भो अब धेरै दु:खको कुरा नगर साथी दु:खको कुराले रसिन्छ आँखा,कुडिञ्छ छाती सबैको आ-आफ्नो भागभोगको कुरा हो तिम्रो दु:ख सायद अरु कसैको सुख भो कोहि एक छाक खान नपाएर दुखी कोहि एक सरो लाउन नपाएर दुखी कोहि आफन्तको वियोगमा दुखी कोहि आफ्नो प्रेममा हारेर दुखी कसलाई बढि दु:ख छ भन्ने यहाँ त्यो नाप्ने तराजु किन्न पाइन्छ कहां मान्छे पिच्छेका आ-आफ्ना कथा छन् कसैका कथा मिठा छन् कसैका धेरै नै तिता छन् सुन,समयको खोलाले पखाल्छ दु:खलाई दु:ख-सुख आलो पालो बाचुन्जेलिलाई उपाय एउटै छ यहाँ हासिखुसी बाँच्न सिक ब्यथालाइ मास्न मिठो कथालाई साच्न धन्यबाद | Last edited: 01-May-14 12:21 PM
gairamailo · May 1, 2014 12:16 PM · 13,179 views
'स्वीकार मलाइ' भनि उनको 'मनको शान्ति' जित्यौ घुम्दै उड्दै गित 'रम्नु न हो जिन्दगि' तिमीले गायौ 'धमलाको जीवनका मूल मन्त्रहरु' खुल्लमखुल्ला ल्यायौ अनि अन्त्यमा 'एउटा कबिता' टुच्च फालेर भो अब धेरै दु:खको कुरा नगर साथी भनेर हुन्छ ? - राम्रो लाग्यो तपाईंको कविता अरु पनि कोर्नु हुनेछ साझाका भित्ताहरुमा भन्ने आशा लिएको छु थाहा छैन
ThahaChaena · May 1, 2014 12:33 PM
राम्रो प्रयास | अझ निखार्ने प्रयास गर्नुस | देबकोटा बाजेले लेखेका थिए .. सबै खोज्छन सुख भनी , त्यो सुख कहाँ छ , आफु मिटाइ अरुलाई दिनु जहाँ छ ...
rahulvai · May 1, 2014 12:33 PM
@थाहाछैन जी, पुरानो कविता पढ्नु भएछ | मेरो कवितालाई राखेर कविता कोर्नु भएछ | तेस्लाई पनि ट्यालेन्ट नै मान्नुपर्छ | आक्कल झुक्कल कविता कोर्ने कोशिश गर्छु म | हिजो राति पल्टिदा तेसै तेसै जिन्दगीका केहि तिता घटनाहरु मनमा कालो बादल बनेर आए | आँखा अनायासै भिज्न पो थाल्यो | के गरु गरु भो अनि मनलाई हल्का पार्न त्यो कविता कोरेको | म प्राय साझाको कविता पढ्ने गर्छु | तपाइको पनि | पढ्दा रमाइलो लाग्छ | बेला मौकामा केहि लेख्न सके अबस्य साझाको भित्ता लत्पताई दिन्छु | धन्यबाद | @राहुलभाइ जी तपाइको त थुप्रै कविता/लेख पढेको छु | तपाइको सब्द चयन र फ्लोले मन छुन्छ मेरो | निखार्ने प्रयास जारि रहनेछ | धन्यबाद |
gairamailo · May 1, 2014 1:20 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion