'नेपाली समाजको आर्थिक, सामाजिक आवश्यकताअनुसार पार्टी टुट्ने–फुट्ने र नयाँ पार्टी बन्ने कुरा सामान्य हो,' श्रेष्ठ भन्छन्, 'तर उहाँको पारिवारीक भ्रमणलाई नयाँ पार्टी गठको प्रक्रियासँग जोड्न मिल्दैन।' उनका अनुसार मुलुक समाजवादी क्रान्तिको बाटोतर्फ उन्मुख भइरहेको परिप्रेक्ष्यमा एमाओवादीमा अहिले बनेको पार्टी संगठन र संरचनाले समाजवादी क्रान्ति सफल गर्न सक्छ सक्दैन भन्ने विषय भट्टराई पक्षको 'अग्निपरीक्षा' हो। तर नेपाली समाज जुन रुपमा अहिले गुजि्ररहेको छ त्यसले समाजवादी क्रान्तिलाई तत्कालै पूरा गर्ने अभिभारा पूरा गर्न नसक्ने भन्नेमा ढुक्क छन् बाबुरामका नेताहरू। 'त्यसका लागि पहिले मुलुकको पूँजी विकास गर्नुपर्‍यो, समाजलाई आर्थिक रुपमा सबल बनाउनुपर्‍यो,' श्रेष्ठ भन्छन्, 'समाजवादी क्रान्तिकै कुरा गर्ने हो भने पनि अहिलेको एमाओवादी मूल नेतृत्व पार्टी संरचनाले त्यो पूरा गर्न सक्दैन।' त्यस्तो अवस्था आउनेवित्तिकै पार्टी फुट्ने अवस्था स्वभाविक आउने श्रेष्ठको तर्क छ। पुष्पकमल दाहालले कम्युनिस्ट एकतासहितको नयाँ शक्ति निर्माणको कुरा उठाइरहँदा भट्टराई पक्षले त्यसका लागि पार्टी संरचनामा आमूल परिवर्तन आउनुपर्ने उठाइरहेको थियो। दाहालको कार्यदिशा 'समाजवादी क्रान्ति'सँग बाबुरामको विमति हैन, कम्युनिस्ट एकता र अहिलेको एमाओवादी संगठन ढाँचा मुख्य थियो। 'एमाओवादी अहिले परम्परावादी संरचनाकै अवधारणामा गुज्रिरहेको छ,' श्रेष्ठ भन्छन्, 'यो भनेको जनयुद्धकालकै संरचना हो, अहिले नेपाली समाजमा आकाशपाताल भिन्न भइसकेको छ, यस्तो अवस्थामा कम्युनिस्ट केन्द्र बनाउने कुरा गर्ने हो भने संगठनात्मक संरचनामा परिवर्तन चाहिन्छ भन्ने बहस बाबुराम कमरेडले गर्दै आउनुभएको हो।' उनका अनुसार भट्टराई नेतृत्वमा कम्युनिस्ट शक्ति एकतासहितको नयाँ पार्टी बनेपछि त्यसको मुख्य उद्देश्य समाजवादी क्रान्ति नै हो। तर देशको उत्पादन शक्तिमार्फत पूँजी बढाएर मात्र समाजवादी क्रान्तिको मार्गचित्र कोरिने हो। 'जनयुद्ध नेपाली समाजको आवश्यकताअनुसारै भएको थियो,' उनी भन्छन्, 'जनयुद्धको अवस्था त छैन अहिले, समाजवादी क्रान्ति गर्न अहिले कम्युनिस्ट एकता अपरिहार्य बनेको छ र त्यसका लागि मुलुकको उत्पादन शक्ति बढाउनपर्‍यो, पूँजीको विकास गर्नपर्‍यो।' उनको भनाइको आशयले एमाओवादीमा भट्टराईको विमति नेतृत्व र पार्टी संरचनासँग मात्र थियो। त्यसैका लागि भट्टराईले सम्मेलनमा लामो बहस र छलफल गरे। तर श्रेष्ठका अनुसार न अध्यक्ष दाहालले समाजवादी क्रान्ति सम्पन्न गर्ने चित्तबुझ्दो मार्गचित्र ल्याउन सके, न नयाँ खालको पार्टी संरचना निर्माण गर्ने बहस सुन्न चाहे, न नेतृत्व हस्तान्तरण नै गरे। नयाँ विचार र नयाँ संगठन श्रेष्ठ भन्छन्,'भट्टराई पक्षको जोड नयाँ विचारमार्फत समाज रूपान्तरण हो। त्यसका निम्ति नयाँ विचारसँगै संगठनात्मक ढाँचा पनि नयाँ हुनुपर्छ। भट्टराई पक्षको भनाइमा दाहाल कार्यदिशामा दुई तीन अस्पष्टता छन्। पहिलो, कम्युनिस्ट एकता केन्द्र बनाउने र वैद्यदेखि एमालेसम्म एकता गर्ने कुरा उठाउँदा पार्टीभित्रैको भिन्न विचार बुझ्न नसक्नु। दोस्रो, उनको कार्यदिशामा कतै संविधानसभाबाट संविधान बन्दैन भनिएको छ, कतै संविधानसभा आफैंले जन्माएकाले त्यहीँबाट सडकदेखि सदनसम्म लड्नुपर्ने स्वीकार गरिएको छ। यहाँ परस्पर 'दोधारे' मानसिकता व्यक्त भएको बुझाइ रहन गयो। 'अहिले संविधानसभामार्फत संविधान बन्ने कुरामा शंका गर्दा पार्टीमा विचलन आउन सक्छ,' श्रेष्ठ भन्छन्, 'यत्रो कम्युनिस्ट केन्द्र बनाउने अभियानमा जुटेको हल्ला फैलाउने तर पार्टीभित्रको फरक विचारलाई निरुत्साहित गर्ने प्रवृत्ति कायम राख्ने हो भने त्यसबाट नयाँ विचार र संगठन निर्माणको थालनी निश्चय हुन्छ।'उनका अनुसार एमाओवादीको राष्ट्रिय सम्मेलनले तत्काल कम्युनिस्ट एकता गरेर 'केन्द्र' बनाउन आफैंभित्रको समस्या पहिल्याउन सकेन। सम्मेलन खालि औपचारिकता पूरा गर्नमात्र उद्धत थियो र त्यसका लागि दाहालपक्षको 'समीकरण' बनिसकेको थियो – सहमति/असहमति जे भए पनि फेरि पनि दाहालकै नेतृत्वमा 'टिके' कमिटी बनाउने र हलले ताली बजाएर वैधानिकता प्रदान गर्ने।भट्टराई निस्किनेवित्तिकै दाहालले हललाई सम्बोधन गर्ने क्रममा भट्टराई पक्षधर कमिटीमा नबस्ने कुरालाई 'अनुमोदन' गरिएको जानकारी गराएका थिए।भट्टराई पक्षले पार्टी कार्यदिशाबारे बहसलाई त्यतिधेरै प्राथमिकतामा राखेको थिएन। कम्युनिस्ट एकताकै प्रश्न जटिल थियो र भट्टराई यो सम्मेलनमार्फत पार्टी संगठन संरचनामा आमूल परिवर्तन देख्न चाहन्थे।

_____ · May 10, 2014 6:07 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all