मूल भट्टको मासिक तलबभत्ता २ लाख २५ हजार

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कमिसन विवादले एक महिनादेखि पशुपतिमा  विशेष पूजा ठप्प 09 May 2014 | 20:00pm शुक्रबार २६ बैशाख, २०७१ रुबी रौनियार 1 2 3 4 5 (0 votes) काठमाडौं— पशुपति क्षेत्र विकास कोष र भट्टबीच पूजामा कमिसन विवादका कारण एक महिनादेखि विशेष पूजा हुन सकेको छैन। भट्टले विशेष पूजाको दक्षिणामा कमिसन बढाउनुपर्ने माग गर्दै चैत २६ देखि विशेष पूजा बन्द गरेपछि मन्दिरमा पूजा लाउन आउनेहरु निराश भई फर्कन बाध्य छन्। मन्दिरमा हुने विशेष पूजामा २० प्रतिशत कमिसन बढाउनुपर्ने भट्टहरूको माग छ। उनीहरूले सरकारले उपलब्ध गराउँदै आएको तलबभत्तामा कर काट्न नहुने मागसमेत राखेका छन् । पशुपति क्षेत्र विकास कोषले २०६८ साउनदेखि पुरानो बक्यौता र नया" तलबको कर काट्दै आएको छ । पशुपतिनाथ मन्दिरमा विभिन्न अवसरमा ११ सयदेखि ९ लाख रुपैयाँसम्मको रसिद काटेर विशेष पूजा गराउनसक्ने व्यवस्था छ । विशेष पूजामा चढाइने भेटी र दक्षिणाको साढे ७ प्रतिशत रकम २०६२ देखि भट्टहरूले पाउँदै आएका छन् । भक्तहरुले मन्दिरमा जन्मदिन, विवाह वार्षिकोत्सव, जंकु, विशेष तिथिलगायतमा विशेष पूजा लगाउने गरेका छन् । कोषका सदस्यसचिव गोविन्द टन्डनले विशेष पूजा बन्द हुँदा विभिन्न अवसरमा विशेष पूजा गराउने भक्तहरु निराश बन्दै गएको बताए । 'विशेष पूजा रोकिएको एक महिना हुन लाग्यो,' सदस्यसचिव टण्डनले नागरिकसँग भने, 'मलगायत कोषका सदस्यहरुले भट्टजीसँग धेरै पटक छलफल र वार्ता गर्दासमेत उहाँहरु आफ्नो अडान छाड्न तयार हुनुभएको छैन ।' भट्टहरुको आन्दोलनले दिनहुँ २ सय भक्त विशेष पूजा नलगाएरै फर्कंदा राज्यलाई दैनिक ३ लाख क्षति भएको कोषले जनाएको छ । एक्कासि २० प्रतिशत कमिसन बढाउन माग गर्दा कोष नै अप्ठेरोमा परेको उनले बताए । उनका अनुसार कोषले मन्दिरमा चढ्ने विशेष पूजाको दक्षिणा तथा भेटीलाई पारदर्शी बनाउन २०६८ चैत २६ गते नियमावली बनाएर भट्टहरूलाई तलबलगायत सुविधाको व्यवस्था गरेको थियो । पछिला सदस्य सचिवले विशेष पूजाको कमिसन साढे ७ प्रतिशतबाट वृद्धि गरेर १५ प्रतिशत पु¥याएका थिए । तर, उनको निर्णय पशुपति विकाष कोष सञ्चालक परिषदले पास गरेन, जसका कारण भट्टहरूले साढे ७ प्रतिशत नै कमिसन पाउँदै आएका छन् । 'भट्टहरूले पुरानो बाँकी कमिसन पनि मागेका छन्,' सदस्य सचिव टण्डनले नागरिकसँग भने, 'सरकारले कानुनबमोजिम पाँच महिनादेखि तलबभत्तामा ३५ प्रतिशत कर काट्न थालेपछि भट्टहरू आक्रोशित बन्नुभयो र विशेष पूजा नै रोकिदिनुभयो ।' सदस्यसचिव टण्डनका अनुसार ०६८ अघिसम्म भट्टहरूले फर्माइसी पूजा भनेर आफूखुसी पूजा गर्थे । त्यतिबेला कति पूजा भयो, कति दक्षिणाभेटी चढ्यो भन्ने लेखाजोखा हुँदैनथ्यो । पशुपति क्षेत्र विकास कोषले भेटी र दक्षिणा पारदर्शी बनाउन २०५० सालमै ऐन बनाएर ल्याएको थियो । 'त्यसबखत पशुपति दक्षिणा भेटी पारदर्शी ऐन २०५० विरोधका कारण लागू गर्न सकिएन,' टण्डनले भने, 'त्यही ऐन २०६८ मा संशोधन गरी दक्षिणा भेटी पारदर्शी गर्न फर्माइसी पूजालाई विशेष पूजा नामकरण गरियो,' उनले भने । कोषका निर्देशक रमेश उप्रेतीका अनुसार धेरै भक्तजनले ११ सयदेखि २१ सयको पूजा गराउँछन्, यस्ता पूजा गराउने दैनिक २ सय हुन्छन् । पशुपतिनाथ मन्दिरमा मूल भट्टको मासिक तलबभत्ता सरकारले २ लाख २५ हजार रुपैयाँ तोकेको छ । उनका तीन सहयोगी भट्ट छन् । तिनीहरूको मासिक तलबभत्ता १ लाख ६० हजार रुपैयाँ छ । यस्तै, एक बासुकी भट्ट पनि छन् । कोषका निर्देशक भरत मरासिनीका अनुसार कोषले २०६८ देखि विशेष पूजाको भेटी दक्षिणा पारदर्शी गर्ने नियमावली लागू गरेपछि हालसम्म ३८ हजार भक्तजनले ७ करोड रुपैयाँको विशेष पूजा गराइसकेका छन् । यसैबीच, पशुपति क्षेत्र विकास कोषले प्रशासनिक कामकारबाही व्यवस्थापन गर्न सञ्चालक परिषदको सदस्य पदबाट मूल भट्टलाई हटाउने सुझाव दिएको छ । परिषदले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई इमेल गरी भट्टहरुको मुख्य काम पूजापाठ गर्नु भएकाले प्रशासनिक कामका लागि समय अभाव भएको कारण सदस्य नराख्दा उचित हुने सुझाव दिएको हो । - See more at: http://www.nagariknews.com/mai...

_____ · May 9, 2014 2:43 PM · 27,747 views

21 Replies · Showing 21 - 21
Page 2 of 2

२० प्रतिशतमा मानेनन् पशुपतिका पुजारी दीपेन्द्र विष्ट                    ३ काठमाडौ, जेष्ठ ६ - मूल र अन्य तीन भट्टले २० प्रतिशत कमिसन अस्वीकार गरेका छन् । पशुपति क्षेत्र विकास कोष कार्यसम्पादन मूल्यांकन समिति र भट्टबीच आइतबार राति अबेरसम्म भएको बैठकमा भट्टले कमिसन कम भएको भन्दै अस्वीकार गरेका हुन् । बैठकमा संस्कृति तथा नागरिक पर्यटन मन्त्रालय प्रतिनिधिसमेत सहभागी थिए । मूल भट्ट कोषका सदस्य भए पनि बैठकमा उपस्थित थिएनन् । 'मूल भट्ट सहभागी हुनुपर्ने हो, उहाँ नै आउनुभएन । समस्या जति लम्बिन्छ हामीलाई घाटा त्यति नै हुन्छ,' बैठकका एक सहभागी सदस्यले भने, 'हामीले भट्टसँग धेरै अनुरोध गर्‍यौं, निर्णयमा हस्ताक्षर नगरी हिंड्नुभयो । समस्या सुल्झाउन गाह्रो भयो ।'  बैठकमा भट्टहरूले राजीनामा दिने चेतावनीसमेत दिएको ती सदस्यले बताए । यसअघि बिहीबार भएको छलफलमा कोषले १७ प्रतिशत कमिसन दिने तयारी गरेको थियो । पुजारीहरूले कमिसनको माग गर्दै ४० दिनदेखि विशेष पूजा ठप्प पारेका छन् । पूजा गरेबापत उनीहरूले कोषसँग २५ प्रतिशत थप तलब भत्ता लगायतका सेवा सुविधा दिनुपर्ने माग गरेका छन् । विशेष पूजा ठप्प हुँदा प्रत्येक दिन दर्शनार्थी निराश भएर र्फकन बाध्य छन् । वैशाख महिनामा मात्र १ करोड २० लाख रुपैयाँभन्दा बढी कोषलाई घाटा भएको छ । कोषका सदस्य सचिव गोविन्द टन्डनले भट्टसँग संवाद जारी रहेको बताए । विशेष पूजा ठप्प भएकाले कोषलाई दैनिक ३ लाख रुपैयाँ घाटा भएको उनले जनाए । प्रत्येक दिन मन्दिरमा १ सय २० भन्दा बढी विशेष पूजा हुने गर्छन् । त्यसबापत हरेक दर्शनार्थीले कम्तीमा १ हजार १ सय रुपैयाँ बुझाउनुपर्छ । कोषका अनुसार यसका लागि २५ लाख रुपैयाँ खर्चने समेत छन् । कोषको मुख्य आम्दानी स्रोत नै विशेष पूजा हो । वैशाख र साउनमा सबभन्दा बढी यस्तो पूजा हुन्छ । पशुपतिमा वासुकी पञ्चामृत, बालभोग पञ्चामृत, रुद्रीसहित पञ्चामृत, लघुरुद्री पञ्चामृत र सवा लाख बत्ती नामक विशेष पूजा गरिन्छ । यस्तो पूजा रोकिएकाले हिजोआज दर्शनार्थी फूलमाला मात्र चढाएर र्फकन्छन् । कोषका कर्मचारी र सदस्य भट्टलाई कमिसन दिने पक्षमा छैनन् । कोषले मूल भट्टलाई मासिक तीन लाख रुपैयाँभन्दा बढी तलब भत्तालगायत सेवा सुविधा प्रदान गर्दै आएको छ । अतिरिक्त पारिश्रमिक दिने व्यवस्था 'मन्दिर तथा पूजा व्यवस्था नियमावली' मा छैन । मूल भट्टले आफ्नी श्रीमती र दुई सन्तानलाई विदेश जाँदा-आउँदा जहाज भाडासमेत दिनुपर्ने माग गरेका छन् ।  प्रकाशित मिति: २०७१ जेष्ठ ६ ०८:५५ - See more at: http://www.ekantipur.com/np/20...

_____ · May 20, 2014 4:22 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all