कोमल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

उनले भनिन, "तिमीलाई मन पर्ने कुरा मैले आगोमा पोल्न थालेकी छु I" कति पोलेको आलू खाने यो जिन्दगीमा भनेर सुत्न गए म I उनि बिस्तारामै आलू लिएर आइन I मैले खन्न भनेर जिद्दी गरे I उनले मान्दै मानिनन I एउटा आलू खानै पर्यो रे ! "ए बाबा, यो जिन्दगि नै पुरै आलू जस्तै भैसकेको छ, तिमी मलाई कत्ति आलू दिन्छौ," मैले कोल्टे फेर्दै भने I नखाए नाखानुस भन्दै कोमल भान्छातिर लागिन I कोमल र मेरो विवाह सात बर्ष अघि धापासीमा धुमधाम संग भएको हो I नेपाली परम्परा अनुसार माघी बिहा गरेको हामी दुइ दम्पत्ति को जीवनमा निकै उतार-चडावहरू आए तर पनि हाम्रो मायाको गाडी निरन्तर रुपले बडी रहेको छ I उनको नाम मात्र कोमल होइन, उनको मिजास पनि कोमल छ I तर आजभोलि उनीमा निकै परिवर्तन आएका छन् I झर्किन थालेकी छन् उनि मसंग बिनासित्ती I अब हिजो पोलेको आलू खाएन भनेर बोल्दै बोलिनन मसंग I फेरी कोमल रिसाए पछि मनाउन निकै गारो हुन्छ, तर मेरो लागि खुसीको कुरा के भने उनलाई मनपर्ने फलफुल किनिदियो भने उनको ओठमा फेरी मुस्कान आउँछ I झोला भरि अंगुर बोकेर म आफिसबाट घर तर्फ लागे I हिजो आलू खाएन भनेर कोमल मसंग अझै रिसाएकी छिन् I उनको मनपर्ने फल अंगुर देखने बित्तिकै उनको रिस गायब हुन्छ भन्नेमा म पूर्ण बिस्वस्त थिए I "त्रिङ्ग त्रिङ्ग," मैले घरको घन्टी बजाए.... ......क्रमश

ujl · May 1, 2014 9:43 PM · 13,231 views

5 Replies

ani komal lay k garin?

fiji_water · May 3, 2014 11:44 PM

......कोमलले ढोका खोलिन I मैले भित्र छिर्ने बित्तिकै झोलाबाट अंगूर झिक्दै भने, "हेर मैले के ल्याइदिएको छु तिमीलाई !" उनले केहि वास्ता गरिनन् र भनिन, चिया खान्छौ? मैले पनि हुन्छ भने I उनि चिया पकाउन भान्छा तर्फ लागिन I कोमलमा आएको यो एकाएक परिवर्तनले मलाई सोच्न बाध्य तुल्यायो I अंगूर देखने बित्तिकै उनि कति खुशी हुन्थिन पहिला I त्यो खुशी आज मैले उनीमा देखिन I "केहि न केहि त पक्कै भएको हुनु पर्छ," मन मनै सोच्न थाले मैले I हातमा चियाको कप लिएर कोमल म तिर आइन I मैले उनको हात समात्दै भने, "जानु बस न एकछिन यहाँ I " उनले चियाको एक चुस्की के लिन लागेकी थिन मैले उनलाई प्रश्न सोधे I सबै ठिकै छ बेबी? उदास देखिन्छौ नि आज भोलि? केहि भयो तिमीलाई? "छैन," उनले जवाफ दिईन I नढाटि भनन, मैले कुरा खोतल्ने प्रयाश गरे I भएको भए त भनि हाल्थे नि - उनले जवाफ दिईन I प्रज्वललाई आज भोलि खै के भाको छ के I पहिले पहिले पोलेको आलू कति मिठो मानि मानि खान्थ्यो तर आज भोलि जिन्दगि नै पोलेको आलू भाको छ भन्छ I बिहा भाको यतिका बर्ष सम्म उ एस्तो थिएन I तर आज भोलि उसमा निकै परिवर्तन आको छ I प्रज्वल र मेरो विवाह सात वर्ष आघि धापासीमा धुमधाम संग भएको हो I नेपाली परम्परा अनुसार माघी बिहा गरेको हामी दुइ दम्पत्ति को जीवनमा निकै उतार-चडावहरू आए तर पनि हाम्रो मायाको गाडी निरन्तर रुपले बडी रहेको छ I उसको नाम मात्र प्रज्वल होइन, उसको मिजास पनि प्रज्वल-मय छ I तर आज भोलि उसमा त्यो प्रकाश देख्दिन म I खै कसको आँखा लाग्यो कुन्नि I अब अस्ति कत्ति माया गरेर पोलेको आलू दिदा व्यर्थमा रिसायो ऊ I फेरी आज अफिस बाट फर्कदा झोला भरि के विदी अंगूर किनेर ल्याको ! उसले येतिका अंगूर किनेको मैले कहिले पनि देखेकी थिन I मेरो हात समातेर जानु भन्दै थियो ! उसले मलाई जानु कहिले पनि भन्दैन थियो; फेरी आज के भयो उसलाई? एकाएक यो परिवर्तन किन आयो उसमा? अफिस जान तयार हुदै गरेको आफ्नो श्रीमानलाई कोमलले भनिन- "मैले कस्तो अचम्मको सपना देखे हिजो राति I तपाइले झोला भरि अंगूर किनेर आउनु भाको थियो I प्रज्वलले पनि सोध्यो - "के तिमीले मलाई सपनामा पोलेको आलू खान दिएकी थियौ?" दुवै जना अक्क न बक्क परे !

ujl · May 4, 2014 8:08 PM

@ Wonton, लेख मन पराइदिनु भाकोमा धन्यवाद I

ujl · May 5, 2014 8:29 PM

i felt like ramdev singing cum dancing @ 'party all night'..lol

sojoketo · May 5, 2014 10:00 PM

कस्तो दामी टूविस्ट ! मलाई त् अत्ति नै दामी लाग्यो यो कथा उजल ब्रो !

Nas · May 6, 2014 8:02 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all