घोडे हात धेरै बर्ष अघिको कुरा हो, हामी साना छंदाको कथा हो | काठमाण्डौमा हिजो अस्तिको जस्तो बाक्लो बस्ति थिएन | गाडी बिरलै गुद्थ्यो | मोटर साइकल धनीको शान थियो | साइकल आम थियो | धाराबाट चौबिसै घण्टा पिउन लायकको पानी झर्थ्यो , बिजुली बत्ती सधै हुन्थ्यो | तर .......सडक बत्ति हुँदैनथ्यो | जरुरत सम्झेन होला त्यतिबेला | ८-९ न बज्दै शहर मुर्दा शान्त हुन्थ्यो | रेडियो नेपालबाट रातको १० बजे मुख्य समाचारका साथ् सभा टुंग्याई श्रीमान् गम्भीर नेपाली बज्थ्यो र त्यो धून बज्नु अघि नै अधिकांश शहरले १-२ इपिसोड सपना देखिसकेको हुन्थ्यो | ८-९ बजे पछी हिड्ने भनेको सडक नापेर हिड्ने पियक्कड, गुठीबाट फर्केर हल्लिएर आउने गुठियार र रातमा गुल्जार गर्ने चोर महाशय र खाकी ड्रेस र रातो टोपीवाल पुलिस | कोइ कोइ चाहीं आफुलाई हिरो ठान्ने उरुन्ठेउला लौकाहरु पनि रातको निस्तब्धतामा केही खोजी हिड्ने वा घर टोल सुते पछी चुरोस सल्काउन निस्कनेहरु | अलि ढिला सुत्नेहरु अर्थात श्रीमान् .. आए पछी सुत्नेहरुमा हामी केटाकेटीहरु हुन्थेंम | मक्क्ल निभ्न लागेको आगो को न्यानो ताप्दै डरवाना कहानीहरु सुन्थेम | ------------------------------------------------------------------------------------------------------ एक दिन मरुहिटीको एक जना (राम दाइ ) गुठीमा गएर बुराँख्यो ( भुरुंगखेल)बाट फर्किंदै थियो रे | ९ साढे ९ बजे तिर | आधा शहर सुति सकेको समय आक्कल झुक्कल चुरोस पसल त्यो नि आधा कवल खोलेर लेट नाइट सेवा गरेर पुण्य कमाउन खोलेका हुन्थे | हिउँदयाममा अझ मुश्किलले भेटिन्थे त्यस्ता धर्मात्माहरु ! राम दाइलाई आयला ( रक्सि ) चढेको बेला चुरोस न खाइ नहुने | अरुबेला चुरोस खानेहरुलाई सात जुनीको सरापेर बस्थे | ठण्डी मौसमले पनि होला सडकमा भुक्ने कुकुरहरु पनि बासस्थान पुगिसकेका थिए | सडक सुनसान मशान जस्तो थियो | अयलाले हिम्मत बढाए नि अलि अलि डर लागेर ल्यायो | नर देबी मन्दिर वरिपरी कवंचाहरु निस्कंन्छन रे राती राती .. उसले सानोमा सुनेको कथा सम्झ्यो | कवंचा अर्थात कंकाल | साला एउटा चुरोस पसल नि खुलेको छैन | त्यसको बाउलाई सकसक लागेर मर्न लाइ सक्यो – उ मन मनै डर भगाउन खोज्दै थियो | नर देबी मन्दिर छेउमा एउटा पसलको आधा कवलबाट उज्यालो परावर्तन भएको देख्यो | के खोज्छस जड्याहा ? जाँड .... भने जस्तो भन्दा पनि कोइ भेटिए झैँ , डर मेटिए झैँ लाग्दो हो | चुरोस पासल नै हो रहेछ | “साहुजी गेरा चुरोस २ ओटा भन्दै” १० पैसे पीतलको ढ्याक हुर्र्याई दिए | साहुजी माकल टोपीलाई , दोलाई ओढी अगाडी मक्कलमा आगो फुकी राखेको थियो | साहुजी चुरोस .... आफै लिएर जाउ बाउ – साहुजीले मुन्टोले गौंडा चुरोस तिर संकेत गरे | “साहुजी पनि आफै न दिई, कति अल्छी भा भने ... दोलाईबाट हात झिक्न पनि अल्छी गर्ने .. यो त भएन नि ‘ डर हराएकोले फुर्तीका साथ् राम दाइले टिप्पणी गरे | “हैन बाउ आफै लेउ” .. साहुजीले हात झिक्न मानेन | ह्या साहुजी त्यस्तो अल्छी भएर देश कसरी बिकास हुन्छ ?? ८ किलास पढेको विद्वतता देखायो राम दाइले | “लौ बाउ यस्तो हातले म कसरी चुरोस निकालेर दिउँ” भन्दै दोलाईबाट हात झिकेर अन्जुलीमा पानी भरे जस्तो गरि हात देखाई दिए ... हात मान्छेको जस्तो हात थिएन ...... घोडाको गोडा जस्तो थियो अर्थात घोडे हात | राम दाइको होस् हवास उड्यो ... अयला सयलाले साथ् छोड्यो र त्यहांबाट सुइकुच्चा ठोक्यो | नरदेबीबाट यतखा के पुगेको थियो बिरलै भेटिने रिक्सा देख्यो | रिक्सावाल बाटो छेउमा रिक्सा रोकेर सुति राख्या | “ए दाइ ए दाइ छिटो जाम न तल मरु सम्म “ घच्घच्याएर उठाए | कस्तो मुन्छे यो त, मस्त संग सुत्यालाई .. रिक्सावालले खाउला झैँ हेर्र्यो | “मरु सम्म जान्न, आफै हिडेर जाउ “ रिक्सावाल फेरी घुर्न थाल्यो | ‘हैन दाइ आपतै परो, छिटो जाम न ‘ राम दाइ हतासले करायो | किन डर लाग्यो जवान हट्टाकट्टा भएर पनि | रिक्सावालले नि दनक दियो | हैन दाइ भर्खर चुरोस किन्न एउटा पसल गएको थिएँ, साहुजीलाई चुरोस दिनु भनेको त .. साहुजी हात त .... डरले काप्न थाल्यो राम दाइ | “येह , साहुजीको हात यस्तो थियो हो “ भन्दै रिक्सावाल ले आफ्नो हात देखाए ........... राम दाइ संग होस् हवास केही थिएन , १०० मिटर ड्यास हानेको गतिमा दक्षिण तिर लाग्यो | मरुहिटी मोड तिर नै भूत स: अर्थात भूत बस्ने सत्तल ( पाटी) छ | भूत स: को छेउ मै एक जना मान्छे संग ठोक्किए | बल्ल अलि अलि होस् आए छ | त्यो व्यक्ति पनि हल्लन झुल्लन थियो | मिखा मरुला (आँखा छैन ?), मै कहाँ ठोक्किनु पर्यो तलाई ?? झोक्कीयो बुढो | “त:बा ( ठुलोबुबा) मलाई बचाउ मलाइ बचाउ ....” मलाई भूतले लखेट्यो | उ बेहोस मै करायो | खोइ भूत , अहिलेको जमानामा नि भूत हुन्छ ? जाँडले लखेत्या होला | आँखा खोलेर बिस्तारै घर जाउ, सानै उमेरमा धेरे नखानु | “ हो भन्या यही आँखाले २-२ जनाको हात देखें “ “कस्तो हात बाउ , यस्तो हो ......” बुढोले पनि त्यही हात देखाए छ र राम दाइ अब भने उठ्न सकेन |त्यहीं ढल्यो | -------------------------------------------------------------------------------------- यही हो घोडे हातको कथा | त्यो कथा सुनेर हामी धेरै दिन सम्म एक्लै ट्वाइलेट जान पनि डराउँथेम | नर देबीको मन्दिरबाट आयुर्वेदिक अस्पताल जाने मोडमा एउटा चुरोस पसल देखेर आंग सिरिंग हुन्थ्यो | भूत स: निर पुग्यो भने पाइला छिटो बढाउथेम | घोडेहातको कथा कथा मात्र थियो | तर बिजुली बत्ती, धाराको पानी पनि अब कथा भैसके छ | केही बर्ष पछी यो पनि डरावना कथा बन्ने छ | अस्तु!!! Last edited: 21-Apr-14 01:09 PM
rahulvai · Apr 21, 2014 9:48 AM · 25,529 views
खोज्छस जड्याहा ? जाँड .... भने जस्तो भन्दा पनि कोइ भेटिए झैँ , डर मेटिए झैँ लाग्दो हो | - लोल १० पैसे पीतलको ढ्याक रे लौन १० पैसा त सिलाबर का हुन्थे हाम्रा पालामा त .... कैले को कहानी होला त गाँठे यो त.... रमाइलो दन्ते-कथा प्रस्तुत गर्नु भो ठुल्दाई ... रसिलो .... रमाइलो .... खडेरीमा सुक्या घाँस पा'को जस्तै भो यो कथा पढेर ..... - थाहा छैन
ThahaChaena · Apr 21, 2014 10:03 AM
Thanks Thuldai.. Enjoyed as always... "बिजुली बत्ती, धाराको पानी पनि अब कथा भैसके छ | केही बर्ष पछी यो पनि डरावना कथा बन्ने छ |"
yacc · Apr 21, 2014 10:05 AM
राम दाइको आयलाको नशा चुरोस काण्डले झरेको त:बा काण्डमा त सोत्तर ...तेस्पछि रात-बिरात हिड्न छाडे होला होइन ठुल्दाइ ? चलचित्र हेरेको जस्तो भयो ! अरु किस्सा पनि सुन्न पाम् !!
bhakte dai · Apr 21, 2014 10:34 AM
राहुल दाई को कथा रोमान्चक लाग्यो. मैले पनि सानो छदा यो कथाको रिमिक्स वर्सोन सुनेको थिए...त्यो कथा मा चाही लाल्टिन बोकेको मान्छे हरु भेटिन्थ्यो जसले लाल्टिन उचालेर आफ्नो अनुहार देखाउदै यी यस्तो थियो भन्दै तर्सौथ्यो...(अनुहार मा नाख मुख केहि हुन्दैन थियो रे त्यो भूत को चाही ).
lamopuri · Apr 21, 2014 11:08 AM
ठुल्दाइ बदो मज्जा आयो। शोर्त् अन्द स्वीत कथा। ठुल्दाइ को कथा पदेर मेरोनी बच्पना याद आयो। हामी बच्चामा लाखे नाच हेर्न जाने बाटोमा मचा:गा (बच्चा हरु मर्दा गाद्ने ठाउँ)थेयो अनी बेलुकी ९ बजे पछी बच्चा हरु रून्थ्यो। त्यो ठाउँ आउने बितिकै आँखा चीम्ली मोटरसाइकल मा गेअर चेन्ज गरे जस्ताइ दौदन्थ्ये र घर पुगेछी मात्र आँखा खोल्थीय।
rawbee · Apr 21, 2014 12:54 PM
thuldaai ko naya kathaa aayechha...majjale padhiyo.....baalyakaal ko jhajhalko po aayo......Enjoyed as always... dhanyabaad thuldaai laai, aru pani jaaos.....
baaramaase · Apr 21, 2014 1:47 PM
Rahulvai, my apology for not being able to write this in Nepali even though I want to, my Nepali is worse than my English. Rahulvai, you captured chunk of that bygone era and presented a fresh. I still remember I used to get goose bumps hearing Shri Man Gamveer played late night by radio Nepal. My ears still echos that special tune played by Radio Nepal before news late at night. My grandpa used to listen to his vintage tombstone radio having round bandwidth indicator, and sometimes in good mood used to spill his adventures, everything from hunting wild animals, and sometimes frightening encounters with unknown. And yes I too remember very vaguely about the few private and public vehicle running in Kathmandu Valley, also there used to be one and only magazine store in New Road and people used to wait outside that store every evening to grab a hold of ‘Times of India’ or some other international magazine delivered by courtesy of RNAC, that is the only part that changed for good in Kathmandu, otherwise everything about good old Kathmandu is obscured by dust, smoke and concrete jungle.
jungle book · Apr 21, 2014 1:52 PM
त्यो कथा त हामीलेनि सुन्या हो, तर राम दाइ हैन अर्कै को| त्यहि पनि पुरै कथा पढ्न खुब रमाइलो लग्यो| अरु पनि जावोस. Rahulvai को narration को कुरै अर्कै||
Kiddo · Apr 21, 2014 2:21 PM
राम दाइको कथा पढेर ति सबै गल्लि हरुको याद आयो ठुल्दाई / खुबै मज्जा आयो ठुल्दाई / कथा पढदा पढदै पिसाब लगेर आयो भन्या, टोइलेट जान पनि डर पो लग्यो बाई /
Karnali Blues · Apr 21, 2014 9:27 PM
छोटो अनि मिठो लेख, राहुलभाइ!
Drogo · Apr 23, 2014 3:53 PM
Made me remember Bhairav Aryal!! :)
arni1101 · Apr 23, 2014 8:02 PM
थाने, दन्त्य कथा संग संगै अन्त्य कथा नि पस्केको थिएँ -त्यति बेलाको काठमान्डूको | धन्यबाद टिप्पणीको लागि | yacc जी सत्य हैन त "बिजुली बत्ती, धाराको पानी पनि अब कथा भैसके छ | केही बर्ष पछी यो पनि डरावना कथा बन्ने छ |"??? भक्ते दाई ट्याम मिलाएर त:बा हरुले कथेका कथाहरु सुनाउने छु | लामोपुरी यो कथाका अनेक भर्सन छन् | घोडे हात , भुत्ले हात , ख्याके अनुहार , अनुहार बिहिन अनुहार आदि इत्यादि | कथा भन्दा नि त्यति बेलाको परिस्थितिको चित्रण गर्न खोजेको हुँ | रबि जी , हामी पनि त्यस्तै थियम | अझ एस एल सी दिंदा क्षेत्रपाटी चोकमा ट्युशन पढ्न जान्थे ...| कसैले ट्युशन न पढ्ने बिषय "नेपाली " मा म एक मात्र बिद्यार्थी अनि फर्किंदा रात को १० बज्थ्यो | क्षेत्रपाटी इखा पोखरी अगाडी त्यो बेला बडा गुरुज्यूको आलिशान दरबार को लामो पर्खाल थियो | यकातिर कन्या मन्दिर स्कूल र इखा पोखरीको पर्खाल | कुनै पसल सासल थिएँन | दरबारको छेउ मा छ्वास: थियो ( छ्वास := मर्दा पर्दा , मरेको मान्छेको भाग चढाउने ठाउँ | छ्वास: देखि डराएर क्षेत्रपातिको सिधा बाटो न आइ , थहिटी श्रीघर बिहार बाङ्गे मुढा, इन्द्रचोक हुँदै फर्किन्थे | बाह्रमासे त्यै बाल्यकालको झझल्कोलाई लिपिबद्ध मात्र गरेको हुँ | जंगल बुक अझै पनि त्यो पत्रिका पसल छ नै तर अर्कै ठाउँमा प्युखा जाने बाटोमा | संदेश गृह - ल्याण्ड मार्क पत्रिका पसल थियो | टाइम्स अफ इंडिया , हिन्दुस्तान टाइम्स आदि को लागि प्रख्यात | त्यो पत्रिका लिन भिड हुन्थ्यो | त्यति बेला सन् चांदीको भाउ त्यो पत्रिका आए पछि तय हुन्थ्यो सांझा ५ तिर | अझ देशमा केही घटना घट्यो र तत्कालिन पंचायती सरकारको बिरोधि कुरा पर्र्यो भने त्यो पसल मा झन् ठुलो भिड लाग्थ्यो किन कि अन्चलाधिश महोदयले पढीसके पछि आपत्ति जनक कुरा छ भने जम्मै पत्रिका अञ्चलाधिश कार्यालय ( हाल उपत्यका प्रहरी कार्यालय , रत्नपार्क ) भित्र जफत गरेर लैजान्थ्यो | पंचायतको दमन को एउटा कोशे ढुंगा संदेश ग्रिह पनि हो | Kiddo जी धन्यबाद , रमाइलो मानि पढी दिनु भयो | कर्ने , डराई डराई साथी लिएर ट्वाइलेट जानु को मज्जा बेग्लै , अनि फर्किंदा " भूत वल- अर्थात भूत आयो " भनि दौडी आउनु को मज्जा बेग्लै | Drogo जी धन्यबाद | arni 1101 भैरब अर्याल संग यो नाथेको तुलना गर्न मिल्दैन | भैरब अर्याल, केशब राज पिंडाली जस्ता लेखकहरु बिरलै जन्मिञ्छन यो धरतीमा |
rahulvai · Apr 24, 2014 10:47 AM
Thuldai, daami katha as always. I read it last night (What a timing!! :D), was too scared to sit back and type the words after reading it, lol. Anyway, your kathas are one of the reasons to stay around in Sajha.
*~Spring~* · Apr 24, 2014 2:03 PM
गजब ठुल्दाई ... गज़ब !! हाम्रो बाजेलाई नि एक ताका बोक्सीले लखेटेको कथा सुनेको थिए. तपाई को कथाले उ जमानाको बिरानो जंगल यानी काठमाडौँ को याद आयो.
daum · Apr 24, 2014 5:13 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion