संबिधान खोइ ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आजकल संबिधान सभाको केहि खबर आको छैन | ६ महिना बितिसक्यो | यसै सन्दर्भमा एक कविता | मनमा लागेको कुरा | आशा मात्र बाकि छ अब | बिस्वास छैन | रोइ कराई , बिन्ति चढाई पाएको भोट्ले डंका बजाई छिरे संबिधानसभा नेता रमाई रमाई जनतालाई फेरी मुर्गा बनाई चुनाब चै दोस्रो, तर मान्छे सबै उही अनि कसरि मिल्थ्यो ,कुरो भो तेही सोझै गएर कुरो सत्तामा अड्क्यो ७५ बर्षे बुढोको हातमा देशको भाग्य अड्क्यो महिना महिना गरि भैसक्यो छ महिना संबिधान कति लेख्यो कसैलाई था छैन पत्र पत्रिका टी.भी छन् सब चकमन्न संघियताको कुरा के भयो कसैले भन् न ? झाले र माले पार्टीका नेताको चु चु सुन्दिन सर्बहारा नेता भनौदाको नामो निशान भेटिन्न खबरदार म्याद सकिने दिन कुरेर बसेको त हैन यस्तो पारा हो भने देशलाई हुने छैन चैन फेरी पनि होला जब पर्यो राति तब बुढी ताती तेसरी संबिधान लेख्नु भन्दा नलेखेकै जाती नभये सबै कुरा जनतालाई छर्लंगै पर्दिन पर्यो यो संबिधान सभाले देशलाई धुरुधुरु रुवायो धन्यबाद |

gairamailo · May 6, 2014 1:36 PM · 10,744 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all