ए एन ए निर्वाचन समिति गठन र जुलाई ४ मा निर्वाचन हुने घोषणा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बैशाख ६ ,भर्जिनिया विजय थापा अप्रिल ११ तारिखमा बसेको ए एन ए (दि एसोसिएसन अफ नेपालिजइन अमेरिका )को कार्यकारी समितिको बैठकले सर्बसम्मती द्वारा निर्णय गरि र उक्त निर्णयलाई पारित गर्दै निर्वाचन समितिको गठन गरेको छ l उक्त निर्वाचन समितिको गठन गर्नुको साथै जुलाई ४ तारिखमा निर्वाचन गर्ने र जुलाई ५ भित्र निर्वाचनको नतिजा घोषणा गर्ने भएको छ l निर्वाचन समितिमा डिसी महानगर क्षेत्रका अभिनेता सरोज खनाल ,न्युयोर्कका संचारकर्मी तथा युएसनेपाल अनलाईन डटकमका सम्पादक प्रदिप थापा मगर ,क्यालिफोर्नियाका लेखा परीक्षक (सीपीए )राजेन्द्र सिवाकोटी रहेका छन् भने महिलाहरुको सहभागितालाई उच्च प्राथमिकता दिदै आधा आकाश ढाकेका महिलाहरुको तर्फबाट प्रतिनिधित्व हुने गरि क्यालिफोर्नियाबाट सीता गुरुङ तथा फ्लोरिडा नेपाल संघ /अनेसास फ्लोरिडा शाखाकि बिना पाण्डेलाई समितिमा मनोनित गरिएको छ l ए एन ए निर्वाचन समितिको प्रमुख निर्वाचन आयुक्तमा लेखा परीक्षक (सीपीए )राजेन्द्र सिवाकोटी रहेका छन् भने नव नियुक्त प्रमुख निर्वाचन आयुक्त राजेन्द्र सिवाकोटीले ए एन ए कार्यकारी समितिले दिएको जिम्मेबारीलाई शिरोधार्य गर्दै निर्वाचन जुलाई ४ मा नै हुने र पूर्ण बिधान अनुसार निर्वाचन गराईने प्रतिबद्दता जाहेर गर्दै ए एन ए कार्यकारी समितिलाई धन्यबाद दिएका छन् l निर्वाचन सन् जनवरी १५ ,२००९ तारिखमा संसोधित बिधान अनुसार हुने छ र यहि बिधान अनुसार २०११ को डिसी सम्मेलनमा पनि निर्वाचनको घोषणा गरिएको थियो l नव गठित निर्वाचन समितिलाई बिधानको ब्याख्या गर्नु परे ,राय ,परामर्स तथा सल्लाह लिनु परेमा सल्लाहकार समितिको गठन समेत गरिएको छ l सल्लाहकार समितिमा अमेरिकाको न्युयोर्कमा कानुनी व्यवसायीको रुपमा लामो समय देखि रहदै आएका अधिवक्ता तथा कानुनविद बिनोद रोका ,केशब सेडाई र रमेश श्रेष्ठलाई मनोनयन गरिएको छ l ए एन ए को निर्वाचन पूर्ण प्रजातान्त्रिक तथा पारदर्शी सम्पन्न गराउन कुनै कसर नछोड्ने प्रमुख निर्वाचन आयुक्त राजेन्द्र सिवाकोटीले बताए l गत पौष २३ गते ३२ औ ए एन ए सम्मेलन डिसी महानगर क्षेत्रमा हुने सूचनाको साथै उक्त सार्वजनिक सूचनामा निर्वाचन समेत हुने भनि उल्लेख गरिएको संचार माध्यममा प्रकाशित भएको थियो l गत पौषमा ए एन एको सम्मेलन डिसी महानगर क्षेत्रमा हुने तय र निर्वाचन पनि हुने भनि सूचना सार्वजनिक भए पछि सम्मेलनमा सहभागिताको चहल पहल ज्यादा हुने आशा गरेको ३२ औ ए एन ए सम्मेलनका प्रमुख संयोजक हेमन्त श्रेष्ठले बताए l

mahoday · Apr 19, 2014 1:53 PM · 2,818 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all