Ameriki jindagi..

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकी जिंदगी November 15, 2009 at 9:24pm गति परिन्छ कि भनी जिउँदै बैतरणी तरेको स्वर्गै पुगिन्छ रे भनी मक्ख परेको गाई खानेहरूको भिडमा हरे शिव कहिलेकाहीं कुखुरा र भेडाको बगरे भइयो बेला बेला बूढी गनगन गर्थी फुनमा "ऐ बूढा हामी कहिले आउने अम्रीका?” २, ४ महिनामा त आइहाल्छेऊ नि प्रीय धन्य नमान मन मनै भन्थें"आफ्नो बिहे कहिले भाको चाल पा थिनस अब देख्ने भईस् बाउको बिहे" दलबल लिएर सबै अम्रीका आए दुईचार दिन त रमझममा बिताए, रेस्टुराँमा खाए चिल्ला सडक र गगनचुम्बी घर हेर्दै रमाए पर्सी पल्ट देखि पानी र कटेराको भाडाको खामबन्दी चिठी पाइयो म भौतारिदै एताउती डुल्न थालें “ऐ मेरी बूढीलाई पनि अब काम चाहियो / बुढाको छुट्टी भो बूढीको छैन छोराछोरी करकर गर्छन् घुम्न जाने होइन ?!! कताको मंदिर कताको धाम चार तीर प्वाल टाल्दै तलब जति झ्वाम एक दिनको बिरामी खर्च बर्षौको कमाई के के न गर्छु भनी आथिस् अम्रीका बस् अब टाउको समाई / कताको गुन्द्रुक कताको मस्यौरा कताको गुन्यू कताको पछ्यौरा पाइंट र टीशर्ट लगाई काम तिर जाम दालभात पकाउन नभ्याए हयामबर्गर खाम् ग्रीनकार्ड आउला नेपाल फर्की जाऊँला आसेपासे सबलाई आस छ अमेरिकै ल्याउला फोनैपिच्छे डलरकै आस गर्छन उता बिल नातिर्या भोलि पल्ट सडको बास एता फर्की जाऊं भने डलर कमा छैन सधै यतै बसुं त मन रमा छैन / अठार पुगेसी छोरा छोरीले छाड़ने डर डढाउनू पर्नेलाई मरेसी गाड़ने डर डेरैले तिरिमिरी झ्याई केलाई किन्नु घर किनिहालेनी दुईचार दिन नबस्दै छाडी हाल्नु पर्ला भन्ने डर मेरो मात्र होइन हजुर सबको उही हाल छ नेपालमा हुनेले त सोच्छन हजूर लौ अमेरिकामा हुनेको त मालामाल छ / Source : unknown

johnknox · Apr 22, 2014 1:28 PM · 12,173 views

1 Reply

सारै सान्दर्भिक र प्राय: अमरिकी संघर्षशिल जीवनहरुको कथा कवितामा पोख्नु भो..... त्यो स्रोत नि खुल्या भए कवि लाइ पनि प्रोत्साहन मिल्थ्यो .... - थाहा छैन

ThahaChaena · Apr 22, 2014 1:34 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all