बैशाख १५ ,भर्जिनिया विजय थापा अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ तारिखको सप्ताहमा ३१ बर्ष देखि निरन्तर रुपमा बार्षिक सम्मेलन गर्दै आई रहेको आएको ए एन ए (दि एसोसिएसन अफ नेपलिज इन अमेरिका) को ३२ औ डिसी सम्मेलनमा मनिषा कोइराला आउने भएको जानकारी प्रमुख संयोजक हेमन्त श्रेष्ठले तयारी समितिको बैठकमा जानकारी दिएका छन् l हरेक बर्ष बिभिन्न व्यक्तित्वहरुलाई बिबिध विधामा नेपाल र नेपालीको नाम उच्च राख्ने नेपालीमूलका तथा बिदेशीहरुलाई समेत सम्मान गर्ने गरेको ३२ औ ए एन ए सम्मेलनमा मनिषा कोइरालालाई सम्मान गरिने भएकोले जुलाई ४ तारिखमा आउने निश्चित भएको भन्दै मनिषा कोइरालालाई आर्थिक कोष वृद्धि गर्ने योजना समेत रहेको बताए l प्रमुख संयोजक हेमन्त श्रेष्ठले उदित नारायण झालाई पनि सम्मान गरिने योजना रहेकोले उनि संग पनि कुरा चलि रहेको बताउदै बताए भने सांस्कृतिक समितिका संयोजक तथा नायक सरोज खनालले प्रतिभा प्रतियोगिता गरिनुको साथै सांस्कृतिक साँझको लागि नेपालका ख्याति प्राप्त कलाकारहरुसंग पनि कुरा चलाई रहेको बताए l उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण ३२ औ ए एन ए सम्मेलनका संयोजकहरुले आ-आफ्ना भाबी योजनाहरु प्रस्तुत गरे भने सबैले कम्मर कस्नु पर्ने कुरामा जोड दिदै निर्वाचन पनि हुने भएकोले सहभागी ज्यादा हुने अनुमान गरिएको छ l ३२ औ ए एन ए सम्मेलनका उप संयोजक तथा लेखा परीक्षक लक्ष्मण प्रधानले सम्मेलनमा लाग्ने खर्च र आम्दानीको बिस्तृत बिबरण प्रस्तुत गर्दै २९ औ ए एन ए सम्मेलनमा $ १० हजार डलर मुनाफा कमाउन सकेकोमा ३२ औ ए एन ए सम्मेलनमा $ ३० हजार डलर जति आम्दानि गर्न सकिने सम्भावना भएको जानकारी गराए l आयोजक समितिको बैठकमा प्रतिभा प्रतियोगितामा प्रथम हुने तथा फेसन शो(भेषभुषा प्रदर्शन )मा पुरुष तथा महिला प्रतियोगितामा प्रथम हुनेलाई सहित नेपाल आउने जाने दुवै तर्फको हवाई टिकट दिईने भएको छ l यस बर्षको ३२ औ ए एन ए सम्मेलनको नारा " अमेरिकामा नेपालीमन वाशिंगटन डिसीमा ए एन ए सम्मेलन ' भन्ने नारा तय गरिएको छ l र अन्य बिबिध बिषयमा गम्भीर छलफल गरिदै अर्को हप्ता भित्र नै दर्ता प्रक्रिया तथा सहभागीहरुले अग्रिम रुपमा नै बासको व्यवस्थाको लागि आफ्नो स्थान सुरक्षित गर्न सकिने दर्ता समितिका संयोजकले जानकारी दिए l यसै गरि खेलकूद संयोजक चन्द्र लामाले खेलकूदमा संलग्न सम्पूर्ण खेलाडीहरुलाई समेट्ने गरि ३२ औ ए ए एन सम्मेलनको अगिल्लो दिन एकीकरण (पुनर्मिलन )गरिने योजना रहेको बताए l
mahoday · Apr 28, 2014 5:28 PM · 4,226 views
I hope she does not show up with yet another exotic boyfriend.
GeetMaiJawaafDiu? · Apr 28, 2014 9:26 PM
@GeetMaiJawaafDiu? What's wrong with that? Find yourself an exotic boyfriend if you are so jealous.
Hydrogen Sulphide · Apr 28, 2014 10:09 PM
First of, I meant that statement as a compliment. For someone like Manisha with a history of masculine-desire from either side of the Indo-Nepal border, I am hoping the upcoming ANA would be the occasion when Manisha would talk dirty with another Nepali man in her own mother tongue, if she so desires. Have you ever pictured that in your mind? After all, what are ANAs for other than binge-drinking and hooking-up?
GeetMaiJawaafDiu? · Apr 28, 2014 10:53 PM
बार को व्यबस्था एएनए आँफैले गरे किन ३० हजार मात्रै आक्नु हुन्छ , ६० त अबस्यै पुग्ला ? न्यूजर्जीमा गएको बेला सुरा पिऊने हरु सम्मेलन छेत्र मात्र हैन लबी देखी पिढी समेट मा बसेर पिएको देख्दा यो सुरा नभए सम्मेलन नै हुँदैन थियो होला लागेको थियो |
maGorkhe1 · Apr 29, 2014 7:23 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion