http://www.onlinekhabar.com/20... बलात्कार आरोपमा एकै घरका हजुरबादेखि नातीसम्म जेलमा २०७१ वैशाख १६ गते ९:५५ मा प्रकाशित 4954 7 0२४ बषिर्य महिलालाई बलात्कार गरेको अभियोगमा एकै परिवारका हजुरबादेखि नातीसम्म जेल परेका छन् । इन्डोनेसियाकी एक घरेलु महिला कामदारलाई बलात्कार गरी ‘यौन दासी’ बनाएको अभियोगमा ताइवानको एक परिवारका तीन पुस्तालाई जेल पठाइएको छ । ती महिलालाई सुरुमा हजुरबाले यौन दुब्र्यबहार गरेका थिए । एक दिन भुई पुछिरहेका बेला ती बृद्धले पछाडीबाट आएर उनीमाथि आक्रमण गरेका थिए । त्यसपछि उनले मुख मैथुन गर्न बाध्य बनाएको र अन्तिममा बलात्कार गरेको ती महिलाले बताइन् । उजुरी गरे इन्डोनेसिया नै फिर्ता पठाइदिने भन्दै उनले त्यसपछि हप्तामा एक दुईपटकका दरले यौन शोषण गरेको उनले बताइन् । हरेक सम्र्पकपछि उनले ती महिलालाई १६ डलर दिएर फकाउने गरेका थिए । त्यसपछि उनका ४५ बषिर्य छोराले पनि उनीमाथि यौन शोषण गर्न थाले, अन्तिममा पालो आयो १५ बषिर्य किशोरको । उनले पनि यी घरेलु कामदारलाई यौन दासी बनाउन बाँकी राखेनन् । जब यी महिलाले पैसा जम्मा गरेर आफुलाई काम लगाउने दलालको पैसा फिर्ता गरिन अनि मात्र उनले कानुनी उपचार खोजिन् । अदालतमा यी हजुरबादेखि नातीसम्मले आफुहरुले पैसा दिएर यौन सम्पर्क राखेको र त्यसमा उनी राजी रहेको दावी गरेका थिए । तर अदालतले त्यसलाई मानेन् । ४३ पटक बलात्कार गरेको अभियोगमा हजुरबालाई १० बर्ष, ३५ पटकको अभियोगमा छोरालाई ९ बर्ष र ३ पटक बलात्कार गरेको अभियोगमा नातीलाई पुर्नस्थापना केन्द्र पठाउने अदालतले फैसला गरेको छ । -एजेन्सीको सहयोगमा
yotabhayananisom · May 1, 2014 8:10 AM · 9,890 views
dhani mulukle garib muluk lai hepya hepay cha yaar...Tara sara santaannai balatkari parechan. Kasto ta. Maile nepalma sunya they, bau chora le palai pilo gareko....yespali ta nati pani parechan.
CYKA · May 1, 2014 9:07 AM
ढुकुर आतंक मुर्दाबाद| मुर्दाबाद| मुर्दाबाद|
Nas · May 1, 2014 6:37 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion