तृष्णाले मलाई डोर्याई रयो मायाको भुमरीमा रित्तो छ बाटो बिछ्याए आँखा उसैको आशमा भ्रममा परि कल्पना बुनि म रम्न थाले छु थाहा नै नपाई म भित्र भित्रै गल्न पो थालेछु जानिन मैले लगाउन माया आएन पोख्नलाई अन्तमा बोलि फुट्न त फुट्यो तर छोएन मनलाई साचो प्रेम सजिलै चिन्न कसले पो सक्छ र नलागी घाऊ मुटुमा कबि को बन्न सक्छ र?नलागी घाऊ मुटुमा कबि को बन्न सक्छ र? धन्यबाद | Last edited: 02-May-14 08:35 PM
gairamailo · May 2, 2014 8:34 PM · 10,832 views
यो छोटो कविताले मेरो जीवनको अतितमा घटेको लामो कथालाइ झलक्क झल्काई दिएको रहेछ ! कविता पढध्हा पढधै बिगतको घाउ कोट्याउँन पुगेछु ! कविताको लागि मुरी मुरी धन्यबाद गाईरमाइलो ब्रो !
Nas · May 3, 2014 8:32 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion