५ बैशाख, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) को सारजहाँबाट आएको एयर अरेबियाको एउटा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने तयारीमा थियो। ९६ यात्रु बोकेको जहाजलाई चालकदलले अवतरण गराउनै लागेका थिए। काठमाडौं अवतरण गर्न ‘ल्यान्डिङ गियर’ झारिसकेको जहाज विमानस्थलको दक्षिणपट्टि कोटेश्वर चोकमाथि आइपुगेको थियो। झिलिमिली बत्ति बलिरहेको धावनमार्ग र विमानस्थलमा एक्कासि बत्ति निभ्यो। जताततै अन्धकार छाएको नागरिक दैनिकमा खबर छ । ‘जहाजले धावनमार्ग छुन एक निमेषमात्र बाँकी हुँदा झ्याप्पै बत्ति गयो, अगाडि पूरै अन्धकार, न धावनमार्ग देखियो न विमानस्थल,’ सम्बद्ध स्रोतले चालकदलका एक सदस्यलाई उद्धृत गर्दै बिहीबार नागरिकसँग भन्यो, ‘हाम्रो अगाडि जहाजलाई जबर्जस्ती ओभरसुट गराउनुको विकल्प थिएन। धन्न, जहाजलाई उकास्न सफल भयौं र ठूलो दुर्घटनाबाट जोगियौं।’ यो घटना बुधबार राति त्रिभुवन विमानस्थलमा भएको हो। स्रोतका अनुसार एयर अरेबियाको उडान नम्बर जी ९५३५ भएको एयरबस ए ३२० मोडलको उक्त जहाज राति ९:५५ बजे विमानस्थल अवतरण गर्ने तालिकाअनुसार आइरहेको थियो। धावनमार्ग ओर्लन ठिक्क परेको जहाज त्यसबेला जमिनबाट ५० मिटरमात्र माथि थियो। ‘चालकदलले अनुमानका आधारमा धावनमार्गमा जहाज अवतरण गराउनु निकै जोखिमपूर्ण काम हो, त्यस्तो जोखिम मोल्नुभन्दा जबर्जस्ती जहाजलाई उकास्नु नै बुद्धिमानी हो,’ एयर अरेबियाका नेपालस्थित एक अधिकारीले भने, ‘अनुभवी चालकदलले जहाजलाई उकासे र सम्भावित दुर्घटना हुनबाट जोगाए। तर, हाम्रो विमानस्थलको लापरबाहीको सिकार वायुसेवा कम्पनी र यात्रु हुन पाउँदैनन्।’ - See more at: http://www.onlinekhabar.com/20...
cybernepali · Apr 17, 2014 7:41 PM · 2,334 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion