नकचरो विजय कुमार अनि नकचरि करिश्मा मानन्धर

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हैन करिश्मा ले राजेश हमाल अङ्कल को कुरा गर्दा पानि नै पिउने बनायो नि विजय कुमार ले. अनि कति घमण्ड ले भरिपुर्ण अहमता प्रदर्शन गरेकी करिश्मा आन्टी ले . अनि त्यो नकचरो विजय कुमार ले राष्ट्रिय स्तर को टी भी मा बोलेको हेर्नुस त " तपाइको थोपडा अझै पनि सुन्दर नै देखिन्छ रे ! " हेरेर एकछिन रमाइलो गर्ने कि ? http://www.ekantipur.com/video...

lamopuri · Apr 17, 2014 8:05 PM · 24,432 views

18 Replies

दुबैले खुब अंग्रेजी शब्दहरु मरी मरी घुसाएर कुरा गरे होला. दुबैलाई अंग्रेजी शब्द प्रयोग गर्दा ठुलो भईन्छ भन्ने छ. के हेर्नु यो नाटक.

kanchu! · Apr 18, 2014 6:21 AM

अंग्रेजी त घुसावोस कि , रहर न हो, पुरा गरोस कि , तर दुवै जना ले ठुलो ठुलो कुरा गरेको चै पचौनै गारो भो के मित्र .

lamopuri · Apr 18, 2014 7:42 AM

Bijaya Kumar..... न नेपाली मा एउटा पुरा वाक्य लेख्न आउने न अंग्रेजी मा पुरा वाक्य लेख्न आउने मान्छे हो अमेरिका मा बस्ने तोरी मोडेल हरु जस्तै.... Too many use of " like " and never a full English sentence douches

SAP Dude · Apr 18, 2014 8:01 AM

एक चोटी  झुक्केर जल शाहको अन्तरबार्ता हेर्न पुगेछु |छि घिनै लाग्यो | अनि तेस्पची कहिल्यै हेरोनीहरुको अन्तरबार्ता हेर्दिन भनेथे | अनि एकचोटी माल्भिका सुब्बाको अन्तरबार्ता हेरेथें | बाफरे | कस्तो बौदिक कुरा गर्नी यार | तिन छक खाएँ | अनि बिस्तारै हेरोनीहरुको राम्रो छाप पर्दै थियो फेरी यो हेरोनीले सबै बिगर्दी | क्लिक गरेर हेर्नुस न |  बिजयकुमार त खै किन हो सबैले कस्तो राम्रो कस्तो राम्रो भंचन | मलाई त फिटिक्कै मन पर्दैन | यो अन्तरबार्ता को सुरु मा : व्हाट द फक ? द्याट फकिंग अक्वार्ड साइलेन्स | हाहाहा 

Fuel Tank · Apr 18, 2014 8:06 AM

अम्रिका ले करिस्मा लै बोल्न चै राम्रो बोल्न सिकाएछ जस्तो लग्यो. This is just my opinion. Critics are welcome. Bijay Kumar is a renowned media personality unlike Dhamala I like the big pauses between questions.  Last edited: 18-Apr-14 08:15 AM

mno · Apr 18, 2014 8:12 AM

बिगत मा विजय कुमार मलाई मन पर्थ्यो तर केहि वर्ष देखि मोरो अलिक निकै नै चढिएको छ. कैले अन्तर्वाता को बीच मै फोन उठाउछ कैले सुन्नै अफ्ठेरो लाग्ने सब्द हरु प्रयोग गर्छ . म जस्तो बरिस्ठ पत्रकार कोहि छैन भन्ने घमण्ड चढेको अनुभूति हुन्छ.

lamopuri · Apr 18, 2014 8:17 AM

See some amricane interviews too. I see big pauses between some questions and replies. Change in people comes with experience. Does't it?

mno · Apr 18, 2014 8:24 AM

There are only three Journalists that i personally like in Nepal. They are Bhusan Dahal, Narayan Shrestha, and Dil Bhusan Pathak. These three are far better than Douche Bijay Kumar. Tired of his fake smile, fake acting, stretching of words unnecessarily, and awkward silence between conversation. Last edited: 18-Apr-14 08:48 AM

SAP Dude · Apr 18, 2014 8:32 AM

अन्तर्वार्तालाई ध्यानपूर्बक हेरियो, सुनियो | तर जहाँ सम्म मलाई लाग्छ न बिजय कुमार नकच्चरो देखियो न करिश्मा नकचरी नै | बिजय कुमार कस्तो पत्रकार थिए वा हुन् त्यता तिर जान्न | सर्बगुण सम्पन्न पत्रकार हैनन् | अन्तर्वार्ता हेर्दा लाग्यो - दुवैले आफ्नो हैसियत अनुसार न्याय गरेका छन् | करिश्मा लाई सानै देखि ( सिनेमा मा आउनु भन्दा अघि ) चिन्नेलाई थाह छ उनको हैसियत र उनको परिवेश | ८  किलास पनि नपढेकीले आज जिन्दगीको बारेमा यावत कुरा गर्न सकेकी छिन | बिजय कुमारले भने जस्तै " जिन्दगीले धेरै  कुरा सिकाएको छ उनलाई " | हो अलिकति घमण्डको र अलिकति नक्कली बौद्धिकताको झझल्को देखाएकी छिन शायद नौटंकी मै जिन्दगी बिताएकी ले होला | धेरै कुरा ढांटेकी छे | गौशाला बत्तीस पुतलीका त्यो बेलाका युबा युवतीलाई थाहा छ नै वास्तविकता के हो भनेर | अरु धेरै नौटंकी चरित्रहरु भन्दा सहज , स्तरीय र जीवन जगत को कुरा गरेको जस्तो लाग्यो | बिजय कुमारले जुन हल्का ढंगले लिएको थियो त्यो भन्दा भारि लाग्यो करिश्माको जवाफ | यसको अर्थ यो हैन कि स्तरीय र बौद्धिक छन् करिश्माको जवाफ ... तर उनको धरातलीय यथार्थता र नौटंकी जगतका औसत अनुहार  भन्दा चाहि राम्रो नै लाग्यो | Last edited: 18-Apr-14 09:31 AM Last edited: 18-Apr-14 09:32 AM

rahulvai · Apr 18, 2014 9:28 AM

Rahuldai , ajha yo bunu ko bisaya ma prakash pari dinu huncha ki? tapai ta karishma jee ko samakalin manche...dherai kuro thaha cha ni tapailai unko baarema haina ra?

lamopuri · Apr 18, 2014 9:39 AM

राहुलभाई को जवाफ चित्त बुझेन | "करिश्मा जुन पृष्ठभूमी बाट आएकी हुन्, तेस्तो ठाउँ बात आएर पनि एस्तो कुरा गर्न सकिन् | भलै धेरै बौदीकता नहोला तर जे गरिन् आफ्नो गक्ष अनुरुप राम्रो गरिन्" भन्ने जस्तो आभाष पाएँ तपाईंको जवाफमा | होइन बिल्कुलै होइन | मान्छेको अन्तर्वार्ता कुन हैसियतमा लियिएको छ, उसको स्तर त्यहि अनुसार को हुनु पर्छ | कुनै कखग नाम गरेको टुहुरो मान्छे , राम्रो शिक्षा नपाई हुर्कियो (पृष्ठभूमि) | एउटा सज्जनले पालेर पढाएर देशको धेरैनै ठुलो व्यक्तित्व भयो (उसको स्तर) | एक दिन अजयकुमार ले कखग को अन्तर्वार्ता लियो रे | अब तपाईं नै भन्नुस | उसले कुन स्तरको अन्तर्वार्ता दिने ?

Fuel Tank · Apr 18, 2014 10:02 AM

Couple of weeks back I had posted in one of the post about Vijaya's interview style.I had said his interviews make me laugh and his questions doesn't make any sense to me.Some of sajha dude called me 'liar'.Vijaya is arrogant and invites people without doing some kind of homework/research on that guest. Watch rameshwor khanal interview with Viajay and Dil Bhusan and see the difference.

edipre · Apr 18, 2014 10:03 AM

In context of Nepalese journalism this is pretty good interview. Both interviewer and interviewee have done fairly good job. This is just my opinion - you can disagree. Put yourself in each position and judge others. I like Karishma - not a big fan of Bijay though. Thanks and have a good Friday! Icanfly!

Icanfly · Apr 18, 2014 10:13 AM

Bijaykumar ले सोधेको प्रस्न मन पर्यो , सब भन्दा मन पर्ने लाइन चै करिश्मा ले म सेलेब्रेटी तेस्तो गर्न हुन्न भन्दा तपाई भन्दा ठुला मान्छे नि छन् भनेको मन पर्यो . किन मै हु भाको त्यो बुडी माउ लाइ . येह बसेर काले लै sandwich खौदा खौदा भो अब पुग्यो भनेर गइ आइले नाटक बेसी .

facebook · Apr 18, 2014 10:18 AM

टंके, मेरो आसय अलिकति मिलेन | मैले भन्न खोजेको कुरा चाही औसत नेपाली नौटंकी भन्दा राम्रो जवाफ दिए भन्ने मात्र हो | औसत नेपाली नौटंकीहरुको अन्तर्वार्ता त हेराकै हुनु पर्छ नै " अमेरिका भरि होम लेस हरु भेटें " भन्ने खालका | करिश्माले कति ढाँटी भन्ने कुरा त उसलाई सानै देखि चिन्ने र अमेरिकामा देख्ने बुझ्नेलाई थाहा छ नै | कति फुर्ति लाई भन्ने कुरा त स्पष्ट छ नै | तर मैले उठान गर्न खोजेको चाही उनको वास्तविक हैसियत भन्दा एक तह माथिको जवाफ जस्तो लाग्यो भन्ने मात्र हो | यी कलाकारहरु पनि भ्रममा बाच्छन | उनीहरुलाई लाग्छ ग्लेमर दुनियामा बाहेक उनको अर्को पाटो नै छैन | देशको माया लागेर स्वदेश फर्केकी कि यहाँ बाच्ने नसकिने परिस्थितिजन्य कारणले धेरैलाई थाह भएकै कुरा हो| यिनै झूठका पुलिन्दा भित्र पनि केही राम्रा कुरा खोकेकी जस्तो लाग्यो| मेरो बुझाइ संग तपाइँ असहमत सक्नु हुन्छ | मेरो बुझाइको कोण र दृष्टिकोण तपाईं संग न मिल्न सक्छ | यही न हो बिबिधता | भन्छन " कुण्ड कुण्ड पानी , मुण्ड मुण्ड बिचार " |

rahulvai · Apr 18, 2014 10:29 AM

करिश्माको बारेमा rahulvai दाई ले भनेको कुरोमा म पनि एकदम सहमत छु | "करिश्मा लाई सानै देखि ( सिनेमा मा आउनु भन्दा अघि ) चिन्नेलाई थाह छ उनको हैसियत र उनको परिवेश | ८ किलास पनि नपढेकीले आज जिन्दगीको बारेमा यावत कुरा गर्न सकेकी छिन | बिजय कुमारले भने जस्तै " जिन्दगीले धेरै कुरा सिकाएको छ उनलाई " | हो अलिकति घमण्डको र अलिकति नक्कली बौद्धिकताको झझल्को देखाएकी छिन शायद नौटंकी मै जिन्दगी बिताएकी ले होला" यो अन्त्रर्बरता हेरिन मैले , तर औपचारिक सिक्ष्या नभएपनि करिश्मा 'किताब' पड्ने गर्छिन भन्ने पढेको/सुनेको थिए | बास्तबमा 'किताब' ले मान्छेको सोचाई को horizon फराकिलो बनौचा | राजेश हमालले गहकिलो कुरो गर्ने MA को certificate भएर भन्दा पनि 'किताब' पढेर नै हो |

nepalilaure · Apr 18, 2014 11:15 AM

खासै अनौठो लाग्ने अन्तरबार्ता लागेन ..हल्ला खल्ला भएकोले हेरियो ....आशा थियो करिस्माले Stardom देखौना खोज्छिन् र विजय कुमारले आफु बौधिक देखिन खोज्छन् | आकास खस्ने , पाताल भासिने केहि भए जस्तो लाग्दैन | करिस्माले सयौ पटक स्टार स्टार भन्दा र उत्तर दिंदा घमण्ड छताछुल्ल भएको पाएँ (व्यक्तिगत जीवनका बारे धेरै हल्ला गर्नु भन्दा कलाकारलाइ कलाकारको रुपमा हेरें मैले ) | त्यति नपढेकी भए पनि अरु नायिकको तुलनामा अंग्रेजी राम्रै बोलिन (हुन त हामिमा अंग्रेजी नबोले अनपढको टिका लगाउने प्रवृति छ ..खास गरेर कला क्षत्रमा ) बिजय कुमारले होच्याएको जस्तो लाग्यो ...कलेज नजादैंमा कोइ कम बौद्धिक हुने होइन | 'कलेज ग'को भए थाहा हुन्थ्यो' भन्दा महसुस गरे आफुले अलि बढी बोलेको | प्राय बिजय कुमार हावी हुन्थे उनका पुराना अन्तर्वार्ताहरुमा आजकाल बढी सम्म्यम अपनाउछन् आजकाल (तर बौद्धिक हुन खोज्छन् ...जुन राम्रो कुराहो ) तर करिस्माले ठुलो स्वरमा खोक्रो आदर्श र बौद्धिकता छाटेर आफैँलाइ नग्याइन

bhakte dai · Apr 18, 2014 4:21 PM

Dil Bhusan is a way better than vijaya kumar

prita7 · Apr 19, 2014 9:44 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all