२१ बैशाख, काठमाडौं । भारतीय चर्चित अभिनेता अक्षयकुमार अभिनित एक चलचित्रले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दुरावस्थाबारे भिडियो खिचेर नेपालको बेइज्यत गर्न लागेको रहस्य खुलेको छ । तीन दिनदेखि काठमाडौंको हायत होटलमा बसिरहेका अक्षयकुमारलाई उच्च सुरक्षा दिइएको छ । नेपालमा फिल्म शुटिङ गर्न आएको युनिटले स्वदेश फर्कने दिनमा त्रिभुवन विमानस्थलको भिडियो खिच्ने छन्, जुन दृश्य उनको चलचित्रमा ‘नेपालको विमानस्थल खत्तम छ’ भन्ने देखाउनका लागि प्रयोग गरिने छ । भारतीय युनिटले खिच्न लागेको विमानस्थलको दृश्य र उनको चलचित्रमा गरिने प्रस्तुतीले नेपालको राष्ट्रिय स्वाभिमान र प्रतिष्ठामा आँच आउने भन्दै विमानस्थलका कर्मचारी र सरकारी अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । कसले दियो अनुमति ? नेपाली विमानस्थलको बेइजयत गर्ने उद्देश्यले शुटिङ गर्ने अनुमति अक्षयकुमारको टोलीलाई कसले दियो भन्नेबारे विमानस्थलका उच्च अधिकारीहरु नै अनविज्ञ छन् । त्रिभुवन विमानस्थलका महाप्रवन्धक ऋषिकेष शर्मा भन्छन्- ‘स्वीकृति नलिई भारतीयलाई विमानस्थलमा शुटिङ गर्न दिन मिल्दैन, पहिल्यै स्वीकृति लिएको छ भने मलाई थाहा भएन, तर आज स्वीकृति लिएको थाहा छैन । विमानस्थललका कर्पोरेट अफिसर केमनाथ ठाकुरले पनि विमानस्थलको बेइज्यत हुने गरी भारतीयलाई शुटिङ गर्न दिन नहुने त्यहाँका सुरक्षा अधिकारीहरुलाई बताएका छन् । तर, विमानस्थलका सुरक्षा अधिकारीहरु भने कहाँबाट भारतीयलाई यस्तो अनुमति दिइयो भन्ने अन्योलमा छन् । नेपालको बेइज्यत हुने गरी सुटिङ गर्न लागिएकोमा सुरक्षा अधिकारीले समेत चिन्ता व्यक्त गरेको छन् । विमानस्थलमा खटिएका एक प्रहरीले अनलाइनखबरसँग भने,-’यो राष्ट्रिय स्वाभिमान र प्रतिष्ठाको विषय हो, तपाई पत्रकारहरुले आवाज उठाइदिनुपर्‍यो । नेपालको इज्यत कुनै हालतमा लुट्न दिनुभएन ।’ चलचित्र विकास बोर्डका अध्यक्ष धमेन्द्र मरबैताले भारतबाट सिनेमाको छायांकन लागि आवश्यक सामानहरुको भन्सार छुटका लागि निवेदन आएको र सिनेमाको नाम बसन्ती भनी दर्ता गरिएको बताए । त्रिभुवन विमानस्थलभित्र देखिने नराम्रा दृश्यहरुलाई सिनेमामा देखाउने आफूले सुनेको बताउँदै त्यस्ता दृश्य खिच्न नदिने बताए । के गर्दैछन् अक्षयकुमार ? बलिउड नायक अक्षय कुमार काठमाण्डौको हायात होटलमा बसेर चलचित्र शुटिङ गरिरहेका छन् । अक्षयकुमारको मूख्य भूमिका रहने नेपालमा छायांकन भैरहेको सिनेमाको नाम बसन्ती हो । चलचित्र विकास बोर्डमा सिनेमाको निर्माण पक्षले बसन्ती चलचित्रको शुटिङका लागि आएको भन्दै क्यामेरा लगायतका सामाग्रीको भन्सार छुट गराएका छन् । सिनेमाको छायांकन सोमबार ठमेल र मंगलबार भक्तपुर दरबार स्क्वायरमा गरिने बुझिएको छ । तर, यो स्थानमा अक्षय कुमारको दृश्य समावेश हुन्छ या हुँदैन खुलाइएको छैन । चलचित्रमा नेपालको त्रिभुवन विमानस्थलमा देखिएको अव्यवस्थित वातावरणलाई देखाउने तयारी रहेको बुझिएको छ । स्रोतका अनुसार चलचित्रको कथामा नायिका तपसी पन्नु नेपाल घुम्न आएपछि अक्षय कुमार पनि उनलाई खोज्दै नेपाल आउने छन् । उनी निक्कै फटाहा चरित्रमा सिनेमामा देखिने बताइएको छ । नेपाल आउने क्रममा विमानस्थलभित्रको अब्यबस्थालाई सिनेमामा देखाइने छ । ढाका टोपीको स्वागत यतिबेला सिनेमा छायांकन हायात होटलकै परिसरमा भैरहेको छ । तर, सुरक्षा र फ्यानहरुको बाक्लिदो भिडले छायांकनमा असर पुगेको छ । अक्षय कुमारले आजसम्म नेपाली मिडियासँग भेट गरेका छैनन् । निरज पाण्डेको निर्देशनमा तयार भैरहेको यो सिनेमामा नेपालका केही निर्देशकहरुले पनि काम गरिरहेका छन् । यसैबीच नेपाल चलचित्र प्राविधिक संघलाई ‘बसन्ती’को निर्माण यूनिटले १५ हजार सहयोग गरेको छ । आइतबार चलचित्र प्राविधिक संघको टोली हायात होटलमा पुगेको थियो । अक्षय कुमारलाई नेपाली ढाकाटोपी लगाएर सम्मान गर्ने प्राविधिक संघ रहेकोे तयारी छ । यसका लागि उनका सहयोगीसँग कुरा भएको अध्यक्ष मनोज केसीले बताए । राजनीतिक हमला भारतीयहरुले नेपालको विमानस्थलमा पटक-पटक धावा बोल्दै आएका छन् । विगतमा पाकिस्तानी आइएसआइले विमान अपरहण गरेको निहुँ बनाई भारतीय पक्षले त्रिभुवन विमानस्थल असुरक्षित रहेको आरोप लगाउँदै आएका छन् । यही निहुँमा भारतीय विमानमा सुरक्षाकर्मीहरु राख्ने सम्झौतामा उनीहरुले नेपाललाई दबाव दिएका छन् । पछिल्लो समय त्रिभुवन विमानस्थलको स्तरोन्नति गर्ने ठेक्का भारतले लिन खोजेकोमा सर्वोच्च अदालतको आदेशले रोकिएको अवस्था छ । यसरी भारतीय राजनीतिक वृत्तबाट अनेक दाऊपेच भइरहेका बेला अक्षयकुमारको चलचित्रमार्फत् नेपालको विमानस्थलको हुर्मत लिने उद्देश्यले नेपाल आएको स्रोतले बतायो । - See more at: http://www.onlinekhabar.com/20...
shahi baba · May 6, 2014 4:07 AM · 30,401 views
@BathroomCoffee: I think you are more pissed off with me saying Indians as Dhoti. In that matter, I have nothing to say. I am not defending TIA or its pathetic situation. I once had to almost bribe airlines guy just because he carried my luggage from the weight counter to the conveyor. But I am against broadcasting these things in international media/foreign producer/channels. There is no need to call int'l media for already pathetic condition. These conditions should be improved by us. Showing it to the world doesn't do any good but bad. And, allowing an Indian movie to shoot the pathetic condition further humiliates us. The fact that Indians are almost always humiliating (sometimes deliberately/sometimes inadvertently) us, this further fuels to that. "stinky airport lai advertise garney" =>Advertise garne tannau kura haru chhan and you may know what we can advertise. " Nobody's ever going to find out any naramro kura about Ghingtang because he has permanently sewn a ducktape to his mouth. lol " =>My friends,family will know my bad qualities. My friends' friends know about it. But I won't go to a public forum and write/speak bad about me. Neither will my friends. And I have no idea about what you mean by Ramayan reference. Also, I have very good Indian friends. But I don't like the Indian perception towards Nepal and I don't want them to have another point to ridicule us. May be ultra-nationalism may have overshadowed the smugness over me.
ghintang_ · May 7, 2014 1:02 PM
Ghintang bro, may be that's why our bro Kim has so much secrecy around North Korea's affair. Wait, you might qualify for Green Card to North Korea for possessing such creative ideas on how to/ how not to honour a country. Ever considered moving to North Korea? Rest of us believe in transparency...
yotabhayananisom · May 7, 2014 3:07 PM
अक्षयको फिल्म युनिटले पैसा नतिरेपछि लफडा २०७१ वैशाख २५ गते १६:१२ मा प्रकाशित २५ बैशाख, काठमाडौं । नेपालमा सुटिङ गर्न बलिउड अभिनेता अक्षय कुमारलाई लिएर आएको फिल्मी युनिट २५ लाख भारतीय रुपैयाँ नतिरी फर्कन खोज्दा लफडामा परेको छ । उक्त भारतीय फिल्म युनिटलाई नेपालमा सहयोग गरेको रामकृष्ण पोख्रेलको ‘अाइसफल’लाई २५ लाख भारतीय रुपैयाँ नतिरी हिँड्न खोज्दा पोख्रेलको टीमले भारतीय टोलीका सरसामान नियन्त्रणमा लिएको थियो । तर, भारतीय पक्षले नेपाल प्रहरी गुहारेपछि पोख्रेलको टीमलाई प्रहरीले गौशाला प्रहरी प्रभावमा ल्याएको छ । अभिनेता अक्षय कुमार बुधबार नै फर्किसकेका छन् भने भारतीय फिल्म युनिट आज फर्कदैछ । प्लेन छुट्यो, ५० लाख घाटा भएको भारतीय दाबी भारतीय युनिट विहीबार विहानै ७ बजे र्फकने कार्यक्रम रहेकोमा नेपालीहरुले सामान कब्जामा लिएपछि प्लेन छुटेको छ । भारतमा पनि शुटिङमा जानुपर्ने भएकाले सामान लैजाने तर एक व्यक्ति यतै बसेर पैसा तिर्ने भन्दा नेपाली युनिटले नमानी सामान कब्जामा लिएको भारतीय पक्षको गुनासो छ । विहीबार बिहानको प्लेन छुटेपछि आफूहरुलाई ५० लाखको क्षति भएको भारतीय पक्षले दाबी गरेको छ । नेपाली पक्ष र भारतीय पक्षीवीच गौशाला प्रहरीले समझदारी गर्ने प्रयास गरेको छ । नेपाली युनिटलाई पक्राउ गरिएको नभएर भारतीय पक्षसँग छलफल गराउन मात्र कार्यालयमा ल्याइएको प्रहरीले बताएको छ । यसरी भयो झगडा बुधबार साँझ सुटिङ सकिएपछि नेपाली र भारतीय टोली बील भरपाई जोडघटाउमा लागेको थियो । त्यसैक्रममा सुटिङका लागि जम्मा गरिएको भीडको खर्चका विषयमा विवाद भएपछि हिसाब मिलाउन राति अबेरसम्म लागेको थियो । त्यसैक्रममा पैसा नतिरी जान पाइदैन भन्दै नेपाली टोलीले पाँच करोड मूल्य बराबरका क्यामरा भएको गाडी कब्जामा लिएको थियो । बिहान ७ बजे भारतीय टोलीले दुई व्यक्ति नेपाल मै बसेर पैसा बुझाउने भन्दै आफूहरु सुटिङका लागि टर्की जानुपर्ने भएकाले क्यामरा दिन आग्रह गरेका थिए । तर नेपाली टोलीले पैसा नदिई फिर्ता नदिने भनेपछि प्रहरीले हस्तक्षेप गरेको हो । क्यामेरा कब्जामा लिने नेपाली टोलीले प्रहरीको कुटाइ पनि खाएको छ । भारतीय पक्षले २५ लाख तिर्ने तर, ७५ लाखको क्षतिपूर्ति नेपालीले तिर्नुपर्ने अडान राखेको छ । तर, उक्त २५ लाख पोखरेलको टोलीलार्इ नभर्इ चलचित्र प्राविधिक संघलार्इ बुझाउने र क्षतिपूर्तिका लागि मुद्दा हाल्ने भारतीय पक्षको अडान छ । यसैबीच नेपालस्थित भारतीय दूतावासले पनि यस विषयमा चासो देखाएको छ । स्क्रिप्ट फेरेर विमानस्थलमा शुटिङ अक्षयकुमारले नेपालमा सुटिङ गरेको यो फिल्मले नेपालको राष्ट्रियता र त्रिभुवन विमानस्थललाई असर पर्ने दृश्य खिच्न लागेपछि सुटिङ गर्न रोक लगाइएको थियो । तर, फिल्म निर्माण पक्षले स्क्रिप्ट परिवर्तन गरेर आएपछि बुधबार विमानस्थलमा फिल्म सुटिङ भएको छ । नेपालको बिमानस्थलमा दुब्र्यबहार हुने दृष्य फिल्म राखिएको थियो । स्त्रिmप्टबाट त्यस्तो दृष्य हटाइएको भनेपछि बिमानस्थल प्रशासनले अक्षयकुमारलाई फिल्म सुटिङ गर्न अनुमति दिएको थियो । - See more at: http://www.onlinekhabar.com/20...
_____ · May 8, 2014 8:15 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion