अमेरिकाको बोष्टनमा नेपाली नया बर्ष धुमधाम सँग सम्पन्न । जिबिएनसिको बैसाखी साँझ जम्नु जम्यो यसपाली ।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकाको बोष्टनमा नेपाली नया बर्ष धुमधाम सँग सम्पन्न । जिबिएनसिको बैसाखी साँझ जम्नु जम्यो यसपाली ।   *  बैसाखी साँझ लोक दोहोरी, नेपाली गित, नृत्य, भेषभुषा, नेपाली परिकारले भरिपुर्ण ,एकै थलोमा शेर्पा , थकाली, नेवारी, राई, तामाङ सेलो, गुरुङ,आदीको साँस्कृतिक प्रस्तुती ऊदाहरणिय । *  न्यु योर्क देखि न्यु ह्याम्पसायर सम्मका नेपालीहरुको सहभागिता । *  अमेरिकाका स्टेट सिनेटर र माल्देन का मेयर बाट नेपालीलाई सहयोग गर्ने बचन । माल्देन सिटिको तर्फबाट जिबिएनसि लाई सम्मान । *  सँस्थाका यम पौडेल लाई प्रेसिडेन्टियल यवार्ड र लोकप्रिय कलाकार रञ्जन बुढाथोकी,लोक दोहोरी गायक मिन के सि, र धन कुमार गुरूङलाई बिशेष अभिनन्दन । * यसपाली सोचेको भन्दा ऊत्कृष्ट कार्यक्रम भएको आयोजकको ठम्याई ।     यम पौडेल \  बोष्टन \ अप्रिल २२, २०१४  अमेरिकाको बोष्टनमा नेपालीहरुको बिगत २४ बर्ष देखिको साझा सँस्था ग्रेटर बोष्टन नेपाली कम्युनिटी (जिबिएनसी) द्वारा आयोजित नेपाली नयाँ बर्ष कार्यक्रम ‘बैसाखी साँझ’ हिजो क्याम्ब्रिज सिटीमा धुमधान सँग सम्पन्न भयो । ग्रेटर बोष्टन स्थित माल्देन सिटिका मेयर गेरि क्रिष्टेनसन को प्रमुख आतिथ्य र अमेरिकाका स्टेट सिनेटर विल ब्राऊनस्बर्जरको बिशेष आतिथ्य रहेको नेपाली नया बर्ष कार्यक्रमा लोक दोहोरी जमेको थियो भने बिभिन्न ब्यक्ति ब्यक्तित्वको सम्बोधन , रोचक नेपाली कला सँस्कृति प्रस्तुत,बिशेष योगदान दिनेमध्येका चार ब्यक्तित्व सम्मानित, कलाकारको सम्मान, नेपाली स्वादिष्ट परिकारको ब्यबस्था सहित सम्पन्न भएको थियो । करिब ५००  अटाऊने कार्यक्रम हल खचाखच थियो भने नाच्ने गाऊने र एक आपसमा भलाकोसेरी आत्मियता साटासाट गर्ने हरुको हुल कार्यक्रम सकिएपछि राति १२:०० बजेपछि पनि पनि सकिएको थिएन । आपसी भलाकुसारी, भेटघाट र आत्मियता साटासाटको लागी पनि नेपालीको लागी नेपाली कार्यक्रम बेष्ट भएको कुरा कार्यक्रम नियाल्ने बिदेशीले ब्यक्त गरेँ ।      नेपाली तथा अमेरिकाको राष्ट्रिय गित बाट शुरु गरिएको कार्यक्रम मा नेपाली चेली प्रमिता गुरुङले बासुरीबाट अमेरिकी राष्ट्रिय धुन बजाएकि थिइन भने जिबिएनसीका अध्यक्ष मिलन गुरुङले सहभागी सबैलाई स्वागत गर्दै नेपाल भनेको भौगोलिक सिमा मात्र नभै हरेक नेपालीहरु स्वयँ नेपाल भएको प्रसँङग ल्याऊदै एक पटकको नेपाली सधैको नेपाली हुनुपर्ने बारे बताए । त्यसपछि प्रमुख अतिथि गेरि ले  नेपाली हरुले बोष्टनमा थालेको पशुपतिनाथ बुद्द फाऊण्डेशनको कामलाई समेत सहयोग गर्ने बताऊदै माल्देन सिटिबाट जिबिएनसिलाई मान्यता सहित सम्मान पत्र प्रदान गरेका थिए । बिशेष अतिथि सिनेटर विल ब्राऊनस्बर्जरले नया बर्षको शुभकामना दिदै सगरमाथाको घटना र हिऊपहिरोमा दिवँगत शेर्पा महानुभाव हरु प्रति दु:ख ब्यक्त गरेँ ।कार्यक्रममा ए एन ए का अध्यक्ष क्षेवाङ शेर्पा लामा,एन आर एन, एन सि सि का अध्यक्ष शिव कुमार राई, एन आर एन अमेरिकाको को चुनाबमा अध्यक्ष पदका प्रत्यासी खगेन्द्र जिसी र नेपालीहरुका सहयोगी एशियन टाष्क फोर्शका अमित दिक्षित समेतले ले  आ आफ्नो भनाई राख्दै नेपालीलाई नयाबर्षको शुभकामना दिए । बोष्टनबासि एन आर एन अमेरिकाको लागि अध्यक्ष पदका प्रत्यासी बिष्णुहरी धौराली को शुभकामना पनि स्टेजबाट सुनाइएको थियो साथै  बरिष्ठ ऊपाध्यक्ष राम थापा बाट भोट अफ थ्याङ्क्स दिइएको थियो । सँस्थाका वोनोनरी मेम्बर शुसेली समुहका प्रमुख श्री धन कुमार गुरुङ को नेतृत्व तथा सँस्थाका सल्लाहकार एवँ हिमालयन लायन्स क्लव न्यु ईङ्लैण्डका अध्यक्ष बिष्णु कार्की समेतको सँयोजनमा सँस्थाका साथीहरुले तयार गरिएको नेपाली खानाका परिकारले सबैको मन जितेको थियो   जिबिएनसि का सचिब अर्जुन कुवर तथा सहयोगी एलिसा थापाबाट सँचालित कार्यक्रममा प्रमुख अतिथि अमिरिकि मेयर गेरि व्दारा मेडिया डाइरेक्टर यम पौडेल लाई प्रेसिडेन्टियल यवार्ड र ओनोनरि मेम्बर कलाकार त्रय मिन के.सि, रञ्जन बुढाथोकी,र धन कुमार गुरुङ लाई नेपाली समाजमा ऊहाहरुले गरेको योगदानको बारेमा ऊल्लेख गर्दै बिशेष सम्मान सहित अभिनन्दन गरिएको थियो । यसपटकको नयाबर्ष मा नेपालका बिबिध जनजातिका सस्कृतिलाई समेटिएको  थियो । यो कार्यक्रमको एक बिशिष्ट पक्ष भएको छ । चर्चित लोक दोहोरी गायक निशा सुनार र मिन के सि को दोहोरी टिमले यस पटक नेपालीलाई नचाऊन सम्म नचायो भने पपुलर गोपाल नेपाल “ फिष्टे” को प्रहसन र नृत्य तर्फ शेर्पा नाच, थकाली नाच,नेवारी नाच, राइ सकेला नाच,तामाङ सेलो,गुरुङ नाच , हिन्दि रिमिक्स, र टासि एण्ड नवाङ को डिजे आदीको सँयोजनले कार्यक्रम भरिपुर्ण रह्यो । कार्यक्रमको अन्तिममा सबै कलाकार तथा सहयोग कर्तालाई प्रमाणपत्र बितरण गरिएको थियो ।     कार्यक्रममा गायक कलकार हरु प्रबिन परियार,रमला गुरुङ र हरि राई ले आ-आफ्ना शसक्त गित प्रस्तुत गरेका थिए भने फरक फरक बिबिध जनजाति तथा नेपाली नृत्यमा प्रस्तुत हुने एकल युगल र सामुहिक नृत्य कलाकार हरुमा लाक्पा डोमा शेर्पा, पेमला शेर्पा,शिबानी शेरचन, बृति प्रजापति, सुधा गुरुङ,लिजा राई, अमिता राई, सबिता राई, शसि तामाङ, ऊषा तामाङ, बिमा राई,बिष्णु पौडेल,अञ्जु मैदाली, मञ्जु मैदाली,स्वेता लामा, निशा गुरुङ, सरस्वति गुरुङ, पुष्पा गुरुङ, प्रमिता गुरुङ, कृपा सिन्धु पौडेल, स्यालोमि प्रधान, शुष्मा अधिकारी, रुपा थापा, बर्षा बुढाथोकी, शैला तिवानी शिवाला,सुर्यमणि मधला,सुमित चौहान आदी थिए । बिभिन्न नृत्यको परिचय गराऊने महानुभाब हरुमा शेर्पा नाच को बारे पेमला शेर्पा,  राई सकेला नृत्यको बारे धौलाबिर राई,  गुरुङ नृत्यको बारे निशा गुरुङ, र दोहोरी गित को बारे धनकुमार गुरुङ र टँक लम्साल थिए भने कोरियोग्राफिमा जिबिएनसि का पुर्ब अध्यक्ष ऊत्सव गुरुङ तथा कलाकार ललिता शर्मा व्दारा निर्देशित नृत्यहरु समेटिएका थिए ।   यसपटकको लोक दोहोरीले बोष्टनमा अमिट छाप छाडन सफल भएको छ । कलाकार मिन के सि ले “रैछ रुप स्वर्गकै परि, नया सालमा भेटियो सुन्दरी भन्दै शुरु गरेको दोहोरी यसरी जम्यो कि डि जे को लागी थोरै समय मात्र बच्यो । खोज्न परे मजाकै खोज्ने हो, बुढो हैन केटालाई रोज्ने हो भन्ने निशा सुनार को गित फर्काऊदै पर्छ पछि नराम्रो सुन्न , बुढै रोज केटाको भर हुन्न भन्ने सम्म पुगेर टुङ्गिएको थियो । दोहोरीलाई सिगार्ने बाद्यबादन का साथीहरुमा मादलमा सुन्दर गुरुङ र रञ्जन बुढाथोकी,सारँगीमा शुसिल गौतम, झुर्मामा नन्दु शँकर , झ्यालीमा हरेन्द्र चौधरी, हारमुनियममा मणी लामिछाने, बासुरीमा राम थापा, र गायनमा बन्दना बुढाथोकी एवँ दिपेश बजगाई ले साथ दिएका थिए ।    कार्यक्रममा सौजन्य सहयोग कर्तामा एन आर एन एनसिसि अमेरिका अध्यक्षका ऊम्मेदवार बिष्णुहरी धौराली तथा ऊहाको धर्मपत्नी शान्ता धौराली बाट ४०० डलर, अर्का न्युयोर्कबाट आएका अध्यक्ष पदकै ऊम्मेदवार खगेन्द्र जिसि बाट ६०० डलर,  पि एफ ए को तर्फबाट महेश्वर पन्तले ३०० डलर, द न्यु योर्क लाईफ इन्स्युरेन्स को तर्फबाट कृष्ण लोहनीले ३०१, ताज सेन्टर समरभिल को तर्फबाट MR. RAHAMAN ले ७५ ,द थ्रेडिङ को तर्फबाट शिव तथा अन्जु श्रेष्ठले ४००,वान वोल्ड कुसिनले २००,हिमालयन बिष्ट्रो रेष्टुरेन्टले २५०, जेन ट्राभल्सले ५० ,  जे पि कम्प्युटर तथा टेक्निकल स्किल को तर्फबाट लक्ष्मि बजगाईले १५०, र बोष्टन थ्रेडिङको तर्फबाट सुरेश वाग्लेले ५० डलर, साथै दिनेश पाण्डेले तैल, बिमला थापा, सुरेश ढकालर सुर्य थापाले पानी सौजन्य गरेका थिए ।   सभामा भिडियोग्राफि र फोटोग्राफि तर्फ जिबिएनसिका पदाधिकारी हरु शिव मिश्र,किरण खडका, नवराज कोइराला, साझा डट कम का सान प्रधान , फोटोग्राफर बिमल नेपाल, खटेका थिए । कार्यक्रममा जि बि एन सी , बोष्टन लोक सुसेली समुह , हिमालयन लायन्स क्लव , आइ एल एन एस, , एन आर एन , बोष्टन तमु समाज, राई समाज, मगर समाज , तामाङ समाज, थकाली समाज, बोष्टन महिला समाज, एन डब्लु जि एन, एडबिन , शेर्पा समाज, नेपालको युवा, लगायत नेपाली सँघ सँस्थाका पदाधिकारी का साथै नेपाली एशोसियशन अफ कनेटिकट देखि न्यु ह्याम्पसायर नेपाली समाज का पदाधिकारीहरुको सहभागिता रहेको थियो । बोष्टनमा सधै झै नेपाली नया बर्ष आयोजना गर्न जिबिएनसि का पदाधिकारीहरु , बोर्ड अफ डाइरेक्टरहरु, सल्लाहकारहरु करिब दुइ महिना देखि कार्य बिभाजन गरि लागी परेका थिए । सबैले आ- आफ्नो जिम्मेबारी राम्रो सँग निर्बाहा गरेकाले नया बर्ष कार्यक्रम सफल भएको जनाऊदै कार्यक्रमका मुख्य को – अर्डिनेटर तथा पशुपतिनाथ बुद्द फाऊण्डेशनका अध्यक्ष बिष्णुमणी आचार्यले अन्तिममा सबै सबै सहयोगी पदाधिकारी साथी हरुलाई सम्झि संम्झि धन्यबाद दिए । स्मरणिय रहोस मुल को- अर्डिनेटर भएर पनि ऊहा स्टेजबाट एक पटक पनि बोल्नु भएन कार्यक्रमको ब्यबस्थापन र कहि कतै बिग्रन्छ कि त्यतातर्फ मात्र ध्यान दिएको पाइयो । यसलाई सहभागीले निकै अर्थपुर्ण ठानेका छन ।    धन्यबाद   फोटो साभार : साझा डट कम \ सुरेश वाग्ले \ जितेन्द्र श्रेष्ठ

San · Apr 24, 2014 2:35 PM · 112 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all