सधैं यस्तै हुन्छ !!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हुन त म चाहेको बेला बगलीबाट निकालेर "क्यारिम बोर्ड" को गोटी हान्न सक्छु, फरक यति हो की.... त्यो अद्रिश्य साथी, जो म सँग खेली रहेको छ आफ्नै अस्तित्वको प्रश्न चिन्ह बोकेर मसँग गिज्यि रहेको हुन्छ, न राम दाईको जस्तो चिया हुन्छ, न हाँसो, रिस, मुख छोडाइ पिठोको हाथ, न ट्रकको धुँवा न बाटोको धुलो, सिर्फ म हुन्छु.. र मुर्ति जस्ता मान्छे बोकेर कुदिरहेको रेल गाडी | आमाको थैलीमा नैनी भा'को थाहा थियो.....सन्दुक खोल्ने चाबी, ती चाबीहरूले कौतुहुल्ता खोल्थे, घीउ र महका ढक्कन खोल्थे | आफ्नो चाबी छाम्छु ..... न कौतुहुलता खोल्छ न उत्सुक्ता.... सिर्फ पिर्का बिनाको रित्तो "किचन" खोल्छ, सिलौटाको सौन्द्र्य त होइन, चुलेसी बिनाको नांगो भित्तो खोल्छ र खोल्छ........... अस्त ब्यस्त ओछ्यान.. अस्रल्ल छरिएको निर्जिबता... अपरिचित "स्प्रिङ"को कर्कस आवाजमा आराम खोज्ने, पागलपन | त्यही भात, त्यही काउली | बाले काउली लाउनु हुन्थ्यो | लसुन, प्याज, खोर्सानी, चम्सुर-पालुङो.... प्लस्टिकमा बेरिएको काउली हुन्छ...... न तुसारोले खा'को हुन्छ, न खोलाको पानी ला'को हुन्छ चम्सुर नै नपाए पनि पालुङोमा पाङो हुँदैन, परालले बेरेको लसुन हुँदैन प्याजमा माटो हुँदैन ........समग्रमा मिठास हुँदैन झिलिमिली हुन्छ, "लिप्स्टिक र पाउडर" घसेर बसेका तरकारी र फल्फुलहरूको झिलिमिलि | अँध्यरो हुन्छ, उज्यालो हुन्छ | कहिले हुन्छ....... कहिले हुन्छ(??) म, "क्यारिम बोर्ड" खेल्छु, काउली भात खान्छु......... र सुतिदिन्छु... सधैं सधैं यस्तै हुन्छ !!!

jhaukiri · Apr 23, 2014 12:58 AM · 17,524 views

4 Replies

राम्रो लेख!

Drogo · Apr 23, 2014 3:49 PM

मन छुने.. ती दिनहरु आँखामा झल्झली आयो!

bigT · Apr 23, 2014 7:23 PM

thank you :)

jhaukiri · Apr 24, 2014 9:44 AM

isthiti bhaya bhayae cha

jhaukiri · Apr 25, 2014 6:45 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion