बिशाल दाई - भाग १

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

"बिशाल दाई" फियुल ट्यांक ठुल्ठुला साहित्यकारले लेख्ने कथाहरु “यो दाई” र “त्यो दाई” का पात्र जस्तो हैन बिशाल दाई | लास्टै हावा दाई हो बिशाल दाई | त्यो पनि कुल टाईप को हावा | बन्छु भनेर पनि बन्न नसकिने खालको हावा दाई, हाम्रो बिशाल दाई| ब्याचलर सकेर अमेरिकामा हण्डर खाँदा खाँदा त्यै नि भगवानले डोरी समातेर पार लगाईदिन्छन कि भनेर कन्सल्ट्यान्सी धाएको बेला थियो | - जाभाको ट्रेनिंग लिनी कि डटनेट को ? - हैन लिनक्स को मार्केट हट छ रे | - हैन त्यो भन्दा त नेटवर्क एडमिन नै हट छ नि | - क्यु ए सजिलो छ रे , एक चोटी काम लाग्यो भने सियोर टिकीन्छ रे | दिन दिनै अनेक सल्लाह दिने साथीहरु भेट हुन्थे | जे होला होला, भगवानले चाहे टिकीएला | खासमा भन्नु पर्दा जिन्दगीमा हण्डर धेरै खाएर त्यो फेजमा पुगेपछि “म धेरै मिहिनेत गर्छु र सफल हुन्छु “ भन्ने सोच त डांडा पारी पुग्दो रैछ | जे होला भगवान भरोसा | अनि म पनि भगवानकै भरोसा भनेर डटनेट को ट्रेनिंग लिन सुरु गरें | १० बजे क्लास छ भने ९:४५ सम्म सुत्ने त आफ्नो कलेजले लगाईदिएको बानी थियो | झन् कन्सल्टेन्सीमा त बालै हो टन्न सुत्छु भन्ने लागेको थियो | लगातार तीनवटा क्लास छुटेपछि धोती कन्सल्टेन्सी साहुले फोन हान्यो | “ओह भाई, तुमको हमने फ्री मे भात खुवाके रखा, तुम क्लास नही जाता हे? जति खेर नि सुत्ता हे ?” यस्तै यस्तै के के हो भट्भटायो | “नही नही भैया, मलाई रुगा-खोकी लगा है,भोली सम्म त ठिक होगा “ मैले पनि गफ दिएँ | त्यो हाँस्यो | सियोर पत्त्यायो भनेर मा पनि मख्ख थिएँ |   “हिरोले गुण्डाको लखेटा, अनि गुन्डाके पेटमे चक्कु घोंच्दिया” जस्तो हिन्दी नै किन नहोस, मैले हिन्दि बोल्न सक्थें र आफु बहु-भाषी हुनुमा गर्व गर्थें | जे होस्, त्यसपछी लगातार क्लास जान थालें नत्र फेरी तेस्का बाजेको फोन आउंथ्यो | हाम्रो क्लासमा ५ जना धोती, म एउटा नेपाली, एउटा चाईनिज र एउटी श्रीलंकन केटी थिई | त्यो चाईनिज त क्या पातलो अनि अग्लो थियो , डाक्टर शेल्डन कुपर जस्तो तर बुध्धि भने एक पैसाको थिएन | एकदिन धोतीसाहुले मलाई अफिसमा बोलायो | म गएँ | दुईटा बुढी औंला बाहेक सबै आठ ओटा औंलामा सुनको औंठी, घांटीमा भैसी बाँध्ने जत्रो सुनको सिक्री, पान पराग हो कि गुठ्का हो कुन्नि, मुख नै रातो हुने गरी चपाएर बसेको, अन्दाजी ३५-४० बर्ष को, भिम-काई ज्यान भएको , तक्लु, अझै दाहिने कानमा मुन्द्री लगाएको, गुण्डा नभए नि गुण्डा जस्तो मान्छे पनि त्यहीं थियो | “इन्से मिलो,.......” साहुले के भन्दै थियो, त्यो मान्छे जुरुक्क उठ्यो र हात तेसार्दै भन्यो “के छ भाई ? आई एम बिशाल”| मैले पनि हात मिलाएँ अनि भने “ नमस्ते दाई ,म चै फियुल ट्यांक(वास्तविक नाम लुकाईएको  )” “क्लास टन्नै छुटेछ मलाई, येसो म्याटेरियल दिएर हेल्प गर है” “हस भै हाल्छ नि दाई, बेलुका बेलुका आउनु न कोठामा, संगै पढ़ौंला” | साहुले फ्रीमा बस्न देको कोठामा दाईलाई निम्तो दिएँ | हामी बोल्दै थियौं, साहुले भन्यो “इनको भी क्लासमे ले जाओ फियुल ट्यांक “ मैले दाईलाई क्लासमा लागें | नयाँ बिद्यार्थी देखेर मास्टरसापले सोध्नुभयो  “ कुड यु प्लीज इन्ट्रोड्युस योरसेल्फ टु द क्लास |” “आई एम बिशाल फ्रम ब्लुमिंगटन इलिनोई” कम्प्युटर मा कतिको ज्ञान रैछ, पृष्ठभुमी थाहा पाउन मास्टरसापले फेरी सोध्नुभयो  “टेल अस अबाउट योर कम्प्युटर एक्सपीरीएन्स |” दाईले भन्नुभयो “आई युज ईट एभ्रीडे टु वाच पोर्न फ्रम फाईव मिनेट्स टु थर्टी मिनेट्स, डीपेन्ड्स ” अनि दाई खिस्स हाँस्नुभयो | मैले मन मनै सोचें “वाह, क्या कुल दाई “  (बाँकी भाग दुईमा ....)  नोट : कथामा प्रयोग भएको "धोती " शब्द छिमेकी राष्ट्र भारतका नागरिकलाई "एक्स्क्लुसिभ्ली" प्रयोग गरीएको हो | ********************************** Update :  बिशाल दाई भाग २ - यहाँ क्लिक गर्नुहोला |   Last edited: 12-May-14 12:48 PM

Fuel Tank · May 7, 2014 10:55 AM · 14,622 views

7 Replies

हा हा ! दामी ब्रो दामी ! बिशाल दाइले के चर्तिकला देखाउनु हुने हो ...जान्न धेरै उत्सुक भो म त् ! लु छिट्टै अर्कै भाग नि जावस !

Nas · May 7, 2014 7:08 PM

Bishal dai le garechan ta aru la chito bhannu hola.

CYKA · May 7, 2014 11:15 PM

हुन त प्राय सबै जसोले भोगेको कथा हो यो तर पनि इन्धन टंकी को प्रस्तुतीकरण ले मज्जा आयो. लु छिटो जावोस अर्को भाग पनि.

lamopuri · May 8, 2014 12:01 AM

टंके साथि ल ल कथा राम्रो गईरहेको छ .... लेखम लेखम

ThahaChaena · May 8, 2014 5:45 AM

टंके कता थन्के ? पस्किम दोश्रो भाग |

magorkhe1 · May 9, 2014 2:42 PM

बिशालदाइ जिन्दाबाद| तक्लु साहु मुर्दाबाद|

yotabhayananisom · May 9, 2014 2:54 PM

हाम्रो बिशाल दाईलाई मन्पराई दिनुहुने संपूर्ण ब्रोहरूलाई धेरै धेरै धन्यबाद |हजुरहरुलाई कुराउने मेरो ईच्छा छैन त्यसैले बिशाल दाई को अर्को भाग लिएर छिट्टै आउने छु |:)

Fuel Tank · May 9, 2014 5:57 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all