चोरीका गाडीमा डीआईजी पत्नी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

http://nepalihimal.com/article... चोरीका गाडीमा डीआईजी पत्नी चोरीका गाडी पक्राउ गरेपछि कारबाही प्रक्रिया अघि नबढाएर ट्राफिक प्रहरी महाशाखाका अधिकृतहरूले आफैं प्रयोग गर्ने गरेको पाइएको छ। सिमराबाट पक्राउ परेर काठमाडौं पठाइएको चोरीको गाडी ट्राफिक प्रहरीको प्रतिवेदनबाट गायव छ। चार महीनाअघि सिमराबाट भारतीय नम्बर प्लेट राखिएका सफारी गाडीहरू पक्राउ गरेर काठमाडौं ल्याएपछि बा १० च ८९७४ र बा १० च ८९६९ नम्बर राखेर ट्राफिक महाशाखामा प्रयोग भइरहेको छ। ३० फागुनमा पक्राउ परेका गाडी र मोटरसाइकलहरू ट्राफिक महाशाखाले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दा सिमराबाट पक्राउ गरिएका ती गाडीहरूबारे भने केही भनिएन। ट्राफिक प्रहरी महाशाखा प्रमुख केशव अधिकारी ती गाडीहरूबारे छानबिन भइरहेकाले सार्वजनिक नगरिएको बताउँछन्। ती गाडी व्यक्तिगत प्रयोजनमा प्रयोग नगरिएको बताउँदै उनले कुनै सूचना लिन जाँदा भने प्रयोग गरिने गरेको स्वीकारे। तर, पत्रकार सम्मेलनमा महाशाखा परिसरमा देखिएको बा १० च ८९६९ नम्बरको गाडी २ चैतको बिहान ८.१० मा गोङ्गबु चोकमा अधिकारीकी पत्नी चढेको देखिएको थियो। देवकी विष्ट चोरीको गाडीलाई दिइएको यही नम्बरको अर्को गाडी सेती अञ्चलमा प्रयोग भइरहेको छ। यातायात व्यवस्था विभागका एक प्रतिनिधि त्यो गाडीमा प्रयोग भएको नम्बर १४ साउन २०७० मा अरुण इन्टरकन्टिनेन्टल नामक संस्थाको सानो मारुती गाडीलाई दिइएको र ८ असोजमा सेती अञ्चल पठाएको बताउँछन्। त्यही नम्बर अहिले वागमती अञ्चलमा प्रयोग गरिनु बदमासी भएको ती कर्मचारीको भनाइ छ।

metta · May 6, 2014 6:26 PM · 2,930 views

1 Reply

More often than not,a significant number of DIGs are chor themselves!.By dubbing them as a "chor",I sincerely by no means am suggesting that they are the very folks who, after dinner would depart from their castle with a sack in their back to maraud the city and loot whatever is on their way under the cover of darkness but these are high-profile choors, who under the guise of power and position steal and cheat from the national treasury in board daylight!.This is just an iota of example on how the big-lads of the nation frequently misuse their position to trick the system and bend the rules to upmost limit for their very favour. The image of Nepal police force has never been clean so far as I know, until when Ramesh Kharel came as a"new sherrif in town" and started a jehad against the criminals and wrong-doers.These kind of news is all too prevailing in a nation where people aspire to be a genuine crook and boasts about their chicanery just to receive the sheepish accolades.The system is already damaged by these high profile cockroaches who feed on poor citizens hard-earned tax money to scheme various frauds and that too while being in a top civil position.Who will punish when the punisher himself is in the question?.With the likes of Ramesh kharel and other honest officers,I am hopeful that, quite soon, all these civil servants who are looting the country instead of serving,will get what they deserved.

Alias_ · May 6, 2014 9:25 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all