अमेरिकामा डेमोक्र्याटिक पार्टीको उम्मेदबार अमृता रेग्मी संग एटलान्टामा अन्तरक्रिया

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकामा डेमोक्र्याटिक पार्टीको उम्मेदबार अमृता रेग्मी संग एटलान्टामा अन्तरक्रिया बैशाख ४ ,भर्जिनिया विजय थापा गत हप्ता अमेरिकाको जर्जियास्थित ग्विनेट काउन्टी जिल्ला ९५ का लागि डेमोक्र्याटिक पार्टीको तर्फबाट नेपाली मूलकी उम्मेदबार अमृता रेग्मी(बिद्या वारिधि )को प्रारम्भिक चुनाबी दौडको लागि स्थानीय नेपाली समुदायको पहलमा भेटघाट तथा कोष वृद्धि कार्यक्रमको साथै नेपाली नया बर्ष मनाईएको छ l अमेरिकि राजनीतिमा नेपाली मुलकी अमृता रेग्मी (पी एचडि )ईतिहास मै नेपाली समुदायकि पहिलो महिला उम्मेदवार बनेकी छिन् र डेमोक्र्याटिक पार्टीको तर्फबाट आफु मात्र उम्मेदवार भएको जानकारी गराएकी छिन् lउक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा रेग्मीले आफ्नो पृष्टभुमिको बारेमा चर्चा गर्दै २००७ देखि अमेरिकाको राजनीतिमा लागेको हुनाले यहाँ सम्म पुग्ने अवसर पाएको बताईन l थप जानकारी दिदै यसपाली चुनाबको निक्कै महत्व छ भन्दै निर्वाचन निकै प्रतिस्प्रद्धा हुने विचार राख्दै नेपाली समुदायलाई सहयोग गर्न आब्हान पनि गरिन l अमेरिकाको निर्वाचनमा अर्थको महत्व निक्कै हुने हुनाले नेपालीहरु अमेरिकाको राजनीतिमा सहभागी नभएको देखिएकोले अर्थ दान(डोनेसन) को लागि नेपाली समुदायको पनि ठुलो भूमिका हुने भएकोले सहयोग मिल्ने छ भन्ने आशा गरेको बताईन l उक्त कार्यक्रममा उपास्थित समुदायले केहि जिज्ञाशा पनि राखेका थिए भने रेग्मीले उत्तर दिएकी थिइन् l कार्यक्रमलाई मनोरंजन बनाउने उदेश्यले कार्यक्रमको अन्त्यमा अम्बिका शर्मा र राजा घलेले कविता बाचन गरेका थिए भने शंकर पोखरेल र प्रिशा शर्माले गीत प्रस्तुत गरेका थिए l उक्त कोष वृद्धि तथा भेटघाट कार्यक्रममा समुदायका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको गरिमामय उपस्थितिमा निर्वाचनको लागि भनि उठाईएको चन्दा (आर्थिक )सहयोग राजा घलेले अमृता रेग्मीलाई हस्तान्तरण गरेका थिए l

mahoday · Apr 17, 2014 8:03 PM · 3,329 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all