नेपाली बेबी मसाज विदेशमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपाली बेबी मसाज विदेशमा नेपालका नेवार समुदायले गर्ने बेबी मसाजलाई मकवानपुरकी नज्माले स्वीट्जरल्याण्डमा परिचित बनाएकी छन्। ३१ वर्ष पहिला स्वीट्जरल्याण्डको पेल्गटिनेन स्कूल अस्पतालमा मकवानपुर भीमफेदीकी नज्मा साहिबंलर श्रेष्ठले छोरी जन्माएपछि उनकी आमाले नातिनीलाई मालिस गरेको देखेर त्यहाँका सबै छक्क परे। सुत्केरी छोरी र नातिनी स्याहार्न त्यहाँ पुगेकी उनको नेवार समुदायमा प्रचलित तेल लगाउने विधि (बेबी मसाज) यति लोकप्रिय भयो कि अस्पतालका नर्स, मिडवाइफ, फिजियोथेरापिष्टसम्मले सिक्न चाहे। नज्मा नेवारी संस्कृतिमा विद्यावरिधि गरेका स्वीस पति जवानी साहिबंलरसँग त्यहाँ गएकी थिइन्। गर्भ रहँदा विशेष ध्यान दिएर अस्पतालमा बच्चा जन्माउनुपर्छ भन्ने थाहा भए पनि बच्चासँग संवाद गर्दै आमा वा परिवारका अन्य सदस्यले मालिस गर्ने विधि थाहा नपाएका त्यहाँका स्वास्थ्यकर्मी र मानिसहरूलाई नज्माले सिकाइन्, एक वर्षपछि बेबी मसाज स्कूल खोलेर। स्वीट्जरल्याण्डको जुरिक शहरमा खोलिएको उनको स्कूलले अहिलेसम्म २० हजारभन्दा धेरैलाई तालिम दिइसकेको छ। स्कूलमा मिडवाइफ, नर्स र फिजियोथेरापिष्ट गरी १६० जनाले तालिम लिएका छन्। हरिज् बहारुद्दिन बेबी मसाज गर्दै लीया डिएम् देबकी बिष्ट बच्चा बोक्न सिकाउँदै नज्मा श्रेष्ठ ।। नेवार समुदायमा प्रचलित बेबी मसाजको तस्वीर नज्माले मसाज गरेकाहरू अहिले बच्चा लिएर उनको स्कूलमा आउने भएका छन् भने उनले मसाज गरेका कैयौं बच्चाहरू अहिले मिडवाइफ बनेका छन्। आमा वा परिवारका सदस्यले मसाज गर्दा बच्चाले अपनत्व पाउने तथा मसाज गर्नेलाई पनि तनावबाट मुक्ति मिल्ने नज्मा बताउँछिन्। नेवार समुदायमा प्रचलित बेबी मसाजबारे नज्माले लेखेको पुस्तक अंग्रेजी र जर्मन भाषामा दशौं संस्करण प्रकाशित भइसकेको छ। वैज्ञानिक विधि नेपालमा परम्परागत मसाज लोप हुन थालेको भन्दै सन् २००५ मा नज्माले धुलिखेल अस्पतालमा फोटो प्रदर्शनी गरिन्। त्यसपछि अस्पतालले पनि यो विधिबारे आमा र बाबुलाई जानकारी दिन थालेको धुलिखेल अस्पतालका प्रशासक दीपक दाहाल बताउँछन्। धुलिखेल अस्पतालमा दुई जना मिडवाइफ सहित ६० जनाले यो सेवा दिइरहेको उनले बताए। अष्ट्रियाबाट मिडवाइफको कोर्ष गरेर नेपाल फर्केकी आश्मा श्रेष्ठ परम्परागत बेबी मसाज वैज्ञानिक भएकाले निरन्तरता दिनुपर्ने बताउँछिन्। धुलिखेल अस्पतालका असिस्टेन्ट प्रोफेसर डा. सुमनराज ताम्राकार पनि तेल लगाउने विधि फिजियोथेरापी जस्तै भएकाले रक्त सञ्चालन बढाउने बताउँछन्। यसले दुखाइ कम गर्ने, मांसपेशी कसिलो बनाउने, र बच्चा लामो समयसम्म निदाउने भएकाले दिनमा दुई पटक मसाज गर्नुपर्ने उनको भनाइ छ। हात, खुट्टा, निधार लगायत शरीरका सबै अंगमा छुट्टाछुट्टै तरीकाले मसाज गर्दा राम्रो हुने उनले बताए। बेबी मसाजबारे जानकारी लिन स्वीट्जरल्याण्ड र जर्मनबाट पाँच जना मिडवाइफ, नर्स र योगा शिक्षक २४ चैतमा धुलिखेल अस्पताल आएका थिए। उनीहरूलाई नज्मा र अस्पतालका मिडवाइफले तालिम दिएका थिए। ल मीना शर्मा

_____ · Apr 29, 2014 10:40 AM · 2,261 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all