कविता : ढुंगा भनि ठानिन उनले

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

चौतारीमा जमेको देखेर ढुंगा भनि ठानिन् उनले ढुंगालाइ तेही भगवान मानी पुजा गरिन् उनले पहाड फोडी झरेको देखेर झरना भनि मानिन् उनले धमिलो पानि स्वच्छ मानि प्यास मेटिन् उनले चर्किएको घैलो देखेर माया रसाएको भनि भनिन् उनले आँशुको सिरेटो आफ्नो मानि  निश्छल मुस्कान रेटीन् उनले खरानी संसार देखेर जलेको भाग्य भनि गनिन् उनले खरानी तेही मल मानि अर्को रोपाईं गरिन् उनले उध्रिएको भूत फाटेको आज देखेर संवेग बन्द गरिन् उनले साहस-धैर्य शक्ति मानि नयाँ भोलि उनिन् उनले - थाहा छैन Last edited: 22-Apr-14 02:49 PM

ThahaChaena · Apr 22, 2014 11:37 AM · 11,627 views

4 Replies

ठानिन्, गरिन्, मानिन्, मेटिन्, भनिन्, रेटीन्...होला नि 'थाहा छैन'.......ब्रदरले लेखेको पढ्दा त्यसरीनै पढें (ठानिन, गरिन, मानिन, मेटिन...) के नामिल्या नामिल्या जस्तो लग्यो...

bigT · Apr 22, 2014 2:47 PM

bigT जी , पढेर सहि बाटो देखाउनु भो धेरै धेरै धन्यवाद ..... मैले संसोधन गरेको छु . - थाहा छैन

ThahaChaena · Apr 22, 2014 2:52 PM

तिम्रो-मेरो कथा़़़ हिंड जाउँ म सँग! तिमीलाई आज पनि देखाउनेछु हिजो जस्तै कहानी लेखाउनेछु त्यो कहानी पढ्नेछन् मानिसहरू भन्नेछन् यो पो हो साँचो मायाँ देख्दिन कतै दायाँ बायाँ ।। समाउ मेरा हातहरू! तिमीलाई आज पनि डोर्याउनेछु पाइला पाइलामा महसुस गराउनेछु त्यो महसुस गर्नेछन् मानिसहरू  हिड्नेछन् हाम्रो जस्तै यात्रामा खोट नभएको मायाँको मात्रामा ।। बाँध मलाई अंगालोमा! तिमीलाई आज पनि अंगाल्नेछु अनि सबै गाथाहरू संगाल्नेछु ती गाथाहरू सुन्नेछन् मानिसहरू  पोख्नेछन् आँसु सुनेर भोग्नु परेको मायाँ हामीले लैला-मज्नुले जस्तो गरेको।। 

bigT · Apr 22, 2014 3:02 PM

bigT ज्यू ...... निकै मिठो कविता कुंद्नु भो..... हरेक हरफमा मायाका फूल फूलेका... मेरो धागो सजाउनु भो धन्य भएँ . - थाहा छैन

ThahaChaena · Apr 22, 2014 3:15 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all