डिजेल चोरी प्रकरणमा थुनिएकालाई छुटाउन कांग्रेस, एमाले र एमाओवादी एकमुख निगमका कर्मचारी नेता भन्छन्- हिरासतमा रहेकालाई तत्काल छाडियोस् २०७१ वैशाख २३ गते १३:२४ मा प्रकाशित 172 29 2 २३ वैशाख काठमाडौं । डिजेल चोरी प्रकरणमा संलग्न नेपाल आयल निगमका कर्मचारीहरुलाई छुटाउन कांग्रेस, एमाले र एमाओवादीसमर्थित निगमका कर्मचारी संगठनहरुले माग गरेका छन् तेल चोरी हुन नदिन खटिएका निगमका कर्मचारीलाई प्रहरीले चोरी अभियोगमा पक्राउ गरेको भन्दै कांग्रेस, एमाले र एमाओवादी निकट कर्मचारी संगठनहरुले मंगलबार दैनिक पत्रिकामा पैसा तिरेर संयुक्त विज्ञप्ति जारी गररेका छन् । उनीहरुले पक्राउ परेका कर्मचारीलाई तत्काल रिहाइ गर्न माग गरेका छन् । नेपाल आयल निगम स्वतन्त्र कर्मचारी यूनियनका महासचिव नवराज पोखरेल, नेपाल राष्ट्रिय कर्मचारी संगठनका महासचिव श्यामकृष्ण महर्जन र नेपाल आयल निगम कर्मचारी संघका महासचिव चन्द्रप्रसाद निरौलाको संयुक्त हस्ताक्षर भएको विज्ञप्तिमा पक्राउ परेका कर्मचारीलाई तत्काल रिहा गर्न माग गरिएको छ । आयल निगमको रुपन्देहीस्थित भलवारी क्षेत्रीय कार्यालयमा कार्यरत दुर्इ अधिकृतलार्इ डिजेल चोरीमा संलग्न रहेको भन्दै प्रहरीले तीन दिनअघि पक्राउ गरेको थियो । भलवारी डिपोमा आइपुग्नुअघि नै ट्यांकरबाट रुपन्देहीको मधवलिया र पडसरी क्षेत्रमा डिजेल चोरी भएको घटनामा अनुसन्धान गर्न ती कर्मचारीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले घटनास्थलबाट १९ वटा ट्यांकरसहित १७ जार लिटर तेल बरामद गरेको थियो । घटनामा पूर्वमन्त्री दानबहादुर चौधरीका छोरादेखि उद्योग वाणिज्य संघ केन्द्रीय नेताका ट्यांकरसमेत प्रयोग भएको रहस्य खुलेको थियो । निगमका कर्मचारी नेताले रिहाइको माग गरेका दुर्इ अधिकृत दीपेन्द्र बस्नेत र रवीकुमार राउतले हिरासतमा गल्ती स्वीकार गरिसकेको प्रहरीले बताएको छ । तेल चाेरीको रहस्य खुल्नअघिदेखि नै सिल ताेडिएका ट्यांकरलार्इ जाँच पास गरार्इ तस्करसँग मिलेमतो गरेकाे पाइएपछि उनीहरू पक्राउ परेको प्रहरीको भनाइ छ । कांग्रेस, एमाले र एमाओवादी समर्थित कर्मचारी संगठनले घटनामा दोषी देखिए कारवाही गर्न भन्नु पर्ने र छानविनमा सहयोग गर्नुपर्नेमा कर्मचारीलाई अविलम्ब हिरासत मुक्त गर्न दबाव दिएका छन् । त्यसैगरी तेल चोरीमा संलग्न ट्यांकर र व्यवसायीहरुलाई छुटाउन व्यापारीहरुले पनि कसरत थालेका छन् । - See more at: http://www.onlinekhabar.com/20...
_____ · May 6, 2014 6:18 AM · 2,070 views
_____ · May 6, 2014 6:20 AM
नेपालको नेताहरु सबै चोर डाका नै रहेछ | निर्दोष र गरिब बाल बालिकाहरु हर दिन खान नपाएर, औसधि नपाएर मरीरहेकाछन् तर यी नेताहरुलाइ कसरि देशलाई लुट्ने भन्ने कुरामै बिजी छन् हामि नेपालीहरुपनि कत्ति मात्र सहेर बस्ने? एस्तो छ भन्ने थाहा हुदा हुदै चुप लगेर बसछौं
funtush · May 6, 2014 9:27 AM
How about MR Pandit's view and his fellow ministers' view?
magorkhe1 · May 6, 2014 10:23 AM
डिजेल चोर्नेलाई कारबाही गर्न विद्यार्थीको माग २०७१ वैशाख २४ गते १०:३० मा प्रकाशित 77 0 0 सलमान खान २४ बैशाख, भैरहवा । भारतबाट नेपाल ल्याइएको डिजेल आयल निगमको डिपोमा नपुर्याई बिचबाटैमा चोर्ने कार्य गरेकोमा रुपन्देही जिल्लाका विद्यर्थी संगठनहरुले (संयुक्त विद्यार्थी संर्घष समिति) प्रेस विज्ञप्ती जारी गरी आपत्ति जनाएका छन् । नेपाल विद्यार्थी संघ, अखिल अनेरास्विूय विद्यार्थी संगठन, एमाओवादी निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन, नेकपा-माओवादी निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन, नेपाल क्रान्तिकारी विद्यार्थी संघ र अखिल छैठोले आपत्ति जनाएका हुन् । मगंलबार बुटवलमा बसेको संयुक्त विद्यार्थी संर्घष समितिको बैठकमा बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापन पत्र बुझाउने र चोक चोकमा कोण सभा गरी विरोध गर्ने कार्यक्रम रहेको संयुक्त विद्यार्थी संर्घष समितिले अनलाइनखबरलाई जानकारी दिएको छ । समितीद्धारा जारी प्रेस विज्ञप्तीमा सधै घाटामा रहेको भनी पटक-पटक चर्काे मुल्यवृद्धि गर्ने आयल निगमले योजनाबद्ध रुपमा केही सरकारी कर्मचारी, व्यावसायी, निगम तथा ढुवानीका कर्मचारीहरुको मिलिमतोमा गरेको अवैध कार्य सार्वजनिक भएपछि माफियाहरु अत्ताल्लिएका छन् भनिएको छ । उक्त घटनामा संलग्न पक्राउ परेका आरोपीहरुलाई कुनै पनि बहानामा उन्मुक्ति नदिन जोडदार माग गर्दै आरोपित पक्राउको विरोधमा तेलको आपूर्ति रोक्नु निन्दनीय भएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । बिज्ञप्तीमा उक्त चोरी घटनामा संलग्न सम्पूर्ण पक्राउ नपरेका आरोपीहरुलाई पनि तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न र यस्ता घटनाहरुको थप छानविन गरी सहज आपूर्ति गर्न माग गरिएको छ । - See more at: http://www.onlinekhabar.com/20...
_____ · May 7, 2014 5:16 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion